साकोस जोखिम व्यवस्थापन कार्यशाला सम्पन्न : भाखा नाघेको ऋण असुलीमा कानुनी जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन कार्यशाला सम्पन्न : भाखा नाघेको ऋण असुलीमा कानुनी जोड

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ’साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला’ सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा जेठ २४ गते उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यशालामा कर्णाली प्रदेशका विभिन्न १२ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेफ्स्कूनका सुर्खेत सदस्य सेवा कार्यालय प्रमुख विष्णुदत्त जोशीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पवनजंग मल्लले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन दीपकराज जोशी र गजेन्द्र बहादुर साउँदले गर्नुभएको थियो ।

कार्यक्रमको प्रशिक्षण सेसनमा अधिवक्ता प्रियहरी भण्डारीले ऋण असुलीको कानुनी प्रक्रिया, कर्जा असुली न्यायाधिकरण र कर्जा सूचना केन्द्रको भूमिकाका विषयमा विस्तृत रूपमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरूले उठाएका विभिन्न कानुनी जिज्ञासा र समस्याहरूको समाधान समेत गर्नुभएको थियो । त्यसैगरी, कार्यशालाकै अर्को सेसनमा नेफ्स्कूनका व्यवसाय अधिकृत पवनजंग मल्लले नेपालको सहकारी अभियानको वर्तमान अवस्था, यस क्षेत्रमा देखा परेका चुनौती र आगामी मार्गचित्रका बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष एवं नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य भुपेन्द्र बहादुर सिंहले कार्यशाला अत्यन्तै समयसान्दर्भिक र प्रभावकारी रहेको बताउनुभयो । उहाँले सहकारीहरूमा भाखा नाघेको कर्जा असुली गर्न अबका दिनमा कानुनी प्रक्रियालाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । साकोसहरूलाई सबल र दिगो बनाउनका लागि संघले सञ्चालन गरेको ’स्क्यान’ (SCAN) कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष सिंहले कर्णाली प्रदेशका साकोसहरूका लागि यो कार्यक्रम फलदायी सावित भएको र आगामी दिनमा पनि नेफ्स्कूनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी गराउनुभयो ।

 
 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४२ मिनेट अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

११ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२० दिन अगाडि

लोकप्रिय
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४२ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३१ दिन अगाडि

पाठकबाट थप