उदयपुरको सहयोगी साकोसमा उद्यमीहरुका लागि लघु व्यवसाय खेल तालिम सञ्चालन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उदयपुरको सहयोगी साकोसमा उद्यमीहरुका लागि लघु व्यवसाय खेल तालिम सञ्चालन  

उदयपुर । सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र DSIK को प्राविधिक सहयोगमा साना व्यवसायी तथा उद्यमीहरुका लागि लघु व्यवसाय खेल (Micro Business Game) तालिम मंसिर ७ गतेदेखि शुरु भएको छ । 

बेलका नगरपालिका ९, रामपुर उदरपुरमा अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको तालिमकक्षमा शुरु भएको तालिम मंसिर ७ देखि ९ गतेसम्म सञ्चालन हुनेछ । तालिमको शुभारम्भ साकोसका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको थियो । अध्यक्ष बस्नेतले सहयोगी साकोसको संस्थागत हितका लागि नेफ्स्कूनबाट प्राप्त हरेक प्रकारको साथ सहयोग सर्हानीय रहेको बताउनुभयो । उहाँले संस्थाका शेयर सदस्यहरुलाई उद्यमी बनाउन, व्यवसाय विकासमा सहयोग गर्न संघले व्यवसाय विकास सेवा कार्यक्रम मार्फत र यस्ता प्राविधिक तालिमहरुमार्फत महत्वपूर्ण योगदान पुर्याउँदै आएको र यस्ता तालिम तथा शिक्षालाई हामीले व्यावसायिक जीवनमा जोड्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो । 

तालिममा सहभागी उद्यमी सदस्यहरुलाई स्वागत गर्दै साकोसका उपाध्यक्ष बाबुराम थापाले यस संस्थाका शेयर सदस्यहरुले आफ्नो जीविकोपार्जनका लागि जे सकिन्छ, त्यस्ता उद्यम व्यवसायहरुमा अगाडि बढेर उज्वल भविष्य निर्माणमा लाग्न अनुरोध गर्नुभयो । तालिमबाट सफल व्यावसायिक निर्णय लिन समेत सदस्यहरुलाई शुभकामना व्यक्त गर्नुभयो । 

तालिम कार्यक्रम सञ्चालन गर्दै साकोसका व्यवस्थापक तेज प्रसाद खड्काले संस्थाले धेरै भन्दा धेरै सदस्यहरुलाई उद्यमी बनाउन र सदस्यहरुको आर्थिक जीवनस्तरमा सुधार ल्याउन साथै संस्थागत क्षमता बृद्धि गर्न नेफ्स्कूनसँग व्यवसाय विकास सेवा कार्यक्रम सम्झौता गरि कार्यक्रम अगाडि बढाएको समेत जानकारी गराउनुभयो ।  

यस तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ । तालिममा सहभागीहरूले लघु उद्यम व्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै खेल मार्फत व्यवसाय विकासका रणनीतिक अभ्यासहरुको अनुसरण गर्नुहुनेछ । 

तालिममा २५ जना उद्यमीहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण संघकी कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको छ । तालिम अवधिमा थप समय व्यवस्थापन गर्दै साकोस र नेफ्स्कूनबीचको व्यवसाय विकास सेवा कार्यक्रम -BDS सम्झौता अनुरुप उद्यमी बन्न चाहनेहरुका लागि सम्भाव्य उद्यम छनौट तथा पहिचान कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रम सहजीकरण संघका अधिकृत राधा पौडेलले गर्नुभएको थियो  भने  व्यवस्थापन साकोसका  बीडीएस् शाखाका कर्मचारी प्रकाश परियारले गर्नुभएको थियो।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप