सहकारी संस्थालाई सञ्चालन अनुमतिको म्याद थप, असार मसान्तसम्म आवेदन दिन आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संस्थालाई सञ्चालन अनुमतिको म्याद थप, असार मसान्तसम्म आवेदन दिन आग्रह

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण ले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई सञ्चालन अनुमति प्राप्त गर्न आवेदन दिने म्याद थप गरेको छ ।

प्राधिकरणद्वारा जारी सूचनाअनुसार कुल कारोबारको ५० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने वा २५ करोड रुपैयाँभन्दा बढी वित्तीय कारोबार भएका सहकारी संस्थाले अनिवार्य रूपमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

सूचनामा सञ्चालन अनुमति सम्बन्धी आवेदन प्रक्रिया २०८३ साल जेठ ७ गतेदेखि सुरु भएको र  आवेदन पेश गर्ने अन्तिम मिति २०८३ असार मसान्तसम्म कायम गरिएको जनाएको छ ।

प्राधिकरणले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ तथा प्राधिकरणको निर्णय एवं निर्देशन बमोजिम उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको स्पष्ट पारेको छ । साथै सम्बन्धित सहकारी संस्थाहरूलाई तोकिएको समयभित्र आवश्यक कागजात सहित आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

बचत तथा ऋण सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्य सहित प्राधिकरणले पछिल्लो समय दर्ता, अभिलेखीकरण, अनुगमन तथा नियमनका मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ । सञ्चालन अनुमति प्रक्रियालाई पनि सहकारी क्षेत्रको सुशासन र वित्तीय अनुशासन सुदृढ गर्ने कदमका रूपमा हेरिएको छ ।

थप जानकारीका लागि प्राधिकरणले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ अध्ययन गर्न सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेको छ । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप