सबल सहकारी निर्माणका लागि उपसमितिलाई व्यवहारिक प्रशिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सबल सहकारी निर्माणका लागि उपसमितिलाई व्यवहारिक प्रशिक्षण

भक्तपुर । सहकारी संस्थाहरूलाई प्रभावकारी, उत्तरदायी र सदस्यमुखी बनाउन उपसमितिहरूको भूमिका थप सशक्त बनाउने उद्देश्यसहित भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले एकदिने ‘उपसमितिका सदस्यहरूको क्षमता विकास तालिम’ जेठ ३० गते  सम्पन्न गरेको छ ।

भक्तपुरको आदर्श स्थित क्लब बागमतीमा आयोजित तालिममा संघमा आबद्ध विभिन्न सदस्य संस्थाका उपसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारी संस्थाभित्र उपसमितिहरूको भूमिका, जिम्मेवारी, कार्यक्षेत्र तथा संस्थागत विकासमा उहाँहरुको योगदानबारे गहन छलफल र प्रयोगात्मक अभ्यास गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी संस्थाहरूको सफल सञ्चालनका लागि उपसमितिहरू सक्रिय, जिम्मेवार र परिणाममुखी हुनुपर्ने, निरन्तर सिकाइ र क्षमता अभिवृद्धि मार्फत मात्र संस्थालाई समयअनुकूल र सबल बनाउन सकिने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो ।

हालै जारी सहकारी अध्यादेशप्रति समेत टिप्पणी गर्दै संघलाई तीन वर्षभित्र कारोबार बन्द गरी बचत फिर्ता गर्न दिइएको व्यवस्था व्यावहारिक नभएको धारणा राख्नुभयो । यस्तो व्यवस्थाले बजारमा बचत फिर्ताको दबाब बढाई सहकारी क्षेत्रमा थप चुनौती सिर्जना गर्न सक्ने भएकाले सम्बन्धित निकायले अध्यादेश पुनरावलोकन गर्नुपर्ने उहाँको भनाइ थियो ।

संघका सचिव तथा शिक्षा एवं संस्थागत विकास तालिम उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थालाई सही मार्गदर्शन गर्न उपसमितिको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभएको थियो । सदस्यहरूको चेतना, सहभागिता र संस्थागत सुशासन अभिवृद्धिमा उपसमितिहरू अग्रपंक्तिमा रहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

तालिमका मुख्य प्रशिक्षक तथा नेफ्स्कूनका विभागीय प्रमुख बल्लभ तिमिल्सिनाले सहकारी संस्थाहरूमा उपसमितिहरू केवल औपचारिक संरचना नभई संस्थागत सुशासन, पारदर्शिता र प्रभावकारी निर्णय प्रक्रियाका महत्वपूर्ण आधारस्तम्भ रहेकाले संस्थाको दीर्घकालीन सफलता, सदस्यको विश्वास अभिवृद्धि तथा संस्थागत अनुशासन कायम गर्न उपसमितिहरूले आफ्नो भूमिका स्पष्ट रूपमा बुझेर सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रशिक्षणका क्रममा उपसमितिको गठन, कार्यक्षेत्र, अधिकार, जिम्मेवारी तथा कार्यसम्पादनका व्यावहारिक पक्षबारे विस्तृत प्रस्तुति दिनुभएको थियो । साथै, विभिन्न समूहगत अभ्यास, छलफल तथा उदाहरणमार्फत सहभागीहरूलाई आफ्नो संस्थाको वास्तविक अवस्थाको विश्लेषण गर्दै सुधारका सम्भावित उपायहरू पहिचान गर्ने अवसर प्रदान गर्नुभएको थियो । 

तिमिल्सिनाले सहकारी संस्थाहरूमा देखिने चुनौतीहरूको समाधानका लागि उपसमितिहरूले अनुगमन, सुझाव, मूल्याङ्कन तथा सदस्य शिक्षाजस्ता कार्यलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने, सक्षम र क्रियाशील उपसमितिले संस्थागत सुशासनलाई मजबुत बनाउने मात्र नभई सदस्यहरूको विश्वास जित्दै संस्थालाई दिगो विकासको दिशामा अग्रसर गराउनुपर्ने बताउनु भएको थियो । 

प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको तालिममा सहभागीहरूले उपसमितिको भूमिका र जिम्मेवारीलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने विषयमा समेत अनुभव आदानप्रदान गरेका थिए । प्रशिक्षकले सहभागीहरूको जिज्ञासाको समाधान गर्दै उपसमितिलाई संस्थाको ‘थिंक ट्याङ्क’ र ‘मार्गदर्शक संयन्त्र’का रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

कार्यक्रमको समापन अवसरमा शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिका सदस्य बालमुकुन्द उपाध्यायले सहभागीहरूको सक्रियता र सिकाइप्रतिको उत्साहको प्रशंसा गर्दै आगामी कार्यक्रमहरूमा पनि यस्तै सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो । संघका उपसमिति सदस्य प्रकाश बास्तोलाद्वारा सञ्चालन गरिएको उक्त तालिममा संघअन्तर्गतका सदस्य संस्थाका विभिन्न उपसमितिका ३८ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप