क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन  

काठमाडौं । क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपाल (CUDFUN)  को ७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को सभाहलमा आयोजित ७औं वार्षिक सभाले सात सदस्यीय सञ्चालक समिति समेत निर्वाचित गरेको छ ।

फाउण्डेशनको नवनिर्वाचित सञ्चालक समितिको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. बस्नेत, उपाध्यक्षमा संघका पूर्व सञ्चालक श्याम बहादुर श्रेष्ठ, सचिवमा पूर्व कोषाध्यक्ष दीपक पनेरु, कोषाध्यक्षमा पूर्व का.मु. प्रमुख कार्यकारी अधिकृत शिव अधिकारी र सञ्चालक सदस्यहरुमा पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक अर्जुन पुडासैनी, पूर्व सञ्चालक न्हुच्छे नारायण श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रादेवी  महतो रहनुभएको छ । 

यसअघि फाउण्डेशनको अध्यक्ष नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे हुनुहुन्थ्यो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल,  पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्व अध्यक्ष ऋषिराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा लगायत उच्च व्यवस्थापनका कर्मचारीहरु सहित पूर्व सञ्चालकहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०।८१ सम्मको वित्तीय तथा प्रगति समीक्षाको प्रस्तुति गरिएको थियो। नयाँ आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सदस्य विस्तार तथा नवीकरणका सम्बन्धमा आवश्यक निर्णयहरु गरियो । साथै, संस्थाका भावी नीतिहरू तर्जुमा गर्न जिम्मेवारी तोक्ने काम सम्पन्न गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष डी.बी. बस्नेतले आफ्नो कार्यकालमा संस्थाको विकास र सदस्यहरूको हितमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको प्रगति यात्रा सफल बनाउन सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।  उहाँले सबै पदाधिकारी, व्यवस्थापन टिम र उपस्थित सदस्यहरूलाई धन्यवाद दिँदै आगामी योजनाबारे जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले संस्थाको प्रगति र विकासमा नयाँ कार्यसमितिले उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गर्नु भएको छ ।

नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सञ्चालकहरुको क्रियाशिलतामा २०६८ सालमा स्थापित यस फाउण्डेशन क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको बिधान, २०६८ बमोजिम जिल्ला प्रसाशन कार्यालय, काठमाडौँमा दर्ता भएको हो । क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपाल, बचत तथा ऋण सहकारी संस्था तथा अभियानलाई सवल तथा सुदृढ वनाई दीगो विकासका टेवा पुर्याउने उद्देश्यले गठित राष्ट्रिय स्तरको एक मात्र गैर नाफामूलक संस्था हो । 

संस्थाको विधान बमोजिम आगामी २ बर्षको कार्यकालका लागि निवनिर्वाचित संचालक समितिलाई नेफ्स्कून परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप