नेफ्स्कूनको ‘ACCESS’ परामर्श कार्यशाला सम्पन्न : सुशासन, गुणस्तर र सहकारी रूपान्तरणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ‘ACCESS’ परामर्श कार्यशाला सम्पन्न : सुशासन, गुणस्तर र सहकारी रूपान्तरणमा जोड

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नयाँ बानेश्वर स्थित अल्फा हाउसमा आयोजना गरेको ACCESs परामर्श कार्यशाला जेष्ठ ०८ गते सम्पन्न भएको छ । 

सहकारी क्षेत्रको संस्थागत विकास, सुशासन र गुणस्तर सुनिश्चिततामा केन्द्रित उक्त कार्यशालामा देशभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यशालाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले दीप प्रज्वलनमार्फत गर्नुभएको थियो । उद्घाटन पश्चात उहाँले सहकारी अभियानले भोगिरहेको पछिल्लो चुनौतीपूर्ण अवस्थालाई चिर्दै अभियानलाई पुनः सुदृढ, व्यवस्थित र विश्वासयोग्य दिशामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतका जटिल परिस्थितिहरूलाई स्मरण गर्दै ती चुनौतीबीच पनि सहकारी अभियान अहिले नयाँ ऊर्जा र आत्मविश्वासका साथ मूल साखमा फर्किने चरणमा प्रवेश गरेको बताउनुभयो । हाल करिब ६०० संस्थाहरू नेफ्स्कूनका गुणस्तर सुनिश्चितता कार्यक्रमहरूमा आबद्ध भई सहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले स्तरीकरण र सुशासनलाई संस्थागत सुधारको आधारका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालका अनुसार नेफ्स्कूनको ३७ वर्ष लामो प्रयास र एमआईएस प्रणालीमार्फत तथ्याङ्क संकलन तथा पारदर्शितामा उल्लेखनीय सुधार भएको छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको अवस्थामा नेफ्स्कूनले गुणस्तर मापन र सुशासनलाई प्राथमिकता दिएको थियो । नियामक निकाय र स्थानीय सरकारसँगको प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै सहकारी क्षेत्रलाई दिगो र सुरक्षित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । साथै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको दायरामा आएका संस्थाहरूलाई समेत आगामी नीतिगत संरचनामा समेट्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले स्वागत मन्तव्य राख्दै सहकारी संस्थाहरूको संस्थागत विकास, सुशासन र गुणस्तर सुनिश्चिततामा केन्द्रित यस कार्यशालाको उद्देश्य स्पष्ट पार्नुभयो ।

उहाँले एसियाली ऋण महासंघ (ACCU)  सँगको सहकार्य सन् १९९२ देखि निरन्तर रहँदै आएको उल्लेख गर्दै ACCESS कार्यक्रम, नेतृत्व विकास, प्रोफेशनलाइजेसन, नेटवर्क व्यवस्थापन तथा गुणस्तर सुनिश्चितता प्रणालीले सहकारी क्षेत्रलाई व्यावसायिक, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार सन् १९९६/९७ देखि सुरु भएका सहकारी विकास कार्यक्रमहरूले नीति निर्माण, रणनीतिक योजना, सुशासन अभ्यास तथा संस्थागत प्रणाली विकासमा महत्वपूर्ण आधार तयार गरेका थिए । त्यसैगरी कर्मचारी व्यवस्थापन, बोर्ड बैठक अभिलेखीकरण, प्रतिवेदन प्रणाली तथा नियामकीय रिपोर्टिङजस्ता अभ्यासलाई संस्थागत बनाउने काम “प्रोफेशनलाइजेसन” मार्फत अघि बढाइएको उहाँले बताउनुभयो ।

सन् २००६ पछि ACCESS गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत नेपाली सहकारी संस्थाहरू अझ व्यावसायिक, सुरक्षित र अनुशासित बनेको उल्लेख गर्दै त्यसकै अनुभवका आधारमा नेपालले आफ्नै “प्रोभिजन” कार्यक्रम विकास गरेको जानकारी दिनुभयो । नेटवर्क व्यवस्थापन प्रणालीले नीति, कार्यविधि र सञ्चालन अभ्यासमा एकरूपता ल्याउन सहयोग गरेको उहाँको भनाइ थियो ।

साथै, हालको नियामकीय वातावरणलाई अवसरका रूपमा उपयोग गर्दै सहकारी संस्थाहरूलाई समुदायस्तरका प्रतिस्पर्धी वित्तीय संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

कार्यशालामा ACCU का प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोके (लेनी) तथा वरिष्ठ प्राविधिक अधिकृत रञ्जिथ हेतियाराचीले प्रमुख सहजकर्ताको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । नेफ्स्कूनका विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल र वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा विभिन्न साकोसका प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन तथा  कर्मचारीहरू गरी ५५ जनाको सहभागिता रहेको थियो।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप