नेफ्स्कूनको ३९औँ स्थापना दिवस, सातै प्रदेशमा विविध कार्यक्रमका साथ आयोजना गर्दै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औँ स्थापना दिवस, सातै प्रदेशमा विविध कार्यक्रमका साथ आयोजना गर्दै

काठमाडौं । देशभरका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संघ लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ‘सशक्त साकोस : उत्तरदायी सञ्जाल’ भन्ने मूल नाराका साथ आफ्नो ३९औँ स्थापना दिवस यहि साउन ३१ गते विविध कार्यक्रम सहित सातै प्रदेशमा मनाउँदैछ ।

२०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कून ३८ वर्ष पूरा गरी ३९औँ वर्षमा प्रवेश गरेको हो । स्थापना दिवसका अवसरमा संघले देशका सातै प्रदेशसहित काठमाडौंमा एकैपटक विभिन्न कार्यक्रम आयोजना गर्दैछ । कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिँदैछ । साथै काठमाडौंमा आइतबार बिहान ११ बजे हुने  स्थापना दिवसको केन्द्रीय समारोहको सम्पूर्ण तयारी पूरा गरेको नेफस्कूनले साकोस आवाजलाई जनाएको छ ।

कार्यक्रममा नियामक निकायका प्रतिनिधि, नेफ्स्कूनका पूर्वअध्यक्ष, सञ्चालक तथा व्यवस्थापन प्रमुख, सहकारी अभियानका अग्रज, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, पदाधिकारी तथा महाप्रबन्धक, विकास साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नेफ्स्कूनमा आवद्ध बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरु सहित नेफ्स्कून व्यवस्थापनको सहभागिता रहनेछ । तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा २०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा नेफ्स्कूनले प्रत्येक वर्ष साउन ३२ गते स्थापना दिवस मनाउँदै आएको छ ।

संघका अनुसार नेफ्स्कूनले नेपालको वित्तीय सहकारी क्षेत्रको प्रवर्धन, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता तथा सञ्जाल व्यवस्थापनमा निरन्तर काम गर्दै आएको छ । ‘सशक्त साकोस : उत्तरदायी सञ्जाल’ भन्ने भावका साथ यस वर्षको स्थापना दिवसलाई विशेष बनाइएको संघले जनाएको छ ।

नेफ्स्कून २०४५ साल साउन २३ गते स्थापना भएको भए पनि सहकारी ऐन, २०४८ लागू भएपछि साउन २९ गते औपचारिक रूपमा दर्ता भएको थियो। संघले स्थापना भएको मितिलाई नै स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा नेफ्स्कूनले साकोस अभियानमा योगदान पु¥याउने व्यक्ति, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापक तथा गुणस्तरीय सदस्य सेवामा समर्पित संघसंस्थालाई सम्मान तथा पुरस्कार घोषणा गर्ने भएको छ । घोषणा गरिएका सम्मान तथा पुरस्कार सोही अवसरमा प्रदान गरिनेछ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सम्बन्धी संघले सञ्चालन गरेको सहकारी व्यवस्थापक कोर्स उत्तीर्ण प्रशिक्षार्थीलाई दीक्षित गर्ने कार्यक्रम समेत राखिएको छ ।

नेफ्स्कूनका पूर्वसञ्चालक, सल्लाहकार तथा पूर्व का.मु. प्रमुख कार्यकारी अधिकृतले संघ ३९औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा थप सफलता हासिल गर्न शुभेच्छा दिनुभएको छ ।  उहाँहरूका शुभकामना तथा विचारको सम्पादित अंश समेत यहाँ प्रस्तुत गरेका छौं :

डी.बी. बस्नेत
पूर्व अध्यक्ष एवम् सल्लाहकार
नेफ्स्कून

नेफ्स्कूनको ३९औँ स्थापना दिवसको सुखद एवं गौरवपूर्ण अवसरमा संघका सम्पूर्ण सदस्य संस्था, सञ्चालक, कर्मचारी, अभियानकर्मी, शुभेच्छुक तथा नेपालको बचत तथा ऋण सहकारी अभियानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा योगदान पु¥याउँदै आउनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको बचत तथा ऋण सहकारी अभियानलाई संगठित, मर्यादित, सुरक्षित, दिगो र गुणस्तरीय बनाउन नेफ्स्कूनले विगत चार दशकको यात्रामा पु¥याउँदै आएको योगदान अत्यन्तै महत्वपूर्ण र प्रशंसनीय छ। सहकारी क्षेत्रका चुनौती, सम्भावना र बदलिँदो आवश्यकतालाई आत्मसात् गर्दै सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, संस्थागत सुशासन, वित्तीय अनुशासन, नेतृत्व विकास तथा गुणस्तरीय सेवाका लागि नेफ्स्कूनले निर्वाह गर्दै आएको भूमिका अभियानको विकास र सुदृढीकरणका लागि महत्वपूर्ण आधार बनेको छ ।

नेफ्स्कूनको आजको उचाइमा पु¥याउन विगतमा नेतृत्व प्रदान गर्नु हुने अग्रजहरूको दूरदृष्टि, योगदान र समर्पणका साथै वर्तमान नेतृत्व, सञ्चालक, कर्मचारी, सदस्य संस्था तथा सम्पूर्ण अभियान कर्मीहरूको निरन्तर प्रयास र प्रतिबद्धता महत्वपूर्ण रहेको छ। यस गौरवपूर्ण यात्राबाट प्राप्त अनुभव र उपलब्धिलाई आत्मसात् गर्दै आगामी दिनमा अझ प्रभावकारी, उत्तरदायी र सदस्य केन्द्रित अभियान निर्माणतर्फ अघि बढ्नु आजको आवश्यकता हो । बदलिँदो समय र प्रविधिको तीव्र विकाससँगै प्रविधिमैत्री तथा नवप्रवर्तनमा आधारित सेवा, पारदर्शी एवं प्रभावकारी संस्थागत सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै नेपालको साकोस अभियानलाई थप सशक्त, विश्वसनीय र दिगो बनाउन नेफ्स्कून सफल रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु । ३९औँ स्थापना दिवसले सम्पूर्ण अभियानमा नयाँ ऊर्जा, आपसी एकता, विश्वास, सहकार्य र थप जिम्मेवारीबोधको भावना जागृत गराउँदै आगामी यात्रालाई अझ उपलब्धि मूलक र गौरवपूर्ण बनाउन प्रेरणा प्रदान गरोस्। नेफ्स्कून र यससँग आबद्ध सम्पूर्ण सदस्य संस्थाहरूको संस्थागत विकाससँगै देशको समग्र सहकारी अभियानलाई अझ व्यवस्थित, सबल र समृद्ध बनाउन यो यात्रा निरन्तर अघि बढिरहोस्। यस ऐतिहासिक अवसरमा नेफ्स्कूनको निरन्तर प्रगति, संस्थागत सुदृढीकरण, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ऋषिराज घिमिरे
पूर्व अध्यक्ष एवम् सल्लाहकार, नेफ्स्कून

नेफ्स्कूनको ३९औँ स्थापना दिवस केवल एउटा संस्थाको वार्षिकोत्सव होइन, नेपालको बचत तथा ऋण सहकारी अभियानले तय गरेको यात्राको महत्वपूर्ण पड़ाव हो । बलियो इतिहास, स्पष्ट उद्देश्य र हजारौँ संस्थासँग जोडिएको सञ्जाल नेफ्स्कूनको सबैभन्दा ठूलो पूँजी हो । अब यही पूँजीलाई नवप्रवर्तन, प्रविधि, सुशासन र गुणस्तरीय सेवामार्फत अझ सशक्त बनाउँदै लैजानुपर्छ । स्तरीकरण, तालिम तथा शिक्षा र सञ्जाल विस्तारका कार्यक्रमलाई परिणाममुखी बनाउन वर्तमान नेतृत्व र व्यवस्थापनले विशेष प्राथमिकता दिन आवश्यक छ । ‘आधारशीला’ कार्यक्रमको सफलतासँगै सीटीइभीटीसँगको सहकार्यमा सुरु हुने सहकारी व्यवस्थापक कोर्षले दक्ष जनशक्ति विकासमा नयाँ आयाम थप्ने विश्वास लिएको छु । नेफ्स्कून अझ बलियो, विश्वसनीय र अभियानको मार्गदर्शक संस्था बनोस् । ३९औँ स्थापना दिवसको हार्दिक शुभकामना !


न्हुँछे नारायण श्रेष्ठ 
निवर्तमान सञ्चालक, नेफ्स्कून

नेफ्स्कूनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव र प्रतिष्ठा उच्च रहेको छ । एशियाली ऋण महासंघ तथा विश्व ऋण परिषद्को सदस्यका रूपमा संघले नेपालको बचत तथा ऋण सहकारी अभियानलाई अन्तर्राष्ट्रियस्तरमा समेत परिचित गराउँदै आएको छ । सहकारीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तप्रति नेफ्स्कूनको प्रतिबद्धता प्रशंसनीय छ । आगामी दिनमा सहकारी क्षेत्रमा नेफ्स्कूनप्रतिको विश्वास अझ सुदृढ हुँदै जाओस् र सम्पूर्ण बचत तथा ऋण अभियानलाई दिगो, सबल तथा सुशासनयुक्त बनाउन संघ सफल रहोस् । ३९औँ स्थापना दिवसको अवसरमा नेफ्स्कूनको सफलता, उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नबराज सापकोटा
पूर्व लेखा संयोजक, नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३९औँ स्थापना दिवसको सुखद अवसरमा संघका सम्पूर्ण पदाधिकारी, सञ्चालक, कर्मचारी, सदस्य संस्था तथा सहकारी अभियानमा आबद्ध सम्पूर्ण सहकारीकर्मीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । संघको पूर्व लेखा संयोजकको हैसियतले नेफ्स्कूनको संस्थागत विकास, सुशासन, वित्तीय अनुशासन र सदस्य संस्थाको सुदृढीकरणमा संघले निर्वाह गर्दै आएको भूमिकालाई विशेष महत्वका साथ स्मरण गर्दछु ।

वर्तमान परिवेशमा सहकारी क्षेत्रप्रति सदस्यहरूको विश्वास अझ सुदृढ बनाउन सदस्यको बचतको सुरक्षा, पारदर्शी वित्तीय व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन, जवाफदेहिता र सुशासनलाई सर्वोच्च प्राथमिकतामा राख्नु आवश्यक छ। सहकारी संस्थाहरूलाई केवल बचत तथा ऋणको कारोबार गर्ने संस्थाका रूपमा सीमित नराखी सदस्यको आर्थिक सशक्तीकरण र स्थानीय उत्पादन, रोजगारी तथा उद्यमशीलता प्रवद्र्धनमार्फत दिगो आर्थिक विकासको आधार बनाउने दिशामा नेफ्स्कूनको नीतिगत तथा नेतृत्वदायी भूमिका अझ प्रभावकारी बन्नुपर्छ । आजको चुनौतीपूर्ण अवस्थामा सदस्यको बचतको संरक्षण र सहकारीप्रतिको जनविश्वास अभिवृद्धि गर्न स्वनियमन, सुदृढ सुशासन र नीतिगत स्पष्टता अपरिहार्य छन्। यसका लागि नेफ्स्कूनले सदस्य संस्थाहरूलाई मार्गदर्शन, क्षमता विकास, जोखिम न्यूनीकरण तथा नीतिगत पैरवीमा अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिएको छु । सुदृढ सुशासन, सुरक्षित बचत, सक्षम सदस्य र दिगो सहकारी अभियान नै समृद्ध नेपालको आधार बन्न सक्छ । नेफ्स्कूनको ३९ वर्षको गौरवपूर्ण यात्राले आगामी दिनमा अझ उच्च उचाइ हासिल गरोस्, सहकारी क्षेत्रप्रतिको जनविश्वास थप मजबुत बनोस् र सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा उल्लेखनीय योगदान पुगिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । ३९औँ स्थापना दिवसको हार्दिक शुभकामना! सहकारी अभियानको निरन्तर प्रगति र समृद्धिको शुभकामना । 

शिव अधिकारी
पूर्व का.मु प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून

नेफ्स्कूनको ३९औँ स्थापना दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको सहकारी अभियानमा  स्थापनाको  हिसवाले  नेपालको सबैभन्दा  पहिलो सहकारी संघ  नेफ्स्कून अग्रणी भूमिका निर्वाह गर्दै बचत तथा ऋण सहकारी संघ–संस्थाको स्थापना, प्रवद्र्धन, संस्थागत विकास र क्षमता अभिवृद्धिमा नेफ्स्कूनले पु¥याएको योगदान प्रशंसनीय छ । सहकारी क्षेत्रको हितमा नीतिगत पैरवी गर्दै अभियानलाई थप व्यवस्थित, दिगो र सुशासनयुक्त बनाउन नेफ्स्कूनले आगामी दिनमा अझ प्रभावकारी नेतृत्व प्रदान गरोस् भन्ने अपेक्षा गर्दछु । नेफ्स्कूनको संस्थागत यात्रामा योगदान पु¥याउनुहुने संस्थापक अध्यक्ष स्व.भोजराज घिमिरे, पूर्व अध्यक्ष स्व.कैलाशभक्त प्रधानाङ्ग, सम्पूर्ण पूर्व अध्यक्ष, सञ्चालक तथा व्यवस्थापन टोलीप्रति उच्च सम्मान व्यक्त गर्दछु । संघको गरिमा, विश्वसनीयता र प्रभाव अझ उचाइमा पुग्दै सम्पूर्ण बचत तथा ऋण अभियानको समुन्नति होस् । ३९औँ स्थापना दिवसको हार्दिक शुभकामना !

भर्खरै
स्क्यान कार्यक्रमले सहकारीको सुशासन र व्यवसाय वृद्धिमा सहयोग पुग्ने रजिष्ट्रार साहको भनाइ
स्क्यान कार्यक्रमले सहकारीको सुशासन र व्यवसाय वृद्धिमा सहयोग पुग्ने रजिष्ट्रार साहको भनाइ

२ दिन अगाडि

साना उद्यमीलाई मझौला उद्यमी वनाउने अभ्यासमा SME GG LOOP सुदूरपश्चिम प्रदेशबाट थालनी
साना उद्यमीलाई मझौला उद्यमी वनाउने अभ्यासमा SME GG LOOP सुदूरपश्चिम प्रदेशबाट थालनी

२ दिन अगाडि

सहकारी सुधारका लागि प्रविधिमैत्री सेवा र प्रभावकारी अनुगमनमा जोड
सहकारी सुधारका लागि प्रविधिमैत्री सेवा र प्रभावकारी अनुगमनमा जोड

३ दिन अगाडि

प्युठानमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न 
प्युठानमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न 

३ दिन अगाडि

चारवर्षे रणनीतिक योजनासहित सिको साकोसको नयाँ कार्यदिशा तय
चारवर्षे रणनीतिक योजनासहित सिको साकोसको नयाँ कार्यदिशा तय

३ दिन अगाडि

सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन
सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

चिनारी साकोसद्वारा कृषक व्यवसाय खेल तालिम सम्पन्न
चिनारी साकोसद्वारा कृषक व्यवसाय खेल तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१६ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन
सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

नेफ्स्कूनद्धारा सनराईज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा सनराईज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

पाठकबाट थप