झझल्को साकोसमा नेफ्स्कूनद्धारा सुपरीवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झझल्को साकोसमा नेफ्स्कूनद्धारा सुपरीवेक्षण

भक्तपुर । सहकारी क्षेत्रमा सुशासन र सदस्यको बचत सुरक्षालाई मुख्य चुनौतीका रूपमा हेरिँदै आएको सन्दर्भमा भक्तपुरको चाँगुनारायण न. पा. ५  खरिपाटी स्थित झझल्को  बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत जेठ ६ गते स्थलगत सुपरीवेक्षण सम्पन्न भएको छ । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेद्धारा भएको स्थलगत सुपरीवेक्षणमा झझल्को  साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानुनी पालनाको अवस्थाबारे गहिरो अध्ययन भएको थियो ।

सुपरीवेक्षणका क्रममा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पक्षहरूमा केन्द्रित भई समीक्षा भएको थियो ।

विशेष गरी डिजिटल सुशासन र पारदर्शिता अन्तर्गत कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था तथा गोएमएल मार्फत सम्पत्ति शुद्धीकरण निवारणको प्रभावकारिता, सम्पत्ति तथा दायित्व व्यवस्थापन को वैज्ञानिक विश्लेषण मार्फत वित्तीय सन्तुलन, साथै सदस्य केन्द्रित सेवाअन्तर्गत साधारण सभाको गुणस्तर र कार्यालय व्यवस्थापनको आधुनिक स्वरूपबारे मूल्याङ्कन गरिएको थियो ।

सुपरीवेक्षणपछि आयोजित रणनीतिक छलफल कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाका सबल पक्षहरू र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । उहाँले पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

साकोसका सञ्चालक समिति र व्यवस्थापन टिमबाट प्राप्त सुझावहरूलाई तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त भएको छ । 

सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न झझल्को साकोसले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस किसिमको पहलले समग्र सहकारी अभियानमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा साकोसले गरेको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप