ऋण असुली कार्यविधि निर्माण तालिम दाङमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण असुली कार्यविधि निर्माण तालिम दाङमा सम्पन्न

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा केन्द्र, घोराही, दाङको आयोजनामा ऋण असुली कार्यविधि निर्माण तालिम वैशाख १६ गते सम्पन्न भएको छ । 

वैशाख १५ र १६ गते सञ्चालित तालिमको समापन कार्यक्रममा दाङ जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष भगवती शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा दाङ, प्यूठान, अर्घाखाँची र सल्यानका विभिन्न साकोसका अध्यक्ष, उपाध्यक्ष,  सचिव, कोषाध्यक्ष, सञ्चालक समिति सदस्य व्यवस्थापक, ऋण उपसमिति संयोजक, ऋण शाखा प्रमुख र लेखापाल गरी जम्मा  ४१ जनाको सहभागिता रहेको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । तालिमको सहजीकरणमा प्रशिक्षक गणेश प्रसाद तिमल्सिनाले तालिममा सहकारीको ऋण असुली सम्बन्धी अवधारणा र कानुनी आधारहरु, कार्यविधिको ढाँचा र निर्माणका चरणहरु, कार्यविधिका उद्देश्य तथा कार्यहरु, ऋण असुली ताकेता प्रक्रिया, आंशिक धितो फुकुवा तथा म्याद थप सम्बन्धी व्यवस्था, ऋण अपलेखन सम्बन्धी प्रक्रिया तथा अन्य आवश्यक कागजात व्यवस्थापन र अनुसुचीहरुका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

तालिममा उपस्थित सहभागिहरु मध्ये पुरनठाँटी साकोसका ऋण उप समिति संयोजक बसन्ता भुसाल र हातेमालो साकोसका व्यवस्थापक सुरेश पौडेलले मन्तव्य राख्नु भएको थियो । मन्तव्यमा दुई दिने तालिमबाट ऋण असुली, लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, कानुनी प्रावधानका विषय, अनुसूचिहरुका विषयमा प्रष्ट रुपमा जानकारी भएको बताउनु भयो । कार्यक्रमको सञ्चालन नेफ्स्कून दाङ सदस्य सेवा केन्द्रका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने आवश्यक व्यवस्थापन दिनेश महराले गर्नु भएको थियो । 
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप