सहकारी संस्थालाई सञ्चालन अनुमतिको म्याद थप, असार मसान्तसम्म आवेदन दिन आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संस्थालाई सञ्चालन अनुमतिको म्याद थप, असार मसान्तसम्म आवेदन दिन आग्रह

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण ले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई सञ्चालन अनुमति प्राप्त गर्न आवेदन दिने म्याद थप गरेको छ ।

प्राधिकरणद्वारा जारी सूचनाअनुसार कुल कारोबारको ५० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने वा २५ करोड रुपैयाँभन्दा बढी वित्तीय कारोबार भएका सहकारी संस्थाले अनिवार्य रूपमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

सूचनामा सञ्चालन अनुमति सम्बन्धी आवेदन प्रक्रिया २०८३ साल जेठ ७ गतेदेखि सुरु भएको र  आवेदन पेश गर्ने अन्तिम मिति २०८३ असार मसान्तसम्म कायम गरिएको जनाएको छ ।

प्राधिकरणले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ तथा प्राधिकरणको निर्णय एवं निर्देशन बमोजिम उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको स्पष्ट पारेको छ । साथै सम्बन्धित सहकारी संस्थाहरूलाई तोकिएको समयभित्र आवश्यक कागजात सहित आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

बचत तथा ऋण सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्य सहित प्राधिकरणले पछिल्लो समय दर्ता, अभिलेखीकरण, अनुगमन तथा नियमनका मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ । सञ्चालन अनुमति प्रक्रियालाई पनि सहकारी क्षेत्रको सुशासन र वित्तीय अनुशासन सुदृढ गर्ने कदमका रूपमा हेरिएको छ ।

थप जानकारीका लागि प्राधिकरणले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ अध्ययन गर्न सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेको छ । 


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३३ दिन अगाडि

पाठकबाट थप