स्क्यान कार्यक्रमले सहकारीको सुशासन र व्यवसाय वृद्धिमा सहयोग पुग्ने रजिष्ट्रार साहको भनाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रमले सहकारीको सुशासन र व्यवसाय वृद्धिमा सहयोग पुग्ने रजिष्ट्रार साहको भनाइ

जनकपुरधाम । वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकपुरधाममा संस्थाको विद्यमान अवस्था, सहकारी क्षेत्रमा नवीन प्रविधि स्क्यान कार्यक्रमको कार्यान्वयन तथा प्रगति र आगामी कार्यदिशाका विषयमा छलफल भएको छ ।

मंगलबार सम्पन्न छलफलमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका निमित्त कार्यालय प्रमुख रुपेश कुमार साह लगायत प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, नेफ्स्कून तथा संस्थाका सञ्चालक र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका निमित्त कार्यालय प्रमुख रुपेश कुमार साह, शाखा अधिकृत वासुदेव भट्ट र शाखा अधिकृत रामनारायण यादवको सहभागिता रहेको थियो । त्यस्तै, नेफ्स्कूनका तर्फबाट वरिष्ठ अधिकृत भरत न्यौपाने र अधिकृत राजेन्द्र ढकालको सहभागिता रहेको थियो ।

साकोसका प्रमुख कार्यकारी अधिकृत जयनाथ मण्डल, सहायक व्यवस्थापक अरविन्द्र कुमार ठाकुर, अधिकृत पुरुषोत्तम कुमार साह, शाखा प्रमुख कृष्णा कुमार यादव, कर्मचारी नहिम राज मण्डल तथा ऋण प्रमुख आरती कुमारी झा लगायतको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका निमित्त कार्यालय प्रमुख रुपेश कुमार साहले नेफ्स्कूनद्धारा सञ्चालित स्क्यान कार्यक्रम सहकारी संस्थाका लागि अत्यन्तै उपयोगी कार्यक्रम रहेको बताउनु भएको थियो । उहाँले स्क्यान कार्यक्रमले संस्थालाई कानुनको प्रभावकारी कार्यान्वयन, दिगो विकास, सुशासन कायम गर्न तथा व्यवसाय वृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।  रजिष्ट्रार साहले स्क्यान कार्यक्रमले संस्थाका सञ्चालक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने र सहकारी संस्थाहरूलाई थप सक्षम, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भएको थियो । 

सरकारको कामलाई समेत सहयोग पु¥याउने उल्लेख गर्दै सहकारी क्षेत्रको विकास र नियमनका लागि सरकार र सहकारी संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनु भयो साथै सरकारले पनि सहकारी संस्थाहरूका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै राज्य र सहकारी क्षेत्रबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो । नेफ्स्कूनसँग सहकार्य गरेर सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत सुधारका क्षेत्रमा काम गर्न प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले आवश्यक छलफल तथा पहल गरिरहेको जानकारीसमेत दिनुभएको थियो । छलफलमा संस्थाको वर्तमान अवस्था, स्क्यान कार्यक्रमको कार्यान्वयन र त्यसबाट प्राप्त उपलब्धि, संस्थागत सुशासन, कानुनी अनुपालन, कर्मचारी तथा सञ्चालकको क्षमता विकास, व्यवसाय विस्तार र आगामी कार्यदिशाका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रमले सहकारी संस्थालाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र दिगो बनाउँदै सदस्यकेन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

११ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप