सम्पत्ति शुद्धीकरण निवारण एवम् साकोस सुशासन सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पत्ति शुद्धीकरण निवारण एवम् साकोस सुशासन सम्बन्धी तालिम सम्पन्न

बनेपा, काभ्रेपलाञ्चोक । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा जेठ २४ गते  सम्पत्ति शुद्धीकरण निवारण (Anti–Money Laundering and Counter Financing of Terrorism–AML/CFT) एवं साकोस सुशासन सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नविन भक्त वादेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, व्यवस्थापन तहका कर्मचारी तथा नेतृत्वदायी सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घघाटन सत्रमा बोल्दै अध्यक्ष वादेले सहकारी संस्थाको दिगो विकास, सदस्यहरूको विश्वास अभिवृद्धि तथा संस्थागत स्थायित्वका लागि सुशासन र कानुनी अनुपालन अपरिहार्य रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरूले वित्तीय कारोबारसँग सम्बन्धित जोखिमहरूलाई समयमै पहिचान गरी व्यवस्थापन गर्न सक्नुपर्ने आवश्यकता औँल्याउँदै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था तथा सुशासनका अभ्यासहरूलाई संस्थागत संस्कृतिको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका अधिकृत शौभाग्य भट्टराईले तालिमको सहजीकरण गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, सहकारी संस्थाहरूको दायित्व तथा उत्तरदायित्व, जोखिममा आधारित दृष्टिकोण (Risk–Based Approach) सदस्य पहिचान तथा प्रमाणीकरण प्रक्रिया (KYM), लाभग्राही पहिचान (Beneficial Ownership), शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन प्रणाली, अभिलेख व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा अनुपालन व्यवस्थापन लगायतका विषयमा प्रस्तुती दिनुभएको थियो ।

सहजीकरणका क्रममा सहकारी संस्थाहरूले वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जोखिमलाई न्यूनिकरण गर्न प्रभावकारी नीतिगत व्यवस्था, कर्मचारी तथा पदाधिकारीको क्षमता विकास, नियमित अनुगमन तथा सदस्य सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो । 

साथै गोएएमएल (goAML) प्रणाली, शंकास्पद कारोबार प्रतिवेदन (STR)  तथा सिमा कारोबार प्रतिवेदन (TTR) सम्बन्धी आधारभूत जानकारीसमेत सहभागीहरूलाई प्रदान गरिएको थियो ।
तालिमको दोस्रो सत्रमा साकोस सुशासनका विविध आयामहरूबारे छलफल भएको थियो । यस क्रममा संस्थागत सुशासनका मूलभूत सिद्धान्तहरू—पारदर्शिता, जवाफदेहिता, सहभागिता, उत्तरदायित्व, निष्पक्षता तथा विधिको शासन—का विषयमा प्रकाश पारिएको थियो । सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा व्यवस्थापनबीचको भूमिका र जिम्मेवारी, नीतिगत नेतृत्व, रणनीतिक योजना, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, सदस्य अधिकार संरक्षण तथा संस्थागत अनुशासनका विषयमा समेत अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष वादेले तालिमबाट प्राप्त ज्ञान तथा सिकाइलाई संस्थाको दैनिक कार्यसम्पादन, नीति निर्माण तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । संस्थालाई अझ सुरक्षित, पारदर्शी, उत्तरदायी तथा सदस्यमैत्री बनाउने दिशामा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले वर्तमान परिवेशमा सहकारी संस्थाहरूले सामना गरिरहेका चुनौतीहरू, नियामकीय अपेक्षाहरू तथा सदस्यहरूको बढ्दो विश्वासलाई कायम राख्न आवश्यक सुधारका विषयमा आफ्ना अनुभव तथा जिज्ञासाहरू राखेका थिए । सहभागीहरूले सम्पत्ति शुद्धीकरण निवारण तथा सुशासन सम्बन्धी विषयहरूलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको भन्दै तालिमले आफ्नो ज्ञान, सीप तथा कार्यसम्पादन क्षमतामा सकारात्मक योगदान पुगेको प्रतिक्रिया दिएका छन ।

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४२ मिनेट अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

११ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२० दिन अगाडि

लोकप्रिय
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४२ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३१ दिन अगाडि

पाठकबाट थप