चरिकोटमा सहकारीका अग्रभागमा कार्यरत कर्मचारीका लागि एक दिने क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चरिकोटमा सहकारीका अग्रभागमा कार्यरत कर्मचारीका लागि एक दिने क्षमता विकास तालिम सम्पन्न

चरिकोट, दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) दोलखा सदस्य सेवा कार्यालयको आयोजनामा चरिकोटमा सञ्चालित एक दिने ’अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम’ जेठ २४ गते सम्पन्न भएको छ ।

तालिममा दोलखा जिल्लाका २५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट ३६ जना अग्रभागमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेफ्स्कून तालिम विभागका प्रमुख एवं प्राचार्य बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको उक्त तालिममा सहकारी संस्थाहरुले सदस्यमैत्री र उत्कृष्ट सेवा प्रवाहका लागि सदस्यसँग गर्नुपर्ने व्यवहार, समय व्यवस्थापन, अभिलेख व्यवस्थापन तथा काउन्टर व्यवस्थापन लगायतका प्राविधिक एवं व्यावहारिक विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिम समापन कार्यक्रमको सभापतित्व गर्दै नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य कृष्ण बहादुर गौतमले तालिममा सिकेका कुराहरूलाई आ–आफ्नो संस्था र व्यवहारमा लागू गरेमा मात्र तालिमको वास्तविक प्रभावकारिता देखिने बताउनुभयो ।

तालिमका सहभागी हाम्रो सूर्योदय साकोसका कर्मचारी सविन प्रसाइ र एकीकृत फ्रेण्डशिप साकोसका कर्मचारी सुस्मिता अधिकारीले तालिमको अन्तमा सहभागीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै तालिमले कर्मचारीहरुलाई सदस्य संग गरिने व्यवहार,जोखिम व्यवस्थापन,सुचना प्रबिधिको जानकारी,सहकारी ऐन नियमहरुको जानकारी आदि बिषय सम्बन्धी  महत्वपुर्ण सिकाई रहेको हुनाले तालिम समय सान्दर्भिक रहेको र तालिममा सिकेका व्यावहारिक ज्ञान र सीपलाई भोलिदेखि नै कार्यक्षेत्रमा उतार्ने र अन्य साथीहरूलाई पनि सिकाउने प्रतिबद्धता जनाएका छन् ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३० दिन अगाडि

पाठकबाट थप