सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन

चितवन । सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेफ्स्कूनको प्राविधिक सहजीकरण तथा German Sparkassenstiftung for International Cooperation को सहयोगमा लघु व्यवसाय खेल तालिम श्रावण २३ गते सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष मेन बहादुर अधिकारीको अध्यक्षतामा सञ्चालित तालिममा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका संस्थाका २४ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

श्रावण २१ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको तालिमले उद्यमी वन्ने आधारशिलामा  खेल अनुशिक्षणले महसुशीकरण गर्न टेवा पुग्ने विश्वासका साथ तालिमको आयोजना भएको हो । अनुशिक्षणमा सम्भाव्य उद्यमीहरुलाई उद्यमीको सँस्कार, उद्यमीको भुमिका, उद्यमी देखि उद्योगी हुँदा हुने आफुमा गुणहरु, उद्यमीको व्यवसायिकता, व्यवसाय अभिलेख व्यवस्थापन र योजना प्रणालीको विषयमा समेत प्रशिक्षण भएको थियो । तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्न सहयोग पुर्याएको थियो ।

तालिममा सहभागीहरूले लघु उद्यम व्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप विकास गराइएको थियो । तालिम पश्चात सहभागीहरुले खेलको माध्यमबाट व्यावसायिक सुधारको पक्षमा सही निर्णय लिन सकिने गरि प्रयोगात्मक सिकाई सिक्न पाएकोप्रति खुसी व्यक्त गरेका थिए ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र चितवन सदस्य सेवा केन्द्र प्रमुख यमकला सुबेदीले तालिमको सहजीकरण गर्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन सप्तकोसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक बासुदेव लामिछानेले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१८ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप