“परम्पराबाट प्रविधितर्फ: सहकारीमा जेन्जी पुस्ताको हस्तक्षेप”
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“परम्पराबाट प्रविधितर्फ: सहकारीमा जेन्जी पुस्ताको हस्तक्षेप”

नेपालको सहकारी आन्दोलनले करिव सात दशकको लामो यात्रा पूरा गरिसकेको छ । संविधानले अर्थतन्त्रको एक महत्त्वपूर्ण स्तम्भको रूपमा स्वीकार गरेको सहकारी क्षेत्रमा हाल करिव १ करोड ९ लाख नागरिक आबद्ध छन् । यो नेपालको कुल जनसंख्याको ३५ प्रतिशत भन्दा बढि रहेको छ ।  देशको अर्थतन्त्रको एक मुख्य हिस्साको रुपमा रहेको यस क्षेत्र केही जटिलता र समस्याबाट भने टाढा रहन सकेको छैन । यस अवस्थाबाट सहकारी क्षेत्रलाई पुनर्जीवित गर्न र आधुनिकीकरण गरी नेपालको अर्थतन्त्रको एक महत्वपुर्ण खम्बाको रुपमा उभ्याउनको लागि जेन्जी पुस्ताको सहभागिता अपरिहार्य बनेको छ ।

नेपालमा वि.स. २०४८ सालमा करिव ८३० को संख्यामा रहेको सहकारी क्षेत्रले संख्यात्मक रूपमा उल्लेखनीय रुपमा वृद्धि गर्दै हाल करिब ३२ हजार सहकारी संघ संस्थाले ११ खर्ब २५ अर्ब रुपैयाँ भन्दा बढि बचत संकलन र ९ खर्ब २३ अर्ब रुपैयाँ भन्दा बढि ऋण लगानी गर्दा  ९० हजार बढिलाई प्रत्यक्ष रोजगारी समेत दिएको गत वर्षको आर्थिक सर्वेक्षणले देखाउदछ । यसमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को स्थापना पश्चात वि.स. २०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ गाँउ गाँउमा सहकारी घर घरमा भकारी भन्ने नाराले सहकारी संस्थाको थप संख्यात्मक बृद्धिलाई बढवा दिएको देखीन्छ । ग्रामीण अर्थतन्त्रको बाहुल्य रहेको मुलुकमा जनताको आधारभूत जीवनस्तर माथि उठाउन सहकारी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय छ । तर, सहकारीको संख्यात्मक वृद्धि संग सगै यसमा केही समस्याहरू पनि साथै आइरहेका छन् । सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसक्नु, ऋण असुलीमा आशातित प्रगति नदेखिनु, सहकारीको मूल्य मान्यता र सिद्धान्तको पालनामा कमीकमजोरी देखिनु जस्ता समस्याले यस क्षेत्रप्रतिको जनविश्वास केही कमजोर भएको छ । सहकारी क्षेत्रको संख्यात्मक बृद्धिलाई बढवा दिदै गर्दा नियामक नियकाको कमजोर अनुगमन, दक्ष जनशक्तिको अभाव र विभाजित नियामकिय संरचनाका कारण पनि सहकारीमा यस्ता वित्तीय अनियमितता र समस्या देखा परेको हो । यसको साथै सहकारीको सञ्चालक तथा कर्मचारीहरु यसको मूल्य मान्यता विपरित सञ्चालन भई नाफामा केन्द्रीत हुने प्रतिस्पर्धाले पनि यस्तो समस्या अयको कुरालाई नकार्न मिल्दैन ।

नेपालमा खासगरी सहकारी क्षेत्र लामो समयसम्म सरकारी निर्देशनमा सञ्चालित भएकोले सदस्यको स्वामित्व र आत्मनिर्भरता कमजोर बन्दै गएको देखिएको छ । केही संस्थाहरुमा सञ्चालक समितिको चयन, साधारण सभा तथा अन्य कामकारबाहीहरु औपचारिकता मात्र पुरा गर्न भएको देखिन्छन । संस्थाहरुमा राजनीतिक निष्ठाका आधारमा नेतृत्व चयन गर्ने परिपाटी र सहकारीलाई व्यक्तिगत व्यवसाय ठान्ने मानसिकता भएका व्यक्तिहरुको प्रवेशले पनि सहकारी क्षेत्रमा समस्या थपिदै गएको हो । यसको साथै परम्परागत सोचको निरन्तरताले गर्दा सहकारीलाई केवल पैसा लेनदेनको माध्यम मात्र मानेको पनि पाइन्छ । सहकारीको वास्तविक मर्म सामूहिक स्वामित्व, लोकतान्त्रिक पद्धतिमा सञ्चालन, सदस्यहरूको आर्थिक र सामाजिक पक्षको विकास बिर्सिदै जानु यसको अर्को समस्या हो भने स्वनियमनको अभाव सँग सगै डिजिटल युगमा पनि धेरै सहकारीहरू पुरानै कागजी कारोबार र अपारदर्शी व्यवस्थामा अडकिनु अर्को झनै ठुलो समस्या हो । समग्रमा भन्दा सहकारीको मर्म नबुझ्नु, केहीलाई नियामकिय व्यवस्था र कानुनको वारेमा जानकारी नहुनु, सहकारी सञ्चालनमा दक्ष जनशक्ति नहुनु, युवा शक्ति विदेश पलायन हुनु, सहकारीलाई व्यक्तिगत व्यवसायको रुपमा हेरीनु र सोहि तरिकाले सञ्चालन गर्नु, नियमकिय पक्ष कमजोर हुनु, प्रविधिको प्रयोग गर्न नसक्नु लगायतका कारणहरु विद्ययमान छ ।

सहकारी क्षेत्रले नेपालमा सात दशक पार गरि यहाँ सम्म आइपुग्दा यसको सञ्चालन, नियमन र सुपरिवेक्षण लगायतका विषयहरुमा व्यापक परिवर्तन भएको छ । खास गरी यस क्षेत्रमा बीस वर्ष यताको मात्रै कुरा गर्ने हो भने पनि मूल्य, मान्यता र सिद्धान्त बाहेकका विषयहरुमा भएको परिवर्तन व्यापकनै देखिन्छ । जसमा सहकारी कानुन देखी नियामकिय प्रावधान, सहकारी सञ्चालनको विश्वव्यापी अभ्यासहरुको नेपाल प्रवेश साथै तिव्र गतिमा भएको नविनतम प्रविधिको विकास र प्रयोग मुख्य हुन । अवको समयमा यस परिवर्तित मानकहरुलाई अनुसरण र प्रयोग गर्न नसक्ने संस्थाहरुको भविष्य अनिश्चित नै देखीन्छ । जसको लागि पनि दक्ष तथा सीपयुक्त र अनुभबी जनशक्ति यस क्षेत्रको आवश्यकता हो ।

अझै अधिकांस सहकारीमा हेर्ने हो भने यस किसिमको दक्षता भएको जनशक्तिको अभाव छ । अनुभवको हिसावले हेर्ने हो भने करिव दुइ दशकको रहेको छ तर परिवर्तित नियामकिय व्यवस्था र प्रविधिसंगको दक्षता भने न्यून देखीन्छ । कम्प्युटर चलाउदा बिग्रेला भनेर दराजमा थन्क्याएको, सामान्य प्रिन्टरको तार नजोडिएको जानकारी नहुदाँको कारण लामो समय देखी प्रिन्टरको प्रयोग नगरी बसेको, इमेल खोल्न र सञ्चालन गर्न नजान्ने जस्ता सामान्य अवस्थाहरुको प्रतक्ष्यदर्शी आफै भएकोले समेत यस विषयलाई थप प्रस्ट्याउन सहयोग पुगेको छ । संस्थाको दीगोपन भनेको सदस्यहरुको संस्था र संस्था सञ्चालन गर्ने व्यक्तिहरु प्रतिको विश्वास हो । यस मामेलामा भने उहाँहरुप्रति सदस्य सँगको सामिप्यता र विश्वास भने नयाँ भन्दा बढि नदेखीएको भने हैन । अधक मात्रामा छ । तर यस किसिमको जनशक्तिहरु बाट थप नयाँ प्रविधि प्रयोगको कल्पना भने टाढाको विषय हो । यति मात्र नभइ नियामकिय व्यवस्थामा भएको परिवर्तन, त्यसमा भएको अनिवार्य परिपालना गर्नुपर्ने विभिन्न विषयहरुको बुझाइ र कार्यान्वयनमा क्षमता विकास गर्न नसकिने तथा विकास नहुने जनशक्तिबाट परिणममुखी काम गर्न कठिन छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड, परिपालना गर्नुपर्ने अनिवार्य विषयहरु, मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा पेश गर्नुपर्ने प्रतिवेदनका विषयहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । उल्लेखित बाहेक पनि अन्य धेरै विषयवस्तुहरु यसमा पर्दछन् । सहकारीको बद्लिदो अवस्थामा सदस्यको विश्वास संग सगै विश्वाव्यापी रुपमा प्रयोगमा आएका अभ्यासहरुको अनुसरण, कानुनको अक्षरस परिपालना र प्रविधिको उच्चतम प्रयोग अनिवार्य रहेको छ । त्यसकारण हाल सहकारीमा देखीएको पुराना अनुभवी जनशक्तिको भए सम्म क्षमता विकास गर्ने र सुरक्षित तथा सम्मानजनक रुपमा व्यवस्थापन गरी दक्ष तथा क्षमतावान जनशक्तिको प्रवेश गराई अघि बढ्नुको विकल्प देखिदैन । जसको लागि नवयुवाहरुको सहभागिता एक विकल्प हो ।

खासगरी जेन्जी पुस्ता भनेको डिजिटल प्रविधिसँग जन्मिएका पुस्ता हुन । यस पुस्तामा प्राविधिक दक्षता अधिक रहेको देखिन्छ । जसको कारण यस क्षेत्रमा समेत कृतिम बुद्धिमताको प्रयोग गर्दे सेवालाई आधुनिक र पारदर्शी बनाउन मद्धत पुग्ने देखीन्छ । यसको साथै संस्थाको पहुँच विस्तार र सदस्यहरुको सहकारी प्रतिको आकर्षण समेत बढानउ सक्ने देखीन्छ । यस पुस्तामा हुने नविन सोचले गर्दा परम्परागत ढाँचा र शैलि समेत परिवर्तन गर्दै नयाँ तथा परिवर्तित मानकलाई आत्मसाथ गर्न सहज हुने छ । जेन्जी पुस्ताको विशेषतामा देखिने वातावरण संरक्षण, सामाजिक न्याय र समावेशीकरणले गर्दा सहकारी क्षेत्रलाई सामाजिक उद्यमको रुपमा विकास गर्न समेत मद्दत पुग्ने छ ।  तथ्याँङ्कले के देखाउदछ भने नेपालबाट दैनिक एक हजार पाँच सय देखी दुइ हजार बढी नेपालीहरुले विभिन्न बाहानामा देश छोड्ने गरेको देखीन्छ । वार्षिक रुपमा हेर्दा आठ लाख बढि संख्या देखिन जान्छ । जसमध्ये अधिक मात्रामा युवा पुस्ता नै रहेका हुन्छन । यसको मुख्य कारण भनेको देशमा रोजगारीको अभाव भएको उनिहरुको भनाइ रहेको पाइन्छ । तर राज्यले पनि हालसम्म विषेश रुपमा चासो नदेखाएको र युवापुस्ताले पनि खासै महत्व नदिएको कारण ओझेलमा परेको यस क्षेत्रले हाल यिनै युवा पुस्ताको अधिक संलग्नता कुरिरहेको छ । यस प्रकारको दक्ष जनशक्तिको अभाव सहकारी क्षेत्रमा खड्कीरहेको छ । सहकारी क्षेत्रमा संलग्नता हुदा रोजगारीको लागि सरकारको मुख ताक्नु भन्दा पनि यस क्षेत्र मार्फत राज्यको विकासमा योगदान गर्न सकिने देखिन्छ । तत्कालै केही हजारको संख्यामा जनशक्ति यस क्षेत्रमा खपत हुने अवस्था समेत रहेको छ । यसलाई विकास, विस्तार र सवल बनाउदै लैजाँदा भविष्यमा थप रोजगारिको सिर्जना हुदै जानेकुरा दुइमत छैन ।

सन २०२५ मा अन्तराष्ट्रिय सहकारी महासंघको Facts and Figures  नामक प्रतिवेदन अनुसार हेर्ने हो भने विश्वको कुल जनसंख्याको १२ प्रतिशत मानिस सहकारी क्षेत्रमा आवद्ध भएको देखाउदछ । यसको साथै अन्य केही अनुसन्धानले देखाएको तथ्याङ्क अनुसार युवाहरुको सहभागिता करिव २० प्रतिशत मात्र रहेको पाइएको छ । जसको कारण पनि यस क्षेत्रमा युवाहरुको अधिक सहभागिता आवश्यकता देखीएको छ । 


यसैगरी विश्व ऋण परिषदले तयार पारेको सन २०२६ देखी २०३० सम्मको आफ्नो रणनीतिक योजना हेर्ने हो भने पनि उक्त योजना भित्र सहकारीको नेतृत्व र व्यवस्थापनमा युवाहरुको सहभागिता जोड दिदै लगेको देखीएको छ । जसको अनुसरण सवै सहकारीहरुले गर्नुपर्ने छ ।


 युवाहरुलाई यस क्षेत्रमा आवद्ध गराउनको लागि अभियानले युवा नेतृत्को विसकामा जोड दिदै जाने, कम्तिमा आधारभुत तहको प्रविधिको प्रयोगलाई अनिवार्य गर्ने, विद्यालय तथा विश्वविद्यालयमा सहकारी विषय अध्यानको लागि पाठ्यक्रमको विकास गरि अध्यापन गराउने, सहकारी क्षेत्रमा नवप्रवर्तन तथा नयाँ सोचको विकास र प्रयोगमा युवाहरुलाई प्रोत्साहन गर्ने, नियामकिय व्यवस्थामा सुधार गर्दै हरेक सहकारीहरुको Real Time Monitoring  (वास्तविक समय अनुगमन) प्रणालिको विकास र प्रयोग जस्ता विषयहरुको विकास र प्रयोग गर्नुपर्ने देखिन्छ । नेपालको सहकारी क्षेत्र एक महत्वपुर्ण मोडमा उभिएको अवस्थामा अग्रजहरुले अभियानलाई यहाँ सम्म ल्याइपुर्याउनको लागि गरेको हरेक कार्य सरहानिय र महत्वपुर्ण रहेको छ । उक्त कार्यको सही मूल्याँकन गर्दै हाल सम्म भएका प्रयोग र अनुभवलाई नवयुवा पुस्ताले ग्रहण र आन्तरिकिकरण गर्दै, विगतका उपलब्धिहरुलाई आत्मसाथ गरी वर्तमानका चुनौतीहरुप्रति जानकार रहदै यस क्षेत्रलाई राज्यको एक अभिन्न अंगको रुपमा पुनर्जीवित गरी दिगो बनाउनको लागि सक्रिय सहभागिता अपरिहार्य रहेको छ । जसले परम्परागत सोचलाई परिपविर्तत वातावरणमा रपान्तरण गर्दे सहकारीको मूल्या, मान्यता, सिद्धान्तलाई आत्मसाथ गरी आधुनिक, समावेशी र प्रविधिमैत्री सहकारीको निर्माणमा योगदान पुर्याउन सक्दछ ।

श्यामराजा तिमल्सिना
  नेफ्स्कून


 

भर्खरै
सृजना महिला साकोसको २५औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
सृजना महिला साकोसको २५औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

१७ घण्टा अगाडि

नेफ्स्कून र कास्की संघद्धारा सञ्जाल साझेदारी कार्यक्रम , सहकारी सुदृढीकरणमा जोड
नेफ्स्कून र कास्की संघद्धारा सञ्जाल साझेदारी कार्यक्रम , सहकारी सुदृढीकरणमा जोड

१८ घण्टा अगाडि

चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१९ घण्टा अगाडि

ज्योतिपुञ्ज साकोस स्क्यान कार्यक्रममा आबद्ध 
ज्योतिपुञ्ज साकोस स्क्यान कार्यक्रममा आबद्ध 

१ दिन अगाडि

पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 
पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 

३ दिन अगाडि

हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध
हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

३ दिन अगाडि

दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।
दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।

३ दिन अगाडि

मकवानपुर स्थित सक्रिय महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मकवानपुर स्थित सक्रिय महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१९ घण्टा अगाडि

दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।
दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।

३ दिन अगाडि

हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध
हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

३ दिन अगाडि

मकवानपुर स्थित सक्रिय महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मकवानपुर स्थित सक्रिय महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न
नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न

१२ दिन अगाडि

 भक्तपुर स्थित भाषासेवी मास्टर जगतसुन्दर साकोस स्क्यान कार्यक्रममा आबद्ध
 भक्तपुर स्थित भाषासेवी मास्टर जगतसुन्दर साकोस स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 
पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 

३ दिन अगाडि

चितवन स्थित नारायणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित नारायणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप