सम्पत्ति शुद्धीकरण निवारण एवम् साकोस सुशासन सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पत्ति शुद्धीकरण निवारण एवम् साकोस सुशासन सम्बन्धी तालिम सम्पन्न

बनेपा, काभ्रेपलाञ्चोक । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा जेठ २४ गते  सम्पत्ति शुद्धीकरण निवारण (Anti–Money Laundering and Counter Financing of Terrorism–AML/CFT) एवं साकोस सुशासन सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नविन भक्त वादेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, व्यवस्थापन तहका कर्मचारी तथा नेतृत्वदायी सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घघाटन सत्रमा बोल्दै अध्यक्ष वादेले सहकारी संस्थाको दिगो विकास, सदस्यहरूको विश्वास अभिवृद्धि तथा संस्थागत स्थायित्वका लागि सुशासन र कानुनी अनुपालन अपरिहार्य रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरूले वित्तीय कारोबारसँग सम्बन्धित जोखिमहरूलाई समयमै पहिचान गरी व्यवस्थापन गर्न सक्नुपर्ने आवश्यकता औँल्याउँदै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था तथा सुशासनका अभ्यासहरूलाई संस्थागत संस्कृतिको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका अधिकृत शौभाग्य भट्टराईले तालिमको सहजीकरण गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, सहकारी संस्थाहरूको दायित्व तथा उत्तरदायित्व, जोखिममा आधारित दृष्टिकोण (Risk–Based Approach) सदस्य पहिचान तथा प्रमाणीकरण प्रक्रिया (KYM), लाभग्राही पहिचान (Beneficial Ownership), शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन प्रणाली, अभिलेख व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा अनुपालन व्यवस्थापन लगायतका विषयमा प्रस्तुती दिनुभएको थियो ।

सहजीकरणका क्रममा सहकारी संस्थाहरूले वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जोखिमलाई न्यूनिकरण गर्न प्रभावकारी नीतिगत व्यवस्था, कर्मचारी तथा पदाधिकारीको क्षमता विकास, नियमित अनुगमन तथा सदस्य सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो । 

साथै गोएएमएल (goAML) प्रणाली, शंकास्पद कारोबार प्रतिवेदन (STR)  तथा सिमा कारोबार प्रतिवेदन (TTR) सम्बन्धी आधारभूत जानकारीसमेत सहभागीहरूलाई प्रदान गरिएको थियो ।
तालिमको दोस्रो सत्रमा साकोस सुशासनका विविध आयामहरूबारे छलफल भएको थियो । यस क्रममा संस्थागत सुशासनका मूलभूत सिद्धान्तहरू—पारदर्शिता, जवाफदेहिता, सहभागिता, उत्तरदायित्व, निष्पक्षता तथा विधिको शासन—का विषयमा प्रकाश पारिएको थियो । सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा व्यवस्थापनबीचको भूमिका र जिम्मेवारी, नीतिगत नेतृत्व, रणनीतिक योजना, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, सदस्य अधिकार संरक्षण तथा संस्थागत अनुशासनका विषयमा समेत अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष वादेले तालिमबाट प्राप्त ज्ञान तथा सिकाइलाई संस्थाको दैनिक कार्यसम्पादन, नीति निर्माण तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । संस्थालाई अझ सुरक्षित, पारदर्शी, उत्तरदायी तथा सदस्यमैत्री बनाउने दिशामा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले वर्तमान परिवेशमा सहकारी संस्थाहरूले सामना गरिरहेका चुनौतीहरू, नियामकीय अपेक्षाहरू तथा सदस्यहरूको बढ्दो विश्वासलाई कायम राख्न आवश्यक सुधारका विषयमा आफ्ना अनुभव तथा जिज्ञासाहरू राखेका थिए । सहभागीहरूले सम्पत्ति शुद्धीकरण निवारण तथा सुशासन सम्बन्धी विषयहरूलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको भन्दै तालिमले आफ्नो ज्ञान, सीप तथा कार्यसम्पादन क्षमतामा सकारात्मक योगदान पुगेको प्रतिक्रिया दिएका छन ।

भर्खरै
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

१ दिन अगाडि

ज्योती महिला विकास साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
ज्योती महिला विकास साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

म्याग्दी स्थित धौलागिरि साकोसमा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
म्याग्दी स्थित धौलागिरि साकोसमा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

२ दिन अगाडि

एक्सेस सुपरिवेक्षण मार्फत महिला साकोसको संस्थागत सुशासन र प्राविधिक सुदृढीकरणमा जोड
एक्सेस सुपरिवेक्षण मार्फत महिला साकोसको संस्थागत सुशासन र प्राविधिक सुदृढीकरणमा जोड

२ दिन अगाडि

नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  
तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

५ दिन अगाडि

लोकप्रिय
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

१ दिन अगाडि

तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  
तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

५ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

९ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

८ दिन अगाडि

नेफ्स्कूनद्वारा सारथीे साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सारथीे साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ दिन अगाडि

पाठकबाट थप