जोखिममा आधारित आन्तरिक लेखा व्यवस्थापन तालिम बुटवलमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिममा आधारित आन्तरिक लेखा व्यवस्थापन तालिम बुटवलमा सम्पन्न

बुटबल । नेफ्स्कूनको आयोजनामा जोखिममा आधारित आन्तरिक लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम वैशाख १७ गते सम्पन्न भएको छ ।  वैशाख १६ र १७ गते सञ्चालन भएको तालिममा सहकारी संस्थाका २८ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका वरिष्ठ अधिकृत तथा तालिमका प्रशिक्षक कोमलराज अधिकारीले जोखिम व्यवस्थापनको अवधारणा, जोखिम पहिचान तथा मूल्याङ्कन प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षणका आधारभूत पक्षहरू लगायतका विषयमा स्पष्ट र व्यवस्थित रूपमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल तथा केस स्टडीमार्फत सिकाइलाई अझ प्रभावकारी बनाइएको थियो । तालिम अवधिभर सहभागीहरूले आफ्ना संस्थामा देखिएका जोखिमका उदाहरणहरू प्रस्तुत गर्दै समाधानका उपायहरूबारे अनुभव आदानप्रदान गरेका थिए । यसले सिकाइलाई अझ व्यवहारमुखी र उपयोगी बनाएको थियो । 

कार्यक्रमको समापन सत्रमा प्रशिक्षकले जोखिममा आधारित आन्तरिक लेखा व्यवस्थापनको महत्वमा जोड दिँदै सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । तालिमले संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । तालिम व्यवस्थापन रुपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारी र कार्यालय सहायक प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप