सुशासन र जोखिम व्यवस्थापनको अवस्थाबारे कृष्ण गण्डकी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन र जोखिम व्यवस्थापनको अवस्थाबारे कृष्ण गण्डकी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

नवलपरासी । सहकारी संस्थाको वित्तीय स्वास्थ्य, सुशासनको अवस्था र सदस्यप्रतिको उत्तरदायित्वको मूल्याङ्कन गर्ने उद्देश्यले कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण असार ०१ गते सम्पन्न भएको छ ।

बौदीकाली गाउँपालिका–२, नवलपरासी स्थित उक्त संस्थामा नेफ्स्कूनको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत सुपरिवेक्षण गरिएको हो । कार्यक्रमले संस्थाको वर्तमान अवस्था विश्लेषण गर्दै सम्भावित जोखिम पहिचान र सुधारका अवसरहरूको खोजीमा विशेष ध्यान केन्द्रित गरेको थियो ।

सुपरिवेक्षणका क्रममा बचत तथा ऋण परिचालन, लगानीको अवस्था, वित्तीय अनुशासन, लेखापरीक्षण, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थाको समग्र आर्थिक गतिविधिको सूक्ष्म अध्ययन भएको थियो । सदस्यहरूले प्राप्त गरिरहेका सेवा–सुविधा, लाभांश वितरण, निर्णय प्रक्रियामा सदस्य सहभागिता तथा संस्थागत पारदर्शिताका पक्षहरू समेत मूल्याङ्कनको दायरामा समेटिएका थिए ।

विशेषगरी प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको प्रयोग, जोखिम व्यवस्थापनका अभ्यास, नेतृत्वको उत्तरदायित्व तथा व्यवस्थापकीय क्षमताको समीक्षा गर्दै संस्थालाई अझ प्रभावकारी र सदस्यकेन्द्रित बनाउने विषयमा सुझावहरू प्रदान गरिएको नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले बताउनु भएको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराज तिमल्सिनाले सहजीकरण गर्नुभएको सुपरिवेक्षणमा सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । उहाँले सहकारी संस्थाहरूलाई दीर्घकालीन रूपमा सुरक्षित, विश्वसनीय र सदस्यमैत्री बनाउन नियमित अनुगमन, जोखिम विश्लेषण र सुधारात्मक कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो ।

सहकारी क्षेत्रप्रतिको विश्वास अभिवृद्धि गर्दै संस्थागत सुशासनलाई थप मजबुत बनाउने उद्देश्यसहित सञ्चालन गरिएको सुपरिवेक्षण कार्यक्रमले कृष्ण गण्डकी साकोसको आगामी रणनीतिक सुधार र दिगो विकास यात्रामा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप