स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न

भीमेश्वर, दोलखा। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम कार्यान्वयनका लागि दोलखाको भीमेश्वर स्थित प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्झौता हुनुका साथै जेष्ठ ८ गते स्थलगत सुपरीवेक्षण सम्पन्न भएको छ। 

संघले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि यो स्थलगत सुपरिवेक्षणलाई प्रभावकारी रूपमा अघि बढाइएको हो। सुपरिवेक्षणको मुख्य उद्देश्य संस्थाको बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति मूल्याङ्कन गर्नु, भाखा नाघेका ऋणलाई कानुनी प्रक्रियामा लैजान सहयोग गर्नु र सम्भावित आर्थिक तथा व्यवस्थापकीय जोखिम न्यूनीकरणका उपायहरू पहिल्याउनु रहेको छ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुवेदी, संस्थाका सल्लाहकार एवं जिल्ला बचत संघ दोलखाका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद सुवेदी तथा साकोसका व्यवस्थापक एवं कर्मचारीहरूको उपस्थितिमा सम्पन्न उक्त सुपरीवेक्षणका क्रममा संस्थाको विनियम, नीति, आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धीकरण निवारण नीतिको परिपालना, भाखा नाघेको ऋण असुली र पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायतका समग्र वित्तीय अवस्थामाथि गम्भीर समीक्षा गरिएको थियो। 

प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी सुधार गर्ने योजनासहित सुपरीवेक्षकबाट प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई आगामी सञ्चालक समितिको बैठकमा बृहत् छलफल गरी क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत संस्थाका तर्फबाट व्यक्त गरिएको छ।

भर्खरै
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३० मिनेट अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ दिन अगाडि

लोकप्रिय
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३० मिनेट अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६६ दिन अगाडि

पाठकबाट थप