रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

काठमाडौं, २ भदौं । विश्व महिला नेतृत्व सञ्जाल (जीडब्लूएलएन) तथा एशियाली ऋण महासंघ अकूको संयुक्त आयोजनामा ‘रणनीतिक नेतृत्व’ विषयक भर्चुअल सत्र आयोजना हुने भएको छ । कोभिड महामारीसँगै बद्लिदो विश्व परिवेशमा बचत तथा ऋण सहकारी नेतृत्वलाई अघि बढ्न आवश्यक कौशल विकासमा सहयोग मिल्ने उक्त भर्चुअल भेट यही अगस्ट २६ अर्थात् भदौ १० गते बुधवार आयोजना हुन लागको हो । महिला नेतृत्व सञ्जाल भएता पनि उक्त सत्रमा पुरुष तथा अन्य सबैले सहभागिता जनाउन सक्ने बताइएको छ । 

उक्त कार्यक्रमकी प्रमुख वक्ता विश्व ऋण परिषद् अन्तर्गतको वल्र्डवाइड फाउन्डेशन फर क्रेडिट युनियन्स् तथा विश्व महिला नेतृत्व सञ्जालकी संस्थापक अध्यक्ष सुसान मिचेलले १ घन्टाका लागि निर्धारित कार्यक्रममा कोभिड महामारी असर न्यूनीकरण गर्दै अबको नयाँ नर्मलको अवस्थामा व्यक्तित्व विकास एवम् सीस्टर सोसाइटीको सञ्जाल वृद्धिका लागि नेतृत्वलाई आवश्यक भर्चुअल उत्प्रेरणा सीप विकास, उत्पादनशीलता, सञ्चार कौशलका साथै सञ्चालक समिति एवम् व्यवस्थापन समूहलाई प्रभावकारी सदस्य सेवाका रणनीतिक प्रभावका बारेमा विचार राख्ने छिन् ।

मिचेल, स्ट्यान्कोभिक एन्ड असोसिएटकी प्रमुख कार्यकारी अधिकृत मिचेलको कम्पनीले ५ हजार बढी बचत तथा ऋण सहकारीहरुलाई नवीनम् परामर्श सेवा प्रदान गर्दै आएको छ । उनको संस्थाले रणनीतिक योजना, सञ्चालक समितिको सुशासन तथा अनलाइन शिक्षा आदिका विषयमा सहजिकरण र सेवा प्रदान गर्दै आएको छ । एक सफल उद्यमी मिचेलले आफुले स्थापना गरेका दुई कम्पनीलाई पछि फर्चुन ५०० कम्पनीसँग रणनीतिक साझेदारीमा जोड्न सफल भइन् ।
विश्व महिला नेतृत्व सञ्जालसँग हाल ८३ देशका ३ हजार बढी सदस्य छन् भने १ सय २० सिस्टर सोसाइटीहरु छन् । उक्त सञ्जालले महिलाहरु लक्षित ६४ वटा छात्रवृत्तिका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

जुम एप्लिेकशमार्फत गरिने उक्त भर्चुअल कार्यक्रममा सबैको सहभागिताको लागि आग्रह समेत गरिएको छ । अन्तरक्रियात्मक रुपमा सञ्चालन गरिने उक्त सत्रमा प्रश्नोत्तरका लागि पनि समय उपलब्ध गराइने छ । उक्त सत्र उत्प्रेरणात्मक र ज्ञानवर्धक दुबै हुने अकूले दाबी गरेको छ । इच्छुक सहभागीहरुले निर्धारित कार्यक्रम अगाडि नै नाम दर्ता गर्नुपर्ने छ ।

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो । २०२० अगष्ट १४ मा एशिसा प्रशान्त क्षेत्रका विभिन्न देशका सिस्टर सोसाईटीहरु मिली संयुक्त रुपमा एशियन सिस्टर सोसाईटी गठन गरिएको थियो । क्षेत्रीय संगठनको रुपमा विकेन्द्रित गरिने एशियन सिस्टर सोसाईटी अन्तर्गत नेपालमा अगस्ट १४ सम्मको तथ्याङ्क हेर्दा १३ सिस्टर सोसाईटी च्याप्टर अन्तर्गत कूल ४ सय २८ सदस्य, भारतमा ५ सिस्टर सोसाईटी च्याप्टरमा ३ सय ९५, थाइल्याण्डम ५ सिस्टर सोसाईटी च्याप्टर अन्तर्गत २ सय, फिलिपिन्समा १३ सिस्टर सोसाईटी च्याप्टर अन्तर्गत ९ सय २९, कम्बोडियामा १ सिस्टर सोसाईटी च्याप्टरमा २७ र इन्डोनेसियामा ३ सिस्टर सोसाईटी च्याप्टरमा २ सय ३० गरी कूल ४० च्याप्टरमा २२ सय ९ जना सदस्य छन् । 

सिस्टर सोसाईटीमार्फत महिला उद्यमशिलता, स्वरोजगार, वित्तीय साक्षरता तथा व्यवसाय विकास सेवाका कार्यक्रमहरु सञ्चालन गरिदैं आएका छन् ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप