प्रगति साकोसले गर्यो विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रगति साकोसले गर्यो विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सुनसरी । बर्जु गाउँपालिका –५, सुनसरीस्थित प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तीय शिक्षा प्रदान गरेको छ । श्री नेपाल राष्ट्रिय माध्यामिक विद्याालय आमाही वेलहामा मा अध्ययनरत ६० जना विद्यार्थीहरुका लागि साकोसले फागुन २१ गते बुधबार वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । 

प्रगति साकोसका प्रमुख कार्यकारी अधिकृत उमेश चौधरी र व्यवस्थापक श्रवण चौधरीले विद्यार्थीहरुका लागि वित्तीय शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रममा प्रशिक्षण गर्नुभएको थियो । साकोसले यसअघि फागुन १० गते बर्जु गाउँपालिका–२ मा अवस्थित रामसिता माध्यामिक विद्यालयका ८१ जना छात्र छात्राहरुलाई पनि वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो । वित्तीय साक्षरता कक्षाले भविष्यको योजना बनाउने उमेरका विद्यार्थीहरुमा जीवनमा वित्तीय शिक्षाको आवश्यकता, बचतको महत्व, सहकारी शिक्षा, वित्तीय कर्जा सम्बन्धी विषयहरुमा महत्वपूर्ण ज्ञान दिने उद्देश्य रहेको साकोसका प्रमुख कार्यकारी अधिकृत उमेश चौधरीले जानकारी गराउनुभयो । 
 
प्रगति साकोस नेफ्स्कूनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आवद्ध सदस्य संस्था हो । समुदायस्तरमा सञ्चालित प्रगति साकोसले हाल कुल २ हजार ९ सय २७ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ भने कुल २२ करोड ६५ लाखको वित्तीय कारोबार गर्न सफल भएको छ । स्वस्थ संस्थागत वित्तीय सूचक कायम रहेको उक्त साकोसको २६ प्रतिशत जगेडा कोष रहेको छ ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप