प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

दोलखा । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) दोलखा, बैतेश्वर, ५ मैनापोखरीमा रहेको प्रभातकालीन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण  वैशाख १४ गते सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, सस्थामा रहेका भाखा नाघेका ऋणको कानुनि प्रक्रियामा जाने बिषय तथा संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदी सस्थाका अध्यक्ष र कर्मचारीहरुको उपस्थिति सहितको स्थलगत सुपरिवेक्षणमा विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई आगामी सञ्चालक समितिको बैठकमा बृहत छलफल गरी क्रमश कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त भएको छ ।

भर्खरै
निष्ठा साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न
निष्ठा साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न

१४ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

४ दिन अगाडि

ज्योती महिला विकास साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
ज्योती महिला विकास साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

म्याग्दी स्थित धौलागिरि साकोसमा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
म्याग्दी स्थित धौलागिरि साकोसमा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

५ दिन अगाडि

एक्सेस सुपरिवेक्षण मार्फत महिला साकोसको संस्थागत सुशासन र प्राविधिक सुदृढीकरणमा जोड
एक्सेस सुपरिवेक्षण मार्फत महिला साकोसको संस्थागत सुशासन र प्राविधिक सुदृढीकरणमा जोड

५ दिन अगाडि

नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

६ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप