प्युठानमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्युठानमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न 

प्युठान । प्युठानका लघु व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै व्यवसायलाई थप सफल बनाउन सहयोग पु¥याउने उद्देश्यले प्युठानमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्युठानको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग तथा Sparkassenstiftung for International Cooperation को सहयोगमा तालिम सञ्चालन भएको हो । 

संस्थाका अध्यक्ष नेममणि आचार्यको अध्यक्षतामा सञ्चालित तालिममा प्युठान नगरपालिका–३ का अध्यक्ष सुमनराज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा संस्थाका उपाध्यक्ष तथा पुलानालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि श्रेष्ठले तालिमको उद्घघाटन गर्दै प्युठान जिल्लामै पहिलोपटक उद्यमी व्यवसायीका लागि नवीन र व्यवहारिक तालिम आयोजना गरिएकोमा आयोजक संस्था तथा नेफ्स्कूनप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले व्यवसाय विकास र सीपमूलक उद्यम प्रवद्र्धनका कार्यक्रममा प्युठान नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभ।एको छ । 

श्रावण १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको तालिमले उद्यमी वन्ने आधारशिलामा  खेल अनुशिक्षणले महसुशीकरण गर्न टेवा पुग्ने विश्वासका साथ तालिमको आयोजना भएको हो । अनुशिक्षणमा सम्भाव्य उद्यमीहरुलाई उद्यमीको सँस्कार, उद्यमीको भुमिका, उद्यमी देखि उद्योगी हुँदा हुने आफुमा गुणहरु, उद्यमीको व्यवसायिकता, व्यवसाय अभिलेख व्यवस्थापन र योजना प्रणालीको विषयमा समेत प्रशिक्षण भएको थियो । तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्न सहयोग पुर्याएको थियो ।

तालिममा सहभागीहरूले लघु उद्यम व्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप विकास गराइएको थियो । तालिम पश्चात सहभागीहरुले खेलको माध्यमबाट व्यावसायिक सुधारको पक्षमा सही निर्णय लिन सकिने गरि प्रयोगात्मक सिकाई सिक्न पाएकोप्रति खुसी व्यक्त गरेका थिए ।

तालिमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमलराज अधिकारी र अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । आयोजकका अनुसार तालिममा संस्थाका कर्मचारी तथा लघु व्यवसायी सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप