चरिकोटमा सहकारीका अग्रभागमा कार्यरत कर्मचारीका लागि एक दिने क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चरिकोटमा सहकारीका अग्रभागमा कार्यरत कर्मचारीका लागि एक दिने क्षमता विकास तालिम सम्पन्न

चरिकोट, दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) दोलखा सदस्य सेवा कार्यालयको आयोजनामा चरिकोटमा सञ्चालित एक दिने ’अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम’ जेठ २४ गते सम्पन्न भएको छ ।

तालिममा दोलखा जिल्लाका २५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट ३६ जना अग्रभागमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेफ्स्कून तालिम विभागका प्रमुख एवं प्राचार्य बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको उक्त तालिममा सहकारी संस्थाहरुले सदस्यमैत्री र उत्कृष्ट सेवा प्रवाहका लागि सदस्यसँग गर्नुपर्ने व्यवहार, समय व्यवस्थापन, अभिलेख व्यवस्थापन तथा काउन्टर व्यवस्थापन लगायतका प्राविधिक एवं व्यावहारिक विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिम समापन कार्यक्रमको सभापतित्व गर्दै नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य कृष्ण बहादुर गौतमले तालिममा सिकेका कुराहरूलाई आ–आफ्नो संस्था र व्यवहारमा लागू गरेमा मात्र तालिमको वास्तविक प्रभावकारिता देखिने बताउनुभयो ।

तालिमका सहभागी हाम्रो सूर्योदय साकोसका कर्मचारी सविन प्रसाइ र एकीकृत फ्रेण्डशिप साकोसका कर्मचारी सुस्मिता अधिकारीले तालिमको अन्तमा सहभागीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै तालिमले कर्मचारीहरुलाई सदस्य संग गरिने व्यवहार,जोखिम व्यवस्थापन,सुचना प्रबिधिको जानकारी,सहकारी ऐन नियमहरुको जानकारी आदि बिषय सम्बन्धी  महत्वपुर्ण सिकाई रहेको हुनाले तालिम समय सान्दर्भिक रहेको र तालिममा सिकेका व्यावहारिक ज्ञान र सीपलाई भोलिदेखि नै कार्यक्षेत्रमा उतार्ने र अन्य साथीहरूलाई पनि सिकाउने प्रतिबद्धता जनाएका छन् ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप