आरक्षणलाई सशक्तिकरणमा बदल्नुपर्छ :अध्यक्ष मल्ल
साकोस आवाज
- साकोस आवाज
आरक्षणलाई सशक्तिकरणमा बदल्नुपर्छ :अध्यक्ष मल्ल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राष्ट्रिय सहकारी बैंकले भर्चूअल रुपमा आयोजना गरेको महिला उद्यमशीलता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले आरक्षणलाई सशक्तिकरणमा बदल्नुपर्नेमा जोड दिनुभयो । सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण भन्ने नाराका लागि अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरि नै ८ मार्चमा मनाइदैछ ।

प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन गर्दै उहाँले महिलाहरूलाई सधैं आरक्षणमा निर्भर हुनुको साटो आफैंलाई सक्षम बनाउँदै प्रतिस्पर्धी बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सधैं आरक्षणमा भर पर्ने भन्दा पनि महिलाले आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्छ ।’

महिला सशक्तीकरण र सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभयको मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ । साथै, संविधानसभा सदस्य समेत रहनु भएको मल्लले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूको वित्तीय पहुँच वृद्धि गर्न सहकारी तथा बैंकहरूले सहुलियतपूर्ण ऋण प्रणालीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उहाँले राष्ट्रिय सहकारी बैंकलाई महिलाका लागि विशेष ऋण कोषको व्यवस्था गर्न आग्रह गर्नुभयो । साथै, व्यवसाय गर्न चाहने महिलाहरूलाई धितोविना ऋण प्रवाहको नीति निर्माण गर्न आवश्यक रहेको बताउँदै सहकारीमा महिला नेतृत्व वृद्धिका लागि आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

महासंघले प्रदेश तथा राष्ट्रिय स्तरमा ’कोसेली घर’ प्रवर्द्धन गरी महिला उद्यमशीलता विकासलाई गति दिने योजना अघि बढाएको जानकारी दिँदै, महिलालाई व्यवसाय केन्द्रित तालिम प्रदान गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

नेपालमा महिला सहभागिता वृद्धि भएको उल्लेख गर्दै उहाँले संसदमा ३३.१ प्रतिशत महिला प्रतिनिधित्व रहेको र निजामती सेवामा २८.७ प्रतिशत महिला कार्यरत रहेको तथ्य प्रस्तुत गर्नुभयो । यस्तै, सामुदायिक विद्यालयमा ३७.९७ प्रतिशत महिला शिक्षक रहेको र सुरक्षा निकायमा २१ हजारभन्दा बढी महिलाहरू कार्यरत रहेको जानकारी दिनुभयो । नेपालको राज्यसत्ताको तीन शीर्ष पदमा महिला पुगिसकेकोमा उहाँले गर्व व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले उद्देश्यमाथि प्रकाश पार्दै महिला सशक्तीकरणमा बैंकको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले समानताको शुरुवात घरबाटै गर्नुपर्ने उल्लेख गर्दै, बैंकले महिला उद्यमशीलताका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिसकेको र आगामी दिनमा थप कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप