सुशासन र जोखिम व्यवस्थापनको अवस्थाबारे कृष्ण गण्डकी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन र जोखिम व्यवस्थापनको अवस्थाबारे कृष्ण गण्डकी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

नवलपरासी । सहकारी संस्थाको वित्तीय स्वास्थ्य, सुशासनको अवस्था र सदस्यप्रतिको उत्तरदायित्वको मूल्याङ्कन गर्ने उद्देश्यले कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण असार ०१ गते सम्पन्न भएको छ ।

बौदीकाली गाउँपालिका–२, नवलपरासी स्थित उक्त संस्थामा नेफ्स्कूनको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत सुपरिवेक्षण गरिएको हो । कार्यक्रमले संस्थाको वर्तमान अवस्था विश्लेषण गर्दै सम्भावित जोखिम पहिचान र सुधारका अवसरहरूको खोजीमा विशेष ध्यान केन्द्रित गरेको थियो ।

सुपरिवेक्षणका क्रममा बचत तथा ऋण परिचालन, लगानीको अवस्था, वित्तीय अनुशासन, लेखापरीक्षण, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थाको समग्र आर्थिक गतिविधिको सूक्ष्म अध्ययन भएको थियो । सदस्यहरूले प्राप्त गरिरहेका सेवा–सुविधा, लाभांश वितरण, निर्णय प्रक्रियामा सदस्य सहभागिता तथा संस्थागत पारदर्शिताका पक्षहरू समेत मूल्याङ्कनको दायरामा समेटिएका थिए ।

विशेषगरी प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको प्रयोग, जोखिम व्यवस्थापनका अभ्यास, नेतृत्वको उत्तरदायित्व तथा व्यवस्थापकीय क्षमताको समीक्षा गर्दै संस्थालाई अझ प्रभावकारी र सदस्यकेन्द्रित बनाउने विषयमा सुझावहरू प्रदान गरिएको नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले बताउनु भएको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराज तिमल्सिनाले सहजीकरण गर्नुभएको सुपरिवेक्षणमा सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । उहाँले सहकारी संस्थाहरूलाई दीर्घकालीन रूपमा सुरक्षित, विश्वसनीय र सदस्यमैत्री बनाउन नियमित अनुगमन, जोखिम विश्लेषण र सुधारात्मक कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो ।

सहकारी क्षेत्रप्रतिको विश्वास अभिवृद्धि गर्दै संस्थागत सुशासनलाई थप मजबुत बनाउने उद्देश्यसहित सञ्चालन गरिएको सुपरिवेक्षण कार्यक्रमले कृष्ण गण्डकी साकोसको आगामी रणनीतिक सुधार र दिगो विकास यात्रामा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।


    

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप