बुटबल । नेफ्स्कूनको आयोजनामा जोखिममा आधारित आन्तरिक लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम वैशाख १७ गते सम्पन्न भएको छ । वैशाख १६ र १७ गते सञ्चालन भएको तालिममा सहकारी संस्थाका २८ जनाको सहभागिता रहेको थियो ।
नेफ्स्कूनका वरिष्ठ अधिकृत तथा तालिमका प्रशिक्षक कोमलराज अधिकारीले जोखिम व्यवस्थापनको अवधारणा, जोखिम पहिचान तथा मूल्याङ्कन प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षणका आधारभूत पक्षहरू लगायतका विषयमा स्पष्ट र व्यवस्थित रूपमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल तथा केस स्टडीमार्फत सिकाइलाई अझ प्रभावकारी बनाइएको थियो । तालिम अवधिभर सहभागीहरूले आफ्ना संस्थामा देखिएका जोखिमका उदाहरणहरू प्रस्तुत गर्दै समाधानका उपायहरूबारे अनुभव आदानप्रदान गरेका थिए । यसले सिकाइलाई अझ व्यवहारमुखी र उपयोगी बनाएको थियो ।
कार्यक्रमको समापन सत्रमा प्रशिक्षकले जोखिममा आधारित आन्तरिक लेखा व्यवस्थापनको महत्वमा जोड दिँदै सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । तालिमले संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । तालिम व्यवस्थापन रुपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारी र कार्यालय सहायक प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो ।
११ घण्टा अगाडि
११ घण्टा अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१६ दिन अगाडि
११ घण्टा अगाडि
११ घण्टा अगाडि
४२ दिन अगाडि
३१ दिन अगाडि
३४ दिन अगाडि
६१ दिन अगाडि
५६ दिन अगाडि
४१ दिन अगाडि