एक्सेसमा आबद्ध साकोस सञ्चालकका लागि तीन दिने ‘लिडरसिप बुटक्याम्प’ धुलिखेलमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेसमा आबद्ध साकोस सञ्चालकका लागि तीन दिने ‘लिडरसिप बुटक्याम्प’ धुलिखेलमा सम्पन्न

धुलिखेल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा एक्सेस कार्यक्रममा आबद्ध बचत तथा ऋण सहकारी संस्था (साकोस) का सञ्चालक तथा नेतृत्व तहका प्रतिनिधिहरूका लागि सञ्चालित तीन दिने ‘लिडरसिप बुटक्याम्प’ काभ्रेको धुलिखेल मा जेष्ठ ०७ गते सम्पन्न भएको छ । 

जेष्ठ ५ गतेदेखि सुरु भएको कार्यक्रम जेष्ठ ७ गते औपचारिक रूपमा समापन गरिएको हो । सहकारी संस्थाहरूमा उत्तरदायी नेतृत्व विकास, संस्थागत सुशासन सुदृढीकरण तथा रूपान्तरणमुखी व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा एक्सेस कार्यक्रममा आबद्ध २६ वटा साकोसबाट २९ जना सञ्चालक समिति, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेतृत्व विकास, संस्थागत रूपान्तरण, सञ्चालकहरूको रणनीतिक भूमिका, सहकारी शासन प्रणाली, परिवर्तन व्यवस्थापन तथा सदस्य–केन्द्रित नेतृत्वका विषयमा केन्द्रित ११ वटा सत्र सञ्चालन गरिएको थियो । प्रशिक्षण अवधिभर सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल, अनुभव आदान–प्रदान तथा सहभागितामूलक सिकाइ प्रक्रियामार्फत नेतृत्व सम्बन्धी गहन ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख सहजकर्ता एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि. सान रोके ‘लेनी’ रहनुभएको थियो । उहाँले सहकारी नेतृत्वलाई समयसापेक्ष, दूरदर्शी र सदस्य उत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै नेतृत्व केवल पदमा सीमित नभई संस्थागत संस्कार निर्माणसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी महासंघका वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्चीले सहकारी संस्थाहरूमा प्रभावकारी नेतृत्व, जोखिम सचेत निर्णय प्रक्रिया तथा संस्थागत दिगोपनाका आयामहरूबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका सहजकर्ता वरिष्ठ अधिकृत प्रेम वाग्ले र नेफ्स्कूनका प्राचार्य वल्लभ तिमल्सिनाले समेत विभिन्न सत्र सञ्चालन गर्दै नेतृत्व रूपान्तरणका व्यावहारिक पक्षहरूबारे सहजीकरण गर्नुभएको थियो ।

समापन सत्रलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थाको दीगो विकासका लागि सक्षम, उत्तरदायी र दूरदर्शी नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले बदलिँदो सहकारी परिवेशमा सञ्चालकहरूको भूमिकालाई अझ व्यावसायिक, पारदर्शी र सदस्यमैत्री बनाउन यस्ता क्षमता विकास कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेफ्स्कूनले सहकारी अभियानको गुणात्मक विकास, संस्थागत सुशासन र नेतृत्व सुदृढीकरणलाई केन्द्रमा राख्दै आगामी दिनमा समेत यस्ता अन्तर्राष्ट्रिय स्तरका नेतृत्व विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप