सहकारीको ऋण असुलीमा छिट्टै कानूनी सहजीकरण गर्ने सरकारको तयारी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको ऋण असुलीमा छिट्टै कानूनी सहजीकरण गर्ने सरकारको तयारी 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघ संस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेका बताउनुभएको छ ।

उहाँले सहकारी संघ संस्थाको कर्जा असुलीलाई सहजीकरण गर्नका लागि  सहकारी ऐनमा व्यवस्था भए अनुसार छिट्टै कर्जा असुली न्यायाधिकरण गठन र कर्जा सूचना केन्द्रमा आवद्ध गराउन तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत सहभागी सहकारीकर्मीसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । 

राष्ट्रिय सहकारी महासंघले सहकारीको ऋण असुलीमा सहजीकरण गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालगायत भुमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृतहरुसँगको छलफलका क्रममा सो जानकारी गराउनुभएको हो ।

महासंघकीअध्यक्ष ओमदेवी मल्लले सहकारी ऐनमा सहकारी संस्थाले अचल सम्पत्ति खरीद गर्दा आय टिकट दस्तुर वा रजिष्ट्रेशन दस्तुर नलाग्ने उल्लेख गरेको भए पछि सबै प्रदेशमा लागु नभएको, धितो लिलाम विक्री गर्दा कसैले सकार नगरेपछि संथाले सकार गर्न सक्ने व्यवस्था भएपनि त्यसका लागि झन्झट भएकाले सहजीकरण गर्नुपर्ने, कार्यक्षेत्रभित्रको सदस्यको कार्यक्षेत्रबाहिरको धितो राख्न सहजीकरण गरी सम्पूर्ण मालपोल कार्यालयलाई परिपत्र गरिदिनुपर्ने, ऋण असुल गर्नका लागि संस्थाले कुनै सदस्यको खाता, जायजेथा स्वामित्व हस्तानतरण नामसारी वा विक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाएमा रोक्का राखि दिनुपर्नेलगायतका विषय प्रस्तुत गर्नुभएको थियो । 

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक सापकोटाले ऐन नियम अनुसार सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशका कार्यक्षेत्रभित्रका विषयमा प्रदेशसँग नै बहस पैरवी गर्नुपर्ने समेत बताउनुभएको थियो । 

सो छलफलमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डिबी बस्नेत, संचालक काशीराज बराल, सुमन नेपाल, महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई, भुमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंका प्रमुख मालपोत अधिकृत जीवन सेढाई, छविलाल नेपाली, भुमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका प्रमुख मालपोत अधिकृत जीवन सेढाईलगायतको उपस्थिति थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप