नाकूफोक स्थापनाको ६० औं वर्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नाकूफोक स्थापनाको ६० औं वर्ष

विभिन्न मुलकका वित्तीय सहकारीहरुका छाता संगठनमध्ये दक्षिण कोरियाको “नेशनल क्रेडिट युनियन फेडरेशन अफ साउथ कोरिया–नाकूफोक” को नाम अग्रणी केन्द्रीय संघको रुपमा गनिन्छ । विश्वका अन्य मुलुकहरुको तुलनामा दक्षिण कोरिया आर्थिक वृद्धि र सफलताको नयाँ उचाईमा पुगेको छ । बहुप्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरु सामसुङ, एलजी, ह्युन्डाई–किया जस्तालाई कोरियाली आर्थिक प्रगतिको इन्जिन भनिएपनि त्यो सफलताको श्रेयको आशिंक भागेदार नाकूफोक पनि हो भन्ने कुरा बिर्सन हुँदैन । 

नाकूफोकको स्थापना त्यो समयमा भयो जतिबेला कोरियामा न्यून आय भएकाहरुको बैकिङ पहुँच अत्यन्त न्यून थियो । नेपालमा जस्तै यस्ता समूहहरु ४० प्रतिशतसम्मको चर्को व्याजमा साहुकारीहरुसँग ऋण काढ्न बाध्य थिए । यस्तो विषम परिस्थितबाट गरिबहरुलाई बचाउने काममा लागिन् अमेरिकी क्रिश्चियन धार्मिक महिला (नन्) सिस्टर म्यारी ग्याब्र्रिएला मुल्हेरिन । उनले १९६० को मे १ मा अन्य २७ जनासँग मिलेर बुसानमा (कोरियन भाषामा उच्चारण पुसान हुन्छ) स्थापना गरेको “होली फ्यामिली क्रेडिट युनियन” सँगै नाकूफोकको विजारोपण भएको इतिहास छ । देशकै पहिलो वित्तीय सहकारीको रुपमा स्थापित उक्त संस्था यो वर्ष आफ्नो स्थापनाको ६० औं वर्षगाँठ मनाइरहेको छ । त्यसैले म्यारीलाई कोरियाली सहकारीकी माता भनिन्छ । स्थापना गर्दा उनीहरुसँग जम्मा ३० डलर थियो । १९८८ मा आइपुग्दा सदस्य संख्या १३ लाख पुगेको थियो ।

सन् १९६० को जुन महिनामा फादर देइक चाङले सियोलस्थित क्याथोलिक क्रिश्चियनहरुलाई समावेश गरी “क्याथोलिक सेन्ट्रल क्रेडिट युनियन” स्थापना गरेका थिए भने सन् १९६४ को अप्रिलमा ६३ वटा क्रेडिट युनियनहरु मिलेर “कोरिया क्रेडिट युनियन लीग” स्थापना भएको थियो । यसको स्थापनामा पनि मेरीको भूमिका रहेको थियो जहाँ उनले पहिलो निर्देशक भएर १ वर्ष काम समेत गरिन । उनी यी दुवै संस्थाहरु स्व सहायता, सहयोग र स्वतन्त्रताको सिद्धान्तमा स्थापित भएका थिए जुन आज पनि दक्षिण कोरियाली सहकारी स्थापनाका जग हुन । छोटो समयमै कोरियाली सहकारी अभियानको लोकप्रियताका कारण फादर चाङले एक बहृत र सबैलाई समेट्ने निकायको आवश्कता महसूस गरी “कोरिया क्रेडिट युनियन लीग” स्थापना गरेका हुन ।

सन् १९९६ को मे महिनामा कुल सम्पत्ति १४ खर्ब ९३ अर्ब नेपाली रुपैयाँ रहेको नाकूफोकको कुलसम्पत्ति २०१२ मै करिब ५० खर्बको हाराहारीमा पुगेको थियो । १९७२ अगस्टमा बचत तथा ऋण सहकारी ऐन पारित भएसँगै उक्त ऐनलाई टेकेर सन् १९७३ मार्च महिनामा “कोरिया क्रेडिट युनियन लीग” नाकूफोकमा परिणत भएको थियो । सन् १९९७ डिसेम्बरमा कोरियाली वित्तीय सहकारीको संरचनातग सुधार गर्दै दुई तहमा छोट्याइयो– क्रेडिट युनियन र नाकूफोक । त्यसअघि सन् १९७४ मा नाकूफोक जर्मनीको बोनस्थित अन्तर्राष्ट्रिय राईफाईसन संघ (इन्टरनेशनल राईफाईसन युनियन–आईआरयू) को पनि सदस्य बन्यो । यहाँ स्मरणीय कुरा के छ भने, एशिया प्रशान्त क्षेत्रका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ–अकूको जन्म पनि ९ एशियाली राष्ट्रहरु मिलेर दक्षिण कोरियामै भएको थियो । 

नाकूफोकले सबै सदस्य क्रेडिय युनियनहरुसँग अन लाईन मार्फत जोडिने एकीकृत प्रणालीको सुरुवात अक्टोबर २००० देखि गर्यो । त्यसको १ वर्षपछि सेप्टेम्बर २००१ देखि नाकूफोक कोरियाको वित्तीय दूरसञ्चार तथा क्लियरिङ संस्थासँग आबद्ध भयो । सन् २००१ को नोभेम्बरमा नाकूफोक र कोरियाको औद्योगिक बैंकसँगको सहकार्यमा विभिन्न प्रकारका सुविधाका क्रेडिट कार्ड सुविधाहरुको थालनी भयो भने सन् २००२ को सेप्टेम्बरबाट नाकूफोकले अनलाईन बीमा सेवा सञ्चालन ग¥यो । त्यसको १ वर्षपछि नाकूफोकले ह्युन्डाई टेलि बैकिङ सेवा पनि सन् २००३ को जनवरीबाट सुरु गर्यो ।

नाकूफोकका अध्यक्ष किम युन सिक आईआरयूको सञ्चालक सदस्य समेत रहेका छन् । उनका अनुसार वित्तीय प्रवर्धन भन्दा पनि नाकूफोकका कार्यहरु सदस्यहरुबाट निर्देशित हुन्छन् । संघले वित्तीय लाभ भन्दा पनि पारस्परिक, सम्मान र सामाजिक सहकार्यका लागि जोड दिदैं जहाँ पैसा कमाई हुन्छ, त्यो कमाईले समुदायलाई पनि लाभ पुग्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ । त्यसका लागि  सहकारीहरुले मुनाफाको एक तिहाई रकम लाभांश वितरणभन्दा सामाजिक कल्याण तथा क्षेत्रीय सामुदायिक आयोजनाहरुमा खर्च गरेको दक्षिण कोरियाली उदाहरण रहेको छ । सामाजिक कल्याण तथा क्षेत्रिय सामुदायिक विकास आयोजना अन्तर्गत नाकूफोकले किसानहरुको बजारहरु, सपिङ मल जस्ता अवधारणा मार्फत सदस्यको व्यवसाय तथा क्षेत्रीय अर्थतन्त्रमा निरन्तर सहयोग पु¥याउँदै आएको छ भने कला संस्कृति, वातावरण संरक्षण, शिक्षा, छात्रवृत्ति लगायतका कार्यक्रमहरुसँग पनि पनि जोडिएको छ । निम्न आए भएका परिवारका लागि निःशुल्क भोजन, बालवालिका र ज्येष्ठ नागरिकहरुका लागि डे केयर जस्ता काममा सहभागी नाकूफोकले परम्परागत कागज हान्जी संरक्षणका लागि युवा बेरोजगारहरु परिचालन गरेको छ । कोभिड–१९ को महामारीका समयमा कोरियाली सहकारीहरु मास्कदेखि निशुल्क भोजन लगायत स्थानीय समुदायमा प्रभाव पार्ने कार्यमा जुटेको समाचारहरु समेत प्रकाशन र प्रसारण भएका थिए ।

स्थापनाकालदेखि नै तालिम र शिक्षालाई जोड दिएको नाकूफोकको सन् १९८१ को जुलाईमा सदस्य संस्थाहरु र जर्मनीको मिसेरियो फाउन्डेशनको अनुदान सहयोगमा डेइजोन महानगरपालिका सहरमा तालिम केन्द्र स्थापना पश्चात भने तालिम र शिक्षाका कार्यक्रमहरुले पखेटा फिजाउने काम गरे । आज सदस्य र कर्मचारी लक्षित विविधि प्रकृतिका तालिम कार्यक्रम सञ्चालन गरेको नाकूफोक तालिम केन्द्र सहकारीको मानव पूँजी स्रोतको रुपमा विकसित भएको छ । 

सन् १९८८ को डिसेम्बरमा पुनः नाकूफोकको संरचना केही वर्ष पहिला जस्तै २ तहबाट ३ तहमा परिवर्तन भयो । जसअनुरुप क्रेडिट युनियन, प्रान्तिय लीग र नाकूफोक छन् । सन् १९९२ को अक्टोबरमा नाकूफोक विश्वका सहकारीहरुको शिर्ष निकाय राष्ट्रिय सहकारी महासंघको सदस्य बनेको थियो । एउटा अचम्मलाग्दो कुरा भने नाकूफोकको आधिकारिक वेबसाइट भने अद्यावधिक छैन । त्यसमा सबै सन् २०१२ सम्मका तथ्याङ्क र गतिविधिहरुमात्र समावेश पाइन्छ । अरु जे भएपनि एउटा केन्द्रीय संघको लागि ६० औं वर्ष प्रवेश ठूलो सफलता हो । 
एक प्रचलित कोरियन भनाई छ “एउटा रुखलाई अन्य अग्ला रुखहरुले हानी गर्दछ तर एक व्यक्तिलाई महान व्यक्तित्वहरुबाट लाभ पुग्दछ” भने झैं सिस्टर म्यारीको परिकल्पना र नेतृत्वले कोरियाली वित्तीय सहकारीको क्षेत्रमा मात्र होइन नेपालमा पनि धेरै नवीन सोच सहितका सहकारी नेताहरुको जन्म गराएको छ । तीनै मध्येका केही अग्रणीहरुको परिकल्पना स्वरुप जन्मिएको करिब आधा उमेर कान्छो नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले नाकूफोकसँगको लामो र प्रगाढ सम्बन्धको फाइदा उठाउँदै आफ्नो यात्रालाई अझ उचाइसम्म पुर्याउनुपर्ने खाँचो छ । 

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप