सहकारीमा सुशासन, सदस्यकेन्द्रित सेवा र एकीकरणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सुशासन, सदस्यकेन्द्रित सेवा र एकीकरणमा जोड

अर्घाखाँची । सहकारी संस्थाहरूलाई थप पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बनाउने उद्देश्यसहित “सहकारीका लागि वर्तमान कानुनी व्यवस्था” सम्बन्धी अभिमुखीकरण कार्यक्रम अर्घखाचीको सन्धिखर्कमा जेठ ३० गते सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा, प्रदेश बचत तथा ऋण सहकारी संघ लि., लुम्बिनीको सहआयोजनामा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., अर्घाखाँचीको समन्वय तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा जिल्लाभरिका बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन तहका ५७ जनाको सहभागिता रहेको थियो ।

प्रदेश बचत तथा ऋण सहकारी संघ लि., लुम्बिनीका का.वा. अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका  नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,सहकारी शाखा प्रमुख रामबहादुर थापा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष द्रोण प्रसाद भुसाल लगायत सहकारी क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले “सहकारीका लागि वर्तमान कानुनी व्यवस्था” विषयमा सहजीकरण गर्दै परिवर्तित कानुनी प्रावधान, सुशासन, सदस्य संरक्षण, नियमन तथा संस्थागत उत्तरदायित्वका विषयमा विस्तृत जानकारी दिनुभएको थियो । वर्तमान चुनौतीका बीच सहकारी संस्थाहरूले कानुनी तथा व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।

स्वागत मन्तव्यका क्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ, अर्घाखाँचीका अध्यक्ष द्रोण आचार्यले देशका केही क्षेत्रमा सहकारी संस्थाहरू समस्याग्रस्त बने पनि अर्घाखाँचीका बचत तथा ऋण सहकारीहरू सदस्यकेन्द्रित अभ्यास र सुशासनका आधारमा सञ्चालन हुँदै आएको बताउनु भएको थियो । उहाँले आगामी दिनमा पनि पारदर्शिता र सदस्य हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारी संस्थाहरू कानुनसम्मत, सदस्यमैत्री र पारदर्शी हुनुपर्ने बताउनु भएको थियो । कुनै संस्थाले कानुनविपरीत गतिविधि गरेको जानकारी प्राप्त भए नगरपालिकालाई सूचित गर्न आग्रह गर्दै  आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पार्नु भएको थियो । सहकारी क्षेत्रको दिगोपनाका लागि सहकारी एकीकरणको अवधारणालाई महत्वपूर्ण उपायका रूपमा प्रस्तुत गर्नु भएको थियो ।

विशिष्ट अतिथि रामबहादुर थापाले सहकारी संस्थाहरूले सञ्चालक समिति र कर्मचारीको क्षमता अभिवृद्धिमा प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै संस्थागत सुदृढीकरणका लागि सहकारी एकीकरणलाई प्रोत्साहन गर्न नगरपालिका तयार रहेको बताउनुभयो । सभाध्यक्ष ऋषिराम सापकोटाले सहकारी संस्थाहरूले सदस्यकेन्द्रित सेवा, सुशासन, पारदर्शिता तथा कानुनी व्यवस्थाको पूर्ण पालनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । वर्तमान चुनौतीलाई अवसरका रूपमा उपयोग गर्दै सदस्यको विश्वास अभिवृद्धि गर्न सहकारीहरू अग्रसर हुनुपर्ने बताउनु भएको थियो ।

प्रदेश बचत तथा ऋण सहकारी संघ लि., लुम्बिनीका महासचिव वसन्त प्रसाद ढकालले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन संघका व्यवस्थापक तारा अर्याल तथा नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारीले गर्नुभएको थियो । कार्यक्रमले सहकारी क्षेत्रको वर्तमान कानुनी व्यवस्था, सुशासन, सदस्य संरक्षण तथा संस्थागत सुदृढीकरणबारे सहभागीहरूलाई व्यावहारिक जानकारी प्रदान गर्नुका साथै सहकारी संस्थाहरूलाई थप जिम्मेवार, पारदर्शी र सदस्यमुखी बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप