काभ्रेमा कृत्रिम फूलको गुच्छा बनाउने तालिम सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थी सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रेमा कृत्रिम फूलको गुच्छा बनाउने तालिम सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थी सम्मानित

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती नगरपालिका–५ चौकोट, काभ्रेको आयोजनामा सञ्चालित दुईदिने “कृत्रिम फूलको गुच्छा बनाउने तालिम” जेठ २४ गते सम्पन्न भएको छ । 

जेठ २३ र २४ गते सञ्चालन गरिएको तालिम आइतबार आयोजित समापन समारोहका बीच औपचारिक रूपमा सम्पन्न गरिएको हो । 

समापन कार्यक्रममा प्रमुख प्रशिक्षक लक्ष्मी श्रेष्ठले तालिमप्रति सहभागी सदस्यहरूको उत्साह, लगाव र सक्रिय सहभागिताले आफूलाई उत्साहित बनाएको बताउनुभयो । तालिमले सहभागीहरूको सीप अभिवृद्धि मात्र नभई स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा बनेपा, धुलिखेल र पनौती नगरपालिकाबाट सहभागी भएका प्रशिक्षार्थीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने सदस्यहरूलाई पुरस्कार प्रदान गरिएको थियो । साथै, तालिम सफलतापूर्वक सम्पन्न गरेका सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षक तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले दुईदिने तालिम अवधिभर सहभागीहरूसँगै रहेर कार्यक्रमको अवलोकन गर्नुभएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न तथा पार्टटाइम वा व्यवसायिक रूपमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । लक्ष्यभन्दा बढी सहभागिता, सक्रियता र विश्वास देखिएको उल्लेख गर्दै उहाँले यस्ता सदस्य–केन्द्रित कार्यक्रमप्रति संस्थाको उत्साह थप बढेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक कार्ययोजना अनुरूप आगामी दिनमा पनि सदस्यहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा केन्द्रित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

शिक्षा उपसमिति संयोजक शकुन्तला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले प्रशिक्षार्थी, प्रशिक्षक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो । तालिमले सदस्यहरूको सीप विकासका साथै अतिरिक्त आयआर्जनको आधार तयार गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

सहकारी संस्थाले सदस्यहरूको क्षमता विकास, उद्यमशीलता प्रवद्र्धन तथा आर्थिक आत्मनिर्भरतामा टेवा पु¥याउने उद्देश्यले यस्ता व्यावहारिक तथा सीपमूलक तालिमलाई निरन्तरता दिँदै आएकोे छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप