नेफ्स्कूनको “स्क्यान” कार्यक्रम विस्तार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको “स्क्यान” कार्यक्रम विस्तार

काठमाडौं । सहकारी क्षेत्रको दिगो विकास, सुशासन तथा सदस्यहरूको वित्तीय हित संरक्षण सुनिश्चित गर्न जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको आवश्यकता दिनानुदिन बढ्दै गएको सन्दर्भमा नेफ्स्कूनले नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सञ्चालनमा ल्याएको छ । 

नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालय र गोगबुँ सदस्य सेवा कार्यालय अन्तर्गत रहेका दुई साकोस चैत्र ११ गते आबद्ध भएका छन् ।

यस स्क्यान कार्यक्रम अन्तर्गत सहकारी संस्थाहरूको जोखिम विश्लेषणका लागि वित्तीय क्षेत्रमा प्रचलित आधुनिक विधिको प्रयोग गरिन्छ । संस्थागत जोखिम मूल्याङ्कन गर्दा राष्ट्रिय कानून, नीति तथा सहकारी सिद्धान्त तथा मूल्य मान्यता सँगै अन्तर्राष्ट्रिय वित्तीय अभ्यास र मापदण्डहरूलाई समेत आधार मानिएको छ ।

गोगबुँ सिद्धि बचत तथा ऋण सहकारी संस्था लि.मा सम्पन्न सम्झौतामा संस्थाका अध्यक्ष गोबिन्द महर्जन र व्यवस्थापक शर्मिला श्रेष्ठले ूसदस्यहरूको बचत तथा ऋण कारोबारको सुरक्षासँगै संस्थाको समग्र वित्तीय व्यवस्थापन, तरलता, सुशासन, आन्तरिक नियन्त्रण प्रणाली तथा दीगो सञ्चालन क्षमताको प्रत्याभूति दिनु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।

नवाली बचत तथा ऋण सहकारी संस्था लि. मा सम्पन्न सम्झौतामा संस्थाका अध्यक्ष बाबु राजा संगतले “स्क्यान कार्यक्रममा आबद्धतापछि संस्थागत सुदृढीकरण, विकास सुनिश्चितत तथा सञ्चालनमा स्तरीयता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्क्यान कार्यक्रम सहकारी संस्थाहरूको समग्र मूल्याङ्कन तथा सुदृढीकरणका लागि प्रभावकारी उपकरणका रूपमा विकसित भएको छ । यसले सुशासन, वित्तीय व्यवस्थापन, जोखिम नियन्त्रण तथा आन्तरिक नियन्त्रण प्रणालीका पक्षहरूको विश्लेषण गर्दै सुधारका लागि स्पष्ट मार्गचित्र प्रदान गर्दछ । एकै दिन दुई वटा सहकारी संस्थाहरूको आबद्धताले सहकारी सुधारप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ । 

गोगबुँ सिद्धि साकोसमा सम्पन्न सम्झौतामा साकोसका अध्यक्ष गोबिन्द महर्जन र व्यवस्थापक शर्मिला श्रेष्ठको उपस्थिति रहेको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत सोबिता मैनाली र कार्यक्रम सहजकर्ता अप्सरा अधिकारी सहभागी हुनुहुन्थ्यो । 

नवाली साकोसमा सम्पन्न सम्झौतामा संस्थाका अध्यक्ष बाबु राजा संगत र व्यवस्थापक रामेश्वर संगतको उपस्थिति रहेको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत दिपक अर्याल, चाबहिल सदस्य सेवा कार्यालय इन्चार्ज खिलनाथ लुईटेल तथा कार्यक्रम सहजकर्ता लिला अम्गाई सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप