क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन  

काठमाडौं । क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपाल (CUDFUN)  को ७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को सभाहलमा आयोजित ७औं वार्षिक सभाले सात सदस्यीय सञ्चालक समिति समेत निर्वाचित गरेको छ ।

फाउण्डेशनको नवनिर्वाचित सञ्चालक समितिको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. बस्नेत, उपाध्यक्षमा संघका पूर्व सञ्चालक श्याम बहादुर श्रेष्ठ, सचिवमा पूर्व कोषाध्यक्ष दीपक पनेरु, कोषाध्यक्षमा पूर्व का.मु. प्रमुख कार्यकारी अधिकृत शिव अधिकारी र सञ्चालक सदस्यहरुमा पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक अर्जुन पुडासैनी, पूर्व सञ्चालक न्हुच्छे नारायण श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रादेवी  महतो रहनुभएको छ । 

यसअघि फाउण्डेशनको अध्यक्ष नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे हुनुहुन्थ्यो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल,  पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्व अध्यक्ष ऋषिराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा लगायत उच्च व्यवस्थापनका कर्मचारीहरु सहित पूर्व सञ्चालकहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०।८१ सम्मको वित्तीय तथा प्रगति समीक्षाको प्रस्तुति गरिएको थियो। नयाँ आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सदस्य विस्तार तथा नवीकरणका सम्बन्धमा आवश्यक निर्णयहरु गरियो । साथै, संस्थाका भावी नीतिहरू तर्जुमा गर्न जिम्मेवारी तोक्ने काम सम्पन्न गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष डी.बी. बस्नेतले आफ्नो कार्यकालमा संस्थाको विकास र सदस्यहरूको हितमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको प्रगति यात्रा सफल बनाउन सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।  उहाँले सबै पदाधिकारी, व्यवस्थापन टिम र उपस्थित सदस्यहरूलाई धन्यवाद दिँदै आगामी योजनाबारे जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले संस्थाको प्रगति र विकासमा नयाँ कार्यसमितिले उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गर्नु भएको छ ।

नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सञ्चालकहरुको क्रियाशिलतामा २०६८ सालमा स्थापित यस फाउण्डेशन क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको बिधान, २०६८ बमोजिम जिल्ला प्रसाशन कार्यालय, काठमाडौँमा दर्ता भएको हो । क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपाल, बचत तथा ऋण सहकारी संस्था तथा अभियानलाई सवल तथा सुदृढ वनाई दीगो विकासका टेवा पुर्याउने उद्देश्यले गठित राष्ट्रिय स्तरको एक मात्र गैर नाफामूलक संस्था हो । 

संस्थाको विधान बमोजिम आगामी २ बर्षको कार्यकालका लागि निवनिर्वाचित संचालक समितिलाई नेफ्स्कून परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप