सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा जोखिम व्यवस्थापन कार्यशाला नगरकोटमा जेठ २३ गते सम्पन्न भएको छ  । 

औपचारीक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाले जोखिम व्यवस्थापन कार्यशाला पहिलो पटक आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले जती संस्था ठुलो बन्दै जान्छ त्यती नै संस्थाको जोखिम बृद्धि हुने बताउँदै संस्थाको जोखिम व्यवस्थापन कसरी गर्नेबारे छलफल गर्न अति आवश्यक रहेको बताउनुभयो । साथै समयमै जोखिम व्यवस्थापन गर्न सके संस्था सुरक्षित र दिगो हुने बताउनु भयो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले बचत तथा ऋण सहकारी संस्थाहरुले हाल जारी अद्यादेशका निर्देशनहरुको पालना गर्दा सामाजिक क्रियाकलाप अन्तर्गत आदर निकेतन, सदस्यहरुको उत्पादन व्यवस्थापन गर्न पाईने हो या होइन भन्नेबारे छलफल गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा व्यक्तिगत स्वार्थको लागि नभई संस्थागत विकासका लागि हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यशालाका सहजकर्ता नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले जोखिमको परिभाषा सहित संस्था दिगो बन्न सम्भावित जोखिम पहिचान गरी त्यसको नियमित निरिक्षण, वर्गिकरण र सामना गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले कार्यशालामा जोखिम व्यवस्थापन अन्र्तगत कानूनी, वित्तीय, तरलता, सञ्चालन र सुशासन, प्रविधि तथा बजार जोखिमबारे सहजिकरण गर्नु भएको थियो ।

कार्यशालाको औपचारी कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले पनि बोल्नुभएको थियो । कार्यशालामा संस्थाको जोखिम व्यवस्थापनका निम्ति सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति तथा विभागिय प्रमुखहरुबीच आवश्यक छलफल भएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप