सहकारीका समसामयिक विषय सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका समसामयिक विषय सम्बन्धी तालिम सम्पन्न

काठमाडौं ।  नव सोच बहुउद्देश्यीय सहकारी संस्था लि., काठमाडौंको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा जेठ २३ गते सहकारीका समसामयिक विषय सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ । 

बागबजारमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा सदस्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य सहकारी क्षेत्रका पछिल्ला विकासक्रम, नियामकीय व्यवस्था, संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सहकारी संस्थाहरूले वर्तमान समयमा सामना गरिरहेका चुनौतीहरूबारे सहभागीहरूलाई जानकारी प्रदान गर्नु रहेको थियो ।

तालिमका सहजकर्ता नेफ्स्कूनका अधिकृत शौभाग्य भट्टराईले सहकारी क्षेत्रको समसामयिक अवस्था, संस्थागत दिगोपना, वित्तीय अनुशासन, सुशासन तथा अनुपालन सम्बन्धी विविध विषयमा सहजीकरण गर्नुभएको थियो । सहकारी संस्थाहरूले सदस्यहरूको विश्वास कायम राख्दै दिगो रूपमा अगाडि बढ्नका लागि पारदर्शी, उत्तरदायी र व्यावसायिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तालिमका क्रममा सहकारी ऐन, नियम तथा नियामक निकायबाट जारी भएका पछिल्ला निर्देशनहरू, संस्थागत अनुपालन, जोखिममा आधारित व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, तरलता व्यवस्थापन, संस्थागत पूँजी सुदृढीकरण, बचत तथा ऋण व्यवस्थापन, भाखा नाघेका ऋणको नियन्त्रण तथा सदस्य सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।

सहजकर्ताले वर्तमान परिवेशमा सहकारी संस्थाहरूले वित्तीय जोखिम, सञ्चालन जोखिम, प्रतिष्ठागत जोखिम तथा अनुपालनसम्बन्धी जोखिमहरूको प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा विशेष जोड दिनुभयो । साथै संस्थागत सुशासनका आधारभूत सिद्धान्तहरू—पारदर्शिता, जवाफदेहिता, सहभागिता, उत्तरदायित्व र विधिको शासन—लाई व्यवहारमा कार्यान्वयन गर्न सकेमा संस्थाको विश्वसनीयता र सदस्यहरूको भरोसा थप मजबुत बन्ने धारणा व्यक्त गर्नुभयो ।

तालिममा सम्पत्ति शुद्धीकरण निवारण, सदस्य पहिचान -KYM), अभिलेख व्यवस्थापन, सूचना प्रविधिको सुरक्षित प्रयोग, डिजिटल सेवा विस्तार तथा सहकारी संस्थामा बढ्दो प्रविधिमैत्री अभ्यासका विषयमा समेत जानकारी प्रदान गरिएको थियो । सहकारी संस्थाहरूले बदलिँदो वित्तीय तथा प्रविधिगत वातावरणअनुसार आफूलाई समयानुकूल बनाउनुपर्ने विषयमा समेत जोड दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूले आफ्नो संस्थामा देखिएका व्यावहारिक समस्या, चुनौती तथा व्यवस्थापनसँग सम्बन्धित जिज्ञासाहरू प्रस्तुत गरेका थिए । प्रश्न तथा अनुभवलाई समेट्दै अन्तरक्रियात्मक छलफल सञ्चालन गरिएको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको थियो ।

कार्यक्रमको समापनमा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई संस्थाको नीति निर्माण, निर्णय प्रक्रिया तथा दैनिक कार्यसम्पादनमा उपयोग गरी संस्थालाई अझ सुरक्षित, पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बनाउन योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै सहकारी क्षेत्रको वर्तमान चुनौतीलाई सामना गर्न यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा राखेका थिए ।

भर्खरै
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

४८ मिनेट अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

२० घण्टा अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३ दिन अगाडि

अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित
अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

४ दिन अगाडि

रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग
रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग

४ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

५ दिन अगाडि

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

२० घण्टा अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

४८ मिनेट अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२० दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

१३ दिन अगाडि

पाठकबाट थप