साकोस जोखिम व्यवस्थापन कार्यशाला सम्पन्न : भाखा नाघेको ऋण असुलीमा कानुनी जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन कार्यशाला सम्पन्न : भाखा नाघेको ऋण असुलीमा कानुनी जोड

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ’साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला’ सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा जेठ २४ गते उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यशालामा कर्णाली प्रदेशका विभिन्न १२ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेफ्स्कूनका सुर्खेत सदस्य सेवा कार्यालय प्रमुख विष्णुदत्त जोशीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पवनजंग मल्लले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन दीपकराज जोशी र गजेन्द्र बहादुर साउँदले गर्नुभएको थियो ।

कार्यक्रमको प्रशिक्षण सेसनमा अधिवक्ता प्रियहरी भण्डारीले ऋण असुलीको कानुनी प्रक्रिया, कर्जा असुली न्यायाधिकरण र कर्जा सूचना केन्द्रको भूमिकाका विषयमा विस्तृत रूपमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरूले उठाएका विभिन्न कानुनी जिज्ञासा र समस्याहरूको समाधान समेत गर्नुभएको थियो । त्यसैगरी, कार्यशालाकै अर्को सेसनमा नेफ्स्कूनका व्यवसाय अधिकृत पवनजंग मल्लले नेपालको सहकारी अभियानको वर्तमान अवस्था, यस क्षेत्रमा देखा परेका चुनौती र आगामी मार्गचित्रका बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष एवं नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य भुपेन्द्र बहादुर सिंहले कार्यशाला अत्यन्तै समयसान्दर्भिक र प्रभावकारी रहेको बताउनुभयो । उहाँले सहकारीहरूमा भाखा नाघेको कर्जा असुली गर्न अबका दिनमा कानुनी प्रक्रियालाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । साकोसहरूलाई सबल र दिगो बनाउनका लागि संघले सञ्चालन गरेको ’स्क्यान’ (SCAN) कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष सिंहले कर्णाली प्रदेशका साकोसहरूका लागि यो कार्यक्रम फलदायी सावित भएको र आगामी दिनमा पनि नेफ्स्कूनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी गराउनुभयो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप