प्युठानमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्युठानमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न 

प्युठान । प्युठानका लघु व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै व्यवसायलाई थप सफल बनाउन सहयोग पु¥याउने उद्देश्यले प्युठानमा तीनदिने लघु व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्युठानको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग तथा Sparkassenstiftung for International Cooperation को सहयोगमा तालिम सञ्चालन भएको हो । 

संस्थाका अध्यक्ष नेममणि आचार्यको अध्यक्षतामा सञ्चालित तालिममा प्युठान नगरपालिका–३ का अध्यक्ष सुमनराज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा संस्थाका उपाध्यक्ष तथा पुलानालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि श्रेष्ठले तालिमको उद्घघाटन गर्दै प्युठान जिल्लामै पहिलोपटक उद्यमी व्यवसायीका लागि नवीन र व्यवहारिक तालिम आयोजना गरिएकोमा आयोजक संस्था तथा नेफ्स्कूनप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले व्यवसाय विकास र सीपमूलक उद्यम प्रवद्र्धनका कार्यक्रममा प्युठान नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभ।एको छ । 

श्रावण १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको तालिमले उद्यमी वन्ने आधारशिलामा  खेल अनुशिक्षणले महसुशीकरण गर्न टेवा पुग्ने विश्वासका साथ तालिमको आयोजना भएको हो । अनुशिक्षणमा सम्भाव्य उद्यमीहरुलाई उद्यमीको सँस्कार, उद्यमीको भुमिका, उद्यमी देखि उद्योगी हुँदा हुने आफुमा गुणहरु, उद्यमीको व्यवसायिकता, व्यवसाय अभिलेख व्यवस्थापन र योजना प्रणालीको विषयमा समेत प्रशिक्षण भएको थियो । तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्न सहयोग पुर्याएको थियो ।

तालिममा सहभागीहरूले लघु उद्यम व्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप विकास गराइएको थियो । तालिम पश्चात सहभागीहरुले खेलको माध्यमबाट व्यावसायिक सुधारको पक्षमा सही निर्णय लिन सकिने गरि प्रयोगात्मक सिकाई सिक्न पाएकोप्रति खुसी व्यक्त गरेका थिए ।

तालिमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमलराज अधिकारी र अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । आयोजकका अनुसार तालिममा संस्थाका कर्मचारी तथा लघु व्यवसायी सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप