रुपन्देहीमा नेफ्स्कूनको बिडिएस कार्यक्रम सञ्चालनका लागि सम्झौता तथा भेटघाट सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा नेफ्स्कूनको बिडिएस कार्यक्रम सञ्चालनका लागि सम्झौता तथा भेटघाट सम्पन्न

रुपन्देही — नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र रुपन्देही स्थित तीन सहकारी संस्थाबीच व्यवसाय विकास सेवा (बिडिएस) कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता माघ २८ गते सम्पन्न भएको छ।

सम्झौतामा नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सेमलार बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा तिलोत्तमा–कोटिहवा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

व्यवसाय विकास सेवा (बिडिएस) कार्यक्रम मार्फत सहकारी सदस्यहरूलाई व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण प्रदान गरी दिगो तथा सफल उद्यमी बनाउने लक्ष्य राखिएको छ। यस कार्यक्रमले उत्पादनदेखि उपभोक्तासम्म तथा सेवादेखि ग्राहकसम्मको सम्पूर्ण प्रक्रियामा प्राविधिक तथा समन्वयात्मक सहयोग पुर्‍याउने उद्देश्य लिएको छ।

हाल सहकारी संस्थाहरूमा भाखा नाघेको ऋण प्रमुख चुनौतीका रूपमा देखिएको छ। बिडिएस कार्यक्रमले सदस्यहरूको लगानीलाई उत्पादक, व्यवसायिक र नतिजामूलक बनाउँदै ऋणको समयमै भुक्तानी सुनिश्चित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा सम्बन्धित साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेफ्स्कूनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, वरिष्ठ अधिकृत कोमलराज अधिकारी तथा रुपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारीको उपस्थिति रहेको थियो ।  

यसैबीच, सदस्य संस्था निष्ठा बचत तथा ऋण सहकारी संस्था लि. (छपिया), समिप बचत तथा ऋण सहकारी संस्था लि. (सुद्धोधन) र सुद्धोधन बचत तथा ऋण सहकारी संस्था लि. (सुद्धोधन) का सञ्चालक समिति तथा व्यवस्थापनसँग नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सहितको टोलीले भेटघाट गरेको छ। यसैक्रममा सहकारीहरूको वर्तमान अवस्था, चुनौती तथा दिगो र सदस्य–केन्द्रित रूपमा सुरक्षित सञ्चालनका लागि आवश्यक नियमन र कानुनी अनुपालनका विषयमा छलफल भएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप