आरक्षणलाई सशक्तिकरणमा बदल्नुपर्छ :अध्यक्ष मल्ल
राधा पौडेल
- राधा पौडेल
आरक्षणलाई सशक्तिकरणमा बदल्नुपर्छ :अध्यक्ष मल्ल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राष्ट्रिय सहकारी बैंकले भर्चूअल रुपमा आयोजना गरेको महिला उद्यमशीलता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले आरक्षणलाई सशक्तिकरणमा बदल्नुपर्नेमा जोड दिनुभयो । सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण भन्ने नाराका लागि अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरि नै ८ मार्चमा मनाइदैछ ।

प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन गर्दै उहाँले महिलाहरूलाई सधैं आरक्षणमा निर्भर हुनुको साटो आफैंलाई सक्षम बनाउँदै प्रतिस्पर्धी बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सधैं आरक्षणमा भर पर्ने भन्दा पनि महिलाले आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्छ ।’

महिला सशक्तीकरण र सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभयको मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ । साथै, संविधानसभा सदस्य समेत रहनु भएको मल्लले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूको वित्तीय पहुँच वृद्धि गर्न सहकारी तथा बैंकहरूले सहुलियतपूर्ण ऋण प्रणालीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उहाँले राष्ट्रिय सहकारी बैंकलाई महिलाका लागि विशेष ऋण कोषको व्यवस्था गर्न आग्रह गर्नुभयो । साथै, व्यवसाय गर्न चाहने महिलाहरूलाई धितोविना ऋण प्रवाहको नीति निर्माण गर्न आवश्यक रहेको बताउँदै सहकारीमा महिला नेतृत्व वृद्धिका लागि आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

महासंघले प्रदेश तथा राष्ट्रिय स्तरमा ’कोसेली घर’ प्रवर्द्धन गरी महिला उद्यमशीलता विकासलाई गति दिने योजना अघि बढाएको जानकारी दिँदै, महिलालाई व्यवसाय केन्द्रित तालिम प्रदान गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

नेपालमा महिला सहभागिता वृद्धि भएको उल्लेख गर्दै उहाँले संसदमा ३३.१ प्रतिशत महिला प्रतिनिधित्व रहेको र निजामती सेवामा २८.७ प्रतिशत महिला कार्यरत रहेको तथ्य प्रस्तुत गर्नुभयो । यस्तै, सामुदायिक विद्यालयमा ३७.९७ प्रतिशत महिला शिक्षक रहेको र सुरक्षा निकायमा २१ हजारभन्दा बढी महिलाहरू कार्यरत रहेको जानकारी दिनुभयो । नेपालको राज्यसत्ताको तीन शीर्ष पदमा महिला पुगिसकेकोमा उहाँले गर्व व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले उद्देश्यमाथि प्रकाश पार्दै महिला सशक्तीकरणमा बैंकको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले समानताको शुरुवात घरबाटै गर्नुपर्ने उल्लेख गर्दै, बैंकले महिला उद्यमशीलताका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिसकेको र आगामी दिनमा थप कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप