चारवर्षे रणनीतिक योजनासहित सिको साकोसको नयाँ कार्यदिशा तय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चारवर्षे रणनीतिक योजनासहित सिको साकोसको नयाँ कार्यदिशा तय

बर्दिया । ठाकुरबाबा ०१, भुरीगाँउ, बर्दिया स्थित सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सुदृढीकरण, प्रविधिको अधिकतम उपयोग र सदस्यकेन्द्रित सेवामा जोड दिँदै आगामी चार वर्षका लागि नयाँ रणनीतिक कार्यदिशा तय गरेको छ । 

संस्थाले तेस्रो चारवर्षे रणनीतिक योजना तर्जुमा गर्दै सेवा प्रवाहलाई थप आधुनिक, प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य अघि सारेको हो ।

श्रावण २३ र २४ गते सिद्दार्थ होटल, टिकापुर कैलालीमा सञ्चालित ‘तेस्रो ४ वर्षे रणनीतिक योजना, २०८२/०८३ को वार्षिक समीक्षा, कर्मचारी कार्यविवरण हस्तान्तरण तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रममा संस्थाको विगतको कार्यसम्पादनको समीक्षा गर्दै आगामी चार वर्षका लागि प्राथमिकता, लक्ष्य र रणनीतिक कार्यदिशा निर्धारण गरिएको थियो ।

संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष अधिकारीले संस्थाको दीर्घकालीन विकासलाई स्पष्ट दिशानिर्देश प्रदान गर्ने उद्देश्यले रणनीतिक योजना निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार संस्थाको विकासलाई केवल वित्तीय उपलब्धिमा सीमित नराखी सदस्यहरूको आवश्यकता, अपेक्षा र सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा तथा गतिविधिलाई थप प्रभावकारी बनाउने गरी आगामी कार्यदिशा तय गरिएको बताउनुभयो । 

‘विगतको उपलब्धिबाट सिक्दै भविष्यको स्पष्ट बाटो तय गर्ने’ उद्देश्यसहित आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले सम्पादन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा सामना गर्नुपरेका चुनौतीहरूको मिहीन समीक्षा गरिएको थियो । समीक्षाका क्रममा प्राप्त सिकाइका आधारमा संस्थागत सुधार, कार्यसम्पादन अभिवृद्धि तथा आगामी प्राथमिकताका विषयमा गहन छलफल गरिएको अध्यक्ष अधिकारीले बताउनुभएको थियो ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा कर्मचारीहरूलाई नयाँ कार्यविवरण हस्तान्तरण गर्नुका साथै व्यवस्थापन अभिमुखीकरण प्रदान गरिएको थियो । जिम्मेवारीलाई स्पष्ट, कार्यसम्पादनलाई मापनयोग्य र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कर्मचारीको भूमिका तथा जिम्मेवारीबारे आवश्यक मार्गदर्शन प्रदान गरिएको थियो ।

संस्थागत सुशासनलाई थप मजबुत बनाउँदै सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीबीच समन्वय, विश्वास, अनुशासन तथा जवाफदेहिताको भावना विकास गर्ने विषयमा समेत कार्यक्रममा विशेष जोड दिइएको थियो । संस्थाको साझा उद्देश्य प्राप्तिका लागि सबै तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए । 

बदलिँदो प्रविधि र सदस्यहरूको बढ्दो अपेक्षालाई आत्मसात् गर्दै सिको साकोसलाई प्रविधिमैत्री, सक्षम, पारदर्शी र सदस्यकेन्द्रित सहकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गरिएको थियो । प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज र छिटो बनाउँदै सदस्यहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य संस्थाले अघि सारेको छ ।

संस्थाले टिमवर्क, आपसी विश्वास, अनुशासन, उत्तरदायित्व र सदस्यहरूको निरन्तर साथलाई सफलताको आधारका रूपमा लिँदै आगामी दिनमा अझ उच्च कार्यसम्पादनसहित अघि बढ्ने जनाएको छ। रणनीतिक योजना, वार्षिक समीक्षा तथा व्यवस्थापन अभिमुखीकरणले संस्थाको आगामी यात्राका लागि साझा दृष्टिकोण, उच्च मनोबल र स्पष्ट कार्यदिशा निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको जनाइएको छ । 

दिगो विकास, संस्थागत सुशासन र सदस्य सन्तुष्टिलाई केन्द्रमा राख्दै सिको साकोसले आगामी चार वर्षलाई संस्थागत क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवा विस्तार र सदस्यकेन्द्रित विकासको महत्वपूर्ण चरणका रूपमा अघि बढाउने जनाएको छ ।

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

१ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

२ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

२ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

३ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप