एक्सेसमा आबद्ध साकोस सञ्चालकका लागि तीन दिने ‘लिडरसिप बुटक्याम्प’ धुलिखेलमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेसमा आबद्ध साकोस सञ्चालकका लागि तीन दिने ‘लिडरसिप बुटक्याम्प’ धुलिखेलमा सम्पन्न

धुलिखेल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा एक्सेस कार्यक्रममा आबद्ध बचत तथा ऋण सहकारी संस्था (साकोस) का सञ्चालक तथा नेतृत्व तहका प्रतिनिधिहरूका लागि सञ्चालित तीन दिने ‘लिडरसिप बुटक्याम्प’ काभ्रेको धुलिखेल मा जेष्ठ ०७ गते सम्पन्न भएको छ । 

जेष्ठ ५ गतेदेखि सुरु भएको कार्यक्रम जेष्ठ ७ गते औपचारिक रूपमा समापन गरिएको हो । सहकारी संस्थाहरूमा उत्तरदायी नेतृत्व विकास, संस्थागत सुशासन सुदृढीकरण तथा रूपान्तरणमुखी व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा एक्सेस कार्यक्रममा आबद्ध २६ वटा साकोसबाट २९ जना सञ्चालक समिति, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेतृत्व विकास, संस्थागत रूपान्तरण, सञ्चालकहरूको रणनीतिक भूमिका, सहकारी शासन प्रणाली, परिवर्तन व्यवस्थापन तथा सदस्य–केन्द्रित नेतृत्वका विषयमा केन्द्रित ११ वटा सत्र सञ्चालन गरिएको थियो । प्रशिक्षण अवधिभर सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल, अनुभव आदान–प्रदान तथा सहभागितामूलक सिकाइ प्रक्रियामार्फत नेतृत्व सम्बन्धी गहन ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख सहजकर्ता एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि. सान रोके ‘लेनी’ रहनुभएको थियो । उहाँले सहकारी नेतृत्वलाई समयसापेक्ष, दूरदर्शी र सदस्य उत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै नेतृत्व केवल पदमा सीमित नभई संस्थागत संस्कार निर्माणसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी महासंघका वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेटियाराच्चीले सहकारी संस्थाहरूमा प्रभावकारी नेतृत्व, जोखिम सचेत निर्णय प्रक्रिया तथा संस्थागत दिगोपनाका आयामहरूबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका सहजकर्ता वरिष्ठ अधिकृत प्रेम वाग्ले र नेफ्स्कूनका प्राचार्य वल्लभ तिमल्सिनाले समेत विभिन्न सत्र सञ्चालन गर्दै नेतृत्व रूपान्तरणका व्यावहारिक पक्षहरूबारे सहजीकरण गर्नुभएको थियो ।

समापन सत्रलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थाको दीगो विकासका लागि सक्षम, उत्तरदायी र दूरदर्शी नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले बदलिँदो सहकारी परिवेशमा सञ्चालकहरूको भूमिकालाई अझ व्यावसायिक, पारदर्शी र सदस्यमैत्री बनाउन यस्ता क्षमता विकास कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेफ्स्कूनले सहकारी अभियानको गुणात्मक विकास, संस्थागत सुशासन र नेतृत्व सुदृढीकरणलाई केन्द्रमा राख्दै आगामी दिनमा समेत यस्ता अन्तर्राष्ट्रिय स्तरका नेतृत्व विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप