स्क्यान कार्यक्रमले सहकारीको सुशासन र व्यवसाय वृद्धिमा सहयोग पुग्ने रजिष्ट्रार साहको भनाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रमले सहकारीको सुशासन र व्यवसाय वृद्धिमा सहयोग पुग्ने रजिष्ट्रार साहको भनाइ

जनकपुरधाम । वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकपुरधाममा संस्थाको विद्यमान अवस्था, सहकारी क्षेत्रमा नवीन प्रविधि स्क्यान कार्यक्रमको कार्यान्वयन तथा प्रगति र आगामी कार्यदिशाका विषयमा छलफल भएको छ ।

मंगलबार सम्पन्न छलफलमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका निमित्त कार्यालय प्रमुख रुपेश कुमार साह लगायत प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, नेफ्स्कून तथा संस्थाका सञ्चालक र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका निमित्त कार्यालय प्रमुख रुपेश कुमार साह, शाखा अधिकृत वासुदेव भट्ट र शाखा अधिकृत रामनारायण यादवको सहभागिता रहेको थियो । त्यस्तै, नेफ्स्कूनका तर्फबाट वरिष्ठ अधिकृत भरत न्यौपाने र अधिकृत राजेन्द्र ढकालको सहभागिता रहेको थियो ।

साकोसका प्रमुख कार्यकारी अधिकृत जयनाथ मण्डल, सहायक व्यवस्थापक अरविन्द्र कुमार ठाकुर, अधिकृत पुरुषोत्तम कुमार साह, शाखा प्रमुख कृष्णा कुमार यादव, कर्मचारी नहिम राज मण्डल तथा ऋण प्रमुख आरती कुमारी झा लगायतको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका निमित्त कार्यालय प्रमुख रुपेश कुमार साहले नेफ्स्कूनद्धारा सञ्चालित स्क्यान कार्यक्रम सहकारी संस्थाका लागि अत्यन्तै उपयोगी कार्यक्रम रहेको बताउनु भएको थियो । उहाँले स्क्यान कार्यक्रमले संस्थालाई कानुनको प्रभावकारी कार्यान्वयन, दिगो विकास, सुशासन कायम गर्न तथा व्यवसाय वृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।  रजिष्ट्रार साहले स्क्यान कार्यक्रमले संस्थाका सञ्चालक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने र सहकारी संस्थाहरूलाई थप सक्षम, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भएको थियो । 

सरकारको कामलाई समेत सहयोग पु¥याउने उल्लेख गर्दै सहकारी क्षेत्रको विकास र नियमनका लागि सरकार र सहकारी संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनु भयो साथै सरकारले पनि सहकारी संस्थाहरूका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै राज्य र सहकारी क्षेत्रबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो । नेफ्स्कूनसँग सहकार्य गरेर सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत सुधारका क्षेत्रमा काम गर्न प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले आवश्यक छलफल तथा पहल गरिरहेको जानकारीसमेत दिनुभएको थियो । छलफलमा संस्थाको वर्तमान अवस्था, स्क्यान कार्यक्रमको कार्यान्वयन र त्यसबाट प्राप्त उपलब्धि, संस्थागत सुशासन, कानुनी अनुपालन, कर्मचारी तथा सञ्चालकको क्षमता विकास, व्यवसाय विस्तार र आगामी कार्यदिशाका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रमले सहकारी संस्थालाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र दिगो बनाउँदै सदस्यकेन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३५ दिन अगाडि

पाठकबाट थप