सहकारी सुधारका लागि प्रविधिमैत्री सेवा र प्रभावकारी अनुगमनमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सुधारका लागि प्रविधिमैत्री सेवा र प्रभावकारी अनुगमनमा जोड

जनकपुरधाम — मधेश प्रदेशको सहकारी क्षेत्रलाई थप व्यवस्थित, प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।

श्रावण २५ गते प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, जनकपुरधाममा आयोजित छलफलमा सहकारी क्षेत्रको विद्यमान अवस्था, नवीन प्रविधिको प्रयोग, सेवा प्रवाहमा सुधार, अनुभव आदानप्रदान तथा आगामी कार्यदिशाबारे छलफल भएको थियो ।  

छलफलमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका निमित्त कार्यालय प्रमुख रुपेश कुमार साह, शाखा अधिकृत वासुदेव भट्ट, शाखा अधिकृत राम नारायण यादव, शाखा अधिकृत इन्दु कुमारी, कानुन अधिकृत जुना कुमारी, नायब सुब्बा अशोक कुमार साह तथा खरिदार राकेश कुमार यादवको सहभागिता रहेको थियो ।

त्यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र अधिकृत राजेन्द्र ढकालको उपस्थिति रहेको थियो । छलफलमा सहकारी संस्थाको सेवा प्रवाहलाई प्रविधिसँग जोड्दै प्रभावकारी बनाउने, संस्थागत अभ्यास तथा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रलाई थप सुदृढ बनाउन आवश्यक कार्ययोजना निर्माण गर्ने विषयमा जोड दिइएको थियो ।

सहकारी क्षेत्रको सुधारका लागि प्रभावकारी निरीक्षण तथा अनुगमनलाई महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको छ । नेफ्स्कूनले सहकारी संस्थाको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम सञ्चालन गर्दै आएको छ् । उक्त कार्यक्रमलाई थप प्रभावकारी र जिम्मेवार बनाउन मधेश प्रदेशका सहकारी संस्थासँग सम्बन्धित सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको छलफलका क्रममा औँल्याइएको थियो ।

सहकारी संस्थाको कामकारबाहीलाई व्यवस्थित बनाउँदै प्रविधिको अधिकतम प्रयोग, प्रभावकारी अनुगमन र सरोकारवाला निकायबीचको सहकार्यबाट सहकारी क्षेत्रको सेवा प्रवाह तथा संस्थागत सुशासनमा सुधार ल्याउन सकिने सहभागीहरूको धारणा थियो ।

छलफलले मधेश प्रदेशको सहकारी क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र परिणाममुखी बनाउन आगामी दिनमा प्रविधि, अनुगमन र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने दिशातर्फ जोड दिएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप