साना उद्यमीलाई मझौला उद्यमी वनाउने अभ्यासमा SME GG LOOP सुदूरपश्चिम प्रदेशबाट थालनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साना उद्यमीलाई मझौला उद्यमी वनाउने अभ्यासमा SME GG LOOP सुदूरपश्चिम प्रदेशबाट थालनी

धनगढी । SME GG LOOP परियोजना अन्तर्गत उद्यमीको लागि ३ दिने तालिम मंगलबार देखि धनगढीमा शुरु भएको छ । 

नेफ्स्कूनका सञ्चालक दिप्ती साहिको अध्यक्षतामा सञ्चालित तालिम GIZ को आर्थिक सहयोग तथा GFA र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालन भएको छ । नेफ्स्कूनले यस परियोजना अन्तर्गत २४ वटा सहकारी संस्थाहरुसँग साझेदारी गर्दै कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जस मध्ये पहिलो शुरुवात धनगढी कलस्टरबाट भएको छ । 

SME GG LOOP  कार्यक्रमको समन्वय तथा सहकार्य नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्दै आउनुभएको छ । यस तालिममा ७ जना पुरुष र २८ जना महिला गरी जम्मा ३५ जना सहभागीता रहेको छ  । यस तालिममार्फत उद्यमी सहभागीले साना तथा मझौला उद्यम (SMEs)  को व्यवसायिक वृद्धि र विकासको सिकाइ र निरन्तर सहजीकरण गर्नेछ ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै स्वागत मन्तव्य नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले SME GG LOOP  कार्यक्रम मार्फत परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै साना उद्यमीलाई मझौला उद्यमी वनाउन नेफ्स्क्रूनले व्यवसाय विकास सेवा कार्यक्रममार्फत निरन्तर प्राविधिक सहजीकरण गरिरहेको विषयमा जोड दिनु भयो ।

यसमा सहयोगी निकायले SME GG LOOP  मार्फत उदारहणीय कार्यको शुरुवात भएको छ । साथै यस कार्यक्रमको नतिजामुखी उपलब्धिमा नेफ्स्कून सक्रिय रहेको बताउनुभयो । नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहीको अध्यक्षता सञ्चालन भएको तालिममा प्रमुख अतिथिमा GIZ - GRAPE 2 sf Senior adviser Stephan Fehn, अथितिमा सरिता धौवादे (GFA),  उर्मिला पुरकोटी (GIZ),  दिप राना (GIZ), नविन राज दहाल (NEFSCUN) रहनु भएको थियो साथै तालिम प्रशिक्षक रुपमा कृष्ण बहादुर मल्ल र हरीमदन अधिकारी रहनु भएको छ ।

तालिमका प्रमुख अतिथि Stephan Fehn ले मन्तव्य राख्दै यस तालिमले उद्यमी उद्यमशील तर्फ  लैजाने, व्यवसायमा रहेका समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा यस तालिमले सहयोग पुर्याउने अपेक्षा लिएको विषयमा जोड दिनु भयो । यस कार्यक्रमको समापनमा संघको सञ्चालक सदस्य दिप्ती शाहीले यस कार्यक्रमको विषय र सन्दर्भ आफैमा नेफ्स्कूनका लागि सहयोगीको रुपमा रहेको छ । 

यस कार्यक्रमले उद्यमीलाई उद्योगी वनाउने अभ्यासमा यस कार्यक्रमले सहकारी अभियानमा अमुल्य योगदान पुर्याउने विश्वास लिएको विषयमा जोड दिँदै यस उद्यमीको मार्फत स्थानीय तहमा रोजगार सिर्जना, उ्रत्पादन बृद्धि र आयमा सुधारका विषयमा केन्द्रित भएको हुँदा कार्यक्रम आफैमा मोडेल कार्यक्रमको रुपमा छ । सुदूरपश्चिम प्रदेशबाट यसको शुरुवात भएको अवश्यपनि यसलाई नमुना कार्यक्रमको रुपमा विकास गर्ने प्रतिवद्धता पनि दिनुभएको थियो । साथै नेफ्स्कूनका अधिकृत पवनजंग मल्लले कार्यक्रम संचालन गर्नु भएको थियो साथै नेफ्स्कूनबाट मदन कुमार चन्द, केदारनाथ अधिकारी र पूजा अग्रहरीको पनि सहजीकरणको रुपमा सहभागीता रहेको छ ।


 

भर्खरै
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ घण्टा अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

३ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६३ दिन अगाडि

पाठकबाट थप