सुशासन र वित्तीय अनुशासनमा ग्रामिण साकोसको प्रतिबद्धता : नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन र वित्तीय अनुशासनमा ग्रामिण साकोसको प्रतिबद्धता : नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

सर्लाही । सहकारी क्षेत्रमा सुशासन, पारदर्शिता र दिगोपन प्रर्बद्धन गर्ने उद्देश्यसहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सर्लाहीको दोस्रो स्थलगत सुपरिवेक्षण जेठ २५ गते सम्पन्न गरेको छ ।

नेफ्स्कूनको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत सम्पन्न सुपरिवेक्षणले संस्थाको वित्तीय अवस्था, आन्तरिक व्यवस्थापन तथा सदस्यमुखी सेवाको गुणस्तरलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । सहकारीहरूलाई राज्य तथा नियामक निकायका नीति, निर्देशिका, मापदण्ड तथा कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउने, सदस्यहरूको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने तथा बचतकर्तामा विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

सुपरिवेक्षणका क्रममा संस्थाको शेयर व्यवस्थापन, बचत तथा ऋण परिचालन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधिको प्रयोग, सुरक्षण व्यवस्था, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी नीतिको कार्यान्वयन, साथै भाखा नाघेका ऋणको असुली अवस्थालगायत विभिन्न पक्षहरूको विस्तृत मूल्यांकन गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश वरालको नेतृत्वमा सुपरिवेक्षण सम्पन्न भएको थियो । संस्थाका तर्फबाट सचिव, सञ्चालक सदस्यहरू, व्यवस्थापक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेफ्स्कूनले नियमित सुपरिवेक्षण मार्फत सहकारी संस्थाहरूमा सुशासन, वित्तीय अनुशासन र दिगो विकासको संस्कृतिलाई थप मजबुत बनाउँदै सदस्यहरूको हित संरक्षण तथा सहकारी अभियानप्रतिको जनविश्वास अभिवृद्धिमा टेवा पु¥याउँदै आएको छ ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४१ मिनेट अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

११ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२० दिन अगाडि

लोकप्रिय
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४१ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३१ दिन अगाडि

पाठकबाट थप