बर्दिबासमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दिबासमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

महोत्तरी — महोत्तरी जिल्लाको बर्दिबासमा नेफ्स्कून जनकपुर सदस्य सेवा कार्यालयको आयोजनामा “साकोस जोखिम व्यवस्थापन ३६०” विषयक कार्यशाला सम्पन्न वैशाख १७ गते भएको छ । 

सहकारी संस्थाहरूमा जोखिम व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ६ जिल्लाका सहकारीकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा सप्तरी जिल्लाका सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, उच्च व्यवस्थापन तथा कर्मचारी गरी ६७ जनाको सहभागीता रहेको थियो । कार्यशालाले सहकारी संस्थाहरूमा बढ्दो जोखिम व्यवस्थापनको आवश्यकता तथा त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित रही छलफल गरेको थियो ।

कार्यशालाको पहिलो सत्रमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले सहकारी अभियानको आगामी दिशा, स्क्यान कार्यक्रमको महत्व तथा यसको प्राविधिक पक्षबारे जानकारी गराउनुभएको थियो । उहाँले सहकारी संस्थाहरूलाई समयानुकूल व्यवस्थापन प्रणाली अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यसैगरी दोस्रो सत्रमा नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत  मनोज तिवारीले सहकारी संस्थाको डिजिटल रूपान्तरण तथा साइबर सुरक्षा सम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँले सूचना प्रविधिको प्रयोगसँगै साइबर जोखिम न्यूनीकरणका उपायबारे सहभागीहरूलाई जानकारी गराउनुभयो ।

कार्यशालाबाट सहकारी क्षेत्रमा देखिएका वित्तीय जोखिम, कानुनी जोखिम, सञ्चालनसम्बन्धी जोखिम तथा बजार जोखिम न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता व्यक्त भएको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१५ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप