मकवानपुरमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय मकवानपुरको आयोजनामा हेटौंडामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला जेठ २६ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनका सञ्चालक तथा सदस्य सेवा कार्यालय मकवानपुरका संयोजक गोपाल प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यशाला उद्घाटन गर्दै उहाँले सहकारी संस्थाहरूमा रहेका विभिन्न प्रकारका जोखिमहरूको पहिचान तथा व्यवस्थापनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले पछिल्लो समय लागू भएका कानुनी व्यवस्थाहरूको पूर्ण पालना गर्न सहकारी संस्थाहरूलाई आग्रह गर्दै परिवर्तित कानुनी वातावरणले केही असहजता सिर्जना गरे पनि त्यसको कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

बजारमा ऋण तिर्नु पर्दैन भन्ने गलत सन्देश फैलाउने समूहहरू सक्रिय रहेकाले त्यसबाट सहकारी क्षेत्र प्रभावित भइरहेको भन्दै सदस्यहरूलाई वास्तविक अवस्थाबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सहकारी संस्थाहरूमा गैर–बैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै उहाँले यसको व्यवस्थापनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेफ्स्कूनले चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत मकवानपुरका सहकारी संस्थाहरूलाई लक्षित गरी उक्त कार्यशाला आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका ३५ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा कर्मचारी गरी ७६ जनाको सहभागिता रहेको थियो नेफ्स्कून सञ्चालक उपसमिति सदस्य राजु गौतम, राजेन्द्र पौडेलको समेत उपस्थिति रहेको थियो ।

संघले विगतमा सञ्चालन गरेका एक्सेस, प्रोवेसन तथा कर्वस कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइलाई आधार बनाई जोखिम व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा संस्थागत सुदृढीकरणका लागि थप परिमार्जनसहित स्क्यान कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ । सदस्य संस्थाहरूको नियमित निरीक्षण तथा अनुगमन मार्फत जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन र आवश्यक ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ ।

कार्यशालामा सहकारी संस्थाहरूको कार्यसम्पादनलाई व्यवस्थित, पारदर्शी तथा कानुनी मापदण्डअनुकूल बनाउन केन्द्रित अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागीहरूलाई जापानी व्यवस्थापन पद्धति ‘५एस’, सम्पत्ति शुद्धीकरणसम्बन्धी परिवर्तित कानुनी व्यवस्था, स्तरीय सञ्चालन कार्यविधि तथा संस्थागत सुशासनका विषयमा नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले प्रशिक्षण गर्नुभएको थियो ।

त्यसैगरी, संस्थाहरूको मासिक प्रतिवेदनको एकीकृत प्रस्तुतीकरण, भाखा नाघेको ऋण व्यवस्थापन, असुली रणनीति तथा असुली योजना निर्माणका विषयमा समेत छलफल तथा प्रशिक्षण दिइएको थियो ।

कार्यशालामा सहभागीहरूले प्रस्तुत विषयवस्तुहरू सहकारी संस्थाको दिगो विकास, विस्तार र सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए । सञ्चालन नेफ्स्कून मकवानपुर  सदस्य सेवा कार्यालयका इन्चार्ज ज्योति महतले गर्नुभएको थियो भने व्यवस्थापन सुरेन्द्र श्रेष्ठ र अमन विडारीले गर्नुभएको थियो ।
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप