समसामयिक विषयहरूमा छलफल तथा अन्तरक्रिया कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समसामयिक विषयहरूमा छलफल तथा अन्तरक्रिया कार्यक्रम 

म्याग्दी । नेफ्स्कूनको आयोजनामा “समसामयिक विषयहरूमा छलफल तथा अन्तरक्रिया कार्यक्रम” जेठ २५ गते म्याग्दी जिल्लाको बेनी स्थित शिखर होटलमा सम्पन्न भएको छ ।

कार्यक्रमको सभाध्यक्षता नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो भने विशेष उपस्थितिको रूपमा निवर्तमान नेफ्स्कून सञ्चालक सदस्य तथा जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष चण्डी प्रसाद शर्मा पौड्यालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा म्याग्दी जिल्लाका १० वटा तथा बागलुङ जिल्लाका २ वटा गरी जम्मा १२ वटा सहकारी संस्थाका २० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रचलित कानुनमा संशोधित भएका विषयहरू, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको दर्ता तथा अभिलेखीकरणसम्बन्धी व्यवस्था, साथै सदस्य संस्थाहरूले नेफ्स्कूनसँग राख्ने अपेक्षाका विषयमा जानकारी गराउँदै सहभागी संस्थाका जिज्ञासाहरू समाधान गर्ने प्रयास गर्नुभएको थियो ।

त्यसैगरी, जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष चण्डी प्रसाद शर्मा पौड्यालले सहकारी संस्थाहरूबीच असल अभ्यासको आदानप्रदान गर्दै संस्थागत रूपमा सुदृढ भई वृद्धि तथा विकासतर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो । सहभागीहरूबीच समसामयिक सहकारी विषयमा प्रभावकारी छलफल तथा अन्तरक्रिया भएको आयोजकले जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप