जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमअन्तर्गत प्रोबेसनका सूचकहरूमा केन्द्रित भई चौतारी बचत तथा ऋण सहकारी संस्था लि. मा जेठ ३१ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनाको प्रर्बद्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ–संस्थाहरूका लागि स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम मार्फत स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तर रूपमा अघि बढाइँदै आएको हो ।

स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू, जस्तैः आन्तरिक कार्यविधिको अद्यावधिक अवस्था, सदस्यमैत्री उत्पादन तथा सेवाहरू, आवधिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन, वित्तीय स्रोतको प्राप्ति तथा परिचालन, सेवा कार्यालय सञ्चालन व्यवस्थापनलगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो ।

साथै, साकोसका कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासनसम्बन्धी जोखिमहरूका साथै प्रविधि जोखिममा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीप राज ढकालद्वारा गरिएको स्थलगत सुपरिवेक्षणमा समिति तथा व्यवस्थापनको सहभागितामा सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । छलफल बैठकमा समिति तथा व्यवस्थापनद्वारा सुधार योजना तय गरी प्राप्त सुझावहरू यथासम्भव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । संस्थाका अध्यक्ष रामशरण सिलवालको प्रतिबद्धतासहित सुपरिवेक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप