रुपन्देहीमा नेफ्स्कूनको बिडिएस कार्यक्रम सञ्चालनका लागि सम्झौता तथा भेटघाट सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा नेफ्स्कूनको बिडिएस कार्यक्रम सञ्चालनका लागि सम्झौता तथा भेटघाट सम्पन्न

रुपन्देही — नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र रुपन्देही स्थित तीन सहकारी संस्थाबीच व्यवसाय विकास सेवा (बिडिएस) कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता माघ २८ गते सम्पन्न भएको छ।

सम्झौतामा नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सेमलार बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा तिलोत्तमा–कोटिहवा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

व्यवसाय विकास सेवा (बिडिएस) कार्यक्रम मार्फत सहकारी सदस्यहरूलाई व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण प्रदान गरी दिगो तथा सफल उद्यमी बनाउने लक्ष्य राखिएको छ। यस कार्यक्रमले उत्पादनदेखि उपभोक्तासम्म तथा सेवादेखि ग्राहकसम्मको सम्पूर्ण प्रक्रियामा प्राविधिक तथा समन्वयात्मक सहयोग पुर्‍याउने उद्देश्य लिएको छ।

हाल सहकारी संस्थाहरूमा भाखा नाघेको ऋण प्रमुख चुनौतीका रूपमा देखिएको छ। बिडिएस कार्यक्रमले सदस्यहरूको लगानीलाई उत्पादक, व्यवसायिक र नतिजामूलक बनाउँदै ऋणको समयमै भुक्तानी सुनिश्चित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा सम्बन्धित साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेफ्स्कूनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, वरिष्ठ अधिकृत कोमलराज अधिकारी तथा रुपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारीको उपस्थिति रहेको थियो ।  

यसैबीच, सदस्य संस्था निष्ठा बचत तथा ऋण सहकारी संस्था लि. (छपिया), समिप बचत तथा ऋण सहकारी संस्था लि. (सुद्धोधन) र सुद्धोधन बचत तथा ऋण सहकारी संस्था लि. (सुद्धोधन) का सञ्चालक समिति तथा व्यवस्थापनसँग नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सहितको टोलीले भेटघाट गरेको छ। यसैक्रममा सहकारीहरूको वर्तमान अवस्था, चुनौती तथा दिगो र सदस्य–केन्द्रित रूपमा सुरक्षित सञ्चालनका लागि आवश्यक नियमन र कानुनी अनुपालनका विषयमा छलफल भएको थियो ।

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३३ दिन अगाडि

पाठकबाट थप