‘प्रतिस्थापन विधेयकमार्फत सहकारी अध्यादेशलाई समसामयिक बनाउँछौं’ : सचिव पोखरेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘प्रतिस्थापन विधेयकमार्फत सहकारी अध्यादेशलाई समसामयिक बनाउँछौं’ : सचिव पोखरेल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब अर्जुनप्रसाद  पोखरेलले सहकारीको विकल्प नभएको बताउनुभएको छ । नेफ्स्कूनद्वारा पुस १९ गते आयोजित बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको तेस्रो बार्षिक परामर्श बैठकको प्रमुख अथितिको रुपमा बोल्दै उहाँले सहकारीको विकल्प नभए पनि केही सहकारी संस्थामा आएको समस्या समाधान गरेर सदस्यहरुको विश्वास जित्न आवश्यक रहेको बताउनुभयो ।

सहकारी अध्यादेश अर्जेन्सी र प्राथमिकतामा आउने भन्दै उहाँले यसमा स्टेक होल्डरसँग  लामो समय छलफल गर्न नपाइने  बताउनुभयो । अध्यादेशमा आएका केही व्यवस्थाले सहकारी क्षेत्रलाई समस्या बनाए  प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्ने उहाँको भनाई थियो । सरकारले सहकारी ऐन २०७४ मा भएका व्यवस्थाहरु कार्यान्वयन गर्न लागि परेको भन्दै सचिव पोखरेलले संस्थागत प्रवद्र्धनको सुरुवात गरेको जानकारी दिनुभयो । सहकारी अभियानको सुधारका लागि राज्य र अभियानसँगै हुन आवश्यक रहेको उनले जनाउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले गरेका प्रवन्धहरु पूर्ण नहोलान्, धेरै कमिकमजोरी होला, सुधार गर्नुपर्ने धेरै कुरा होलान् । अभियान र राज्यसँगै बसेर समस्याको समाधान गरी सहकारी क्षेत्रलाई अर्थतन्त्रको एउटा सबल क्षेत्रको रुपमा विकास गरौँ र आम जनताको विश्वास जितौँ ।’

सदस्यहरुले सहकारीमा जम्मा गरेको बचतको सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको उहाँको भनाई थियो । ‘बचत गर्ने र ऋण लिने दुबै सुरक्षित हुनपर्छ ’ उहाँले भन्नुभयो,‘ कहिले काँही हामी बचतकर्ताको मात्रै कुरा गर्छौ, ऋण लिनेले पनि आवश्यकताले लिने हो र उसले पनि अर्थतन्त्रलाई टेवा पुर्याएको हुन्छ । एउटा व्यक्तिले ऋण लिएर सयौँलाई रोजगार दिएको हुन्छ । उत्पादित वस्तु बजार गएपछि उपभोक्ताले उपभोग गर्न पाउँछन् । राज्यले कर पाउँछ । सबै कुरालाई सन्तुलित रुपमा हेर्नुपर्छ ।  नकरात्मक रुपमा सबै कुरालाई हेर्नु हुँदैन । ’ जनताको विश्वास जितेर अर्थतन्त्रको एउटा सबल खम्बाको रुपमा सहकारीलाई स्थापित गर्न सबै पक्ष लाग्नुपर्नेमा उहाँको जोड थियो । अभियानको साथ विना सरकारले केही गर्न नसेक्ने भन्दै उहाँले कहिले काँही हेराईको दृष्टिकोणलाई फरक कोणबाट  हेर्न सके मात्र समस्याको नजिक पुग्ने उल्लेख गर्नुभयो ।

सहकारी अभियानका कुरा सुन्न सरकार तयार छ, उहाँले भन्नुभयो ।  अभियानको आवाज भनेको जनताको आवाज भएको र कसरी यो क्षेत्रलाई विश्वासयोग्य बनाउने भन्नेमा सबै पक्ष लाग्नु पर्नेमा उहाँको जोड थियो । स्थिरीकरण कोष मार्फत बचत ऋण सहकारी संस्थाको व्यवसायिक जोखिमलाई न्युनिकरण गर्न कोषको धेरै पक्षमा सुधार गरेको समेत उहाँले जानकारी दिनुभयो । 

कोषका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेश पोखरेल, संचालक डिबी बस्नेत,नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी , नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, परितोष पौड्याल, सहकारी विभागका उप रजिष्ट्रार शशीकुमार लम्साल तथा, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका  प्रतिनिधिले  कोषको  आवश्यकतता र सञ्चालन पद्धतिका  विषयमा आआफ्नो धारणा राख्नुभएको थियो । कोषको विषय नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत अर्थात कोषका सदस्य सचिव डा. शिवजी सापकोटाले प्रस्तुतीकरण गर्नुभएको थियो । कोषमा ३१६ वटा बचत तथा ऋण सहकारी संस्थाको योगदान रहेको छ ।  

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप