सुशासन र वित्तीय अनुशासनमा ग्रामिण साकोसको प्रतिबद्धता : नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन र वित्तीय अनुशासनमा ग्रामिण साकोसको प्रतिबद्धता : नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

सर्लाही । सहकारी क्षेत्रमा सुशासन, पारदर्शिता र दिगोपन प्रर्बद्धन गर्ने उद्देश्यसहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सर्लाहीको दोस्रो स्थलगत सुपरिवेक्षण जेठ २५ गते सम्पन्न गरेको छ ।

नेफ्स्कूनको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत सम्पन्न सुपरिवेक्षणले संस्थाको वित्तीय अवस्था, आन्तरिक व्यवस्थापन तथा सदस्यमुखी सेवाको गुणस्तरलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । सहकारीहरूलाई राज्य तथा नियामक निकायका नीति, निर्देशिका, मापदण्ड तथा कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउने, सदस्यहरूको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने तथा बचतकर्तामा विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

सुपरिवेक्षणका क्रममा संस्थाको शेयर व्यवस्थापन, बचत तथा ऋण परिचालन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधिको प्रयोग, सुरक्षण व्यवस्था, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी नीतिको कार्यान्वयन, साथै भाखा नाघेका ऋणको असुली अवस्थालगायत विभिन्न पक्षहरूको विस्तृत मूल्यांकन गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश वरालको नेतृत्वमा सुपरिवेक्षण सम्पन्न भएको थियो । संस्थाका तर्फबाट सचिव, सञ्चालक सदस्यहरू, व्यवस्थापक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेफ्स्कूनले नियमित सुपरिवेक्षण मार्फत सहकारी संस्थाहरूमा सुशासन, वित्तीय अनुशासन र दिगो विकासको संस्कृतिलाई थप मजबुत बनाउँदै सदस्यहरूको हित संरक्षण तथा सहकारी अभियानप्रतिको जनविश्वास अभिवृद्धिमा टेवा पु¥याउँदै आएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप