स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न

भीमेश्वर, दोलखा। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम कार्यान्वयनका लागि दोलखाको भीमेश्वर स्थित प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्झौता हुनुका साथै जेष्ठ ८ गते स्थलगत सुपरीवेक्षण सम्पन्न भएको छ। 

संघले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि यो स्थलगत सुपरिवेक्षणलाई प्रभावकारी रूपमा अघि बढाइएको हो। सुपरिवेक्षणको मुख्य उद्देश्य संस्थाको बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति मूल्याङ्कन गर्नु, भाखा नाघेका ऋणलाई कानुनी प्रक्रियामा लैजान सहयोग गर्नु र सम्भावित आर्थिक तथा व्यवस्थापकीय जोखिम न्यूनीकरणका उपायहरू पहिल्याउनु रहेको छ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुवेदी, संस्थाका सल्लाहकार एवं जिल्ला बचत संघ दोलखाका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद सुवेदी तथा साकोसका व्यवस्थापक एवं कर्मचारीहरूको उपस्थितिमा सम्पन्न उक्त सुपरीवेक्षणका क्रममा संस्थाको विनियम, नीति, आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धीकरण निवारण नीतिको परिपालना, भाखा नाघेको ऋण असुली र पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायतका समग्र वित्तीय अवस्थामाथि गम्भीर समीक्षा गरिएको थियो। 

प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी सुधार गर्ने योजनासहित सुपरीवेक्षकबाट प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई आगामी सञ्चालक समितिको बैठकमा बृहत् छलफल गरी क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत संस्थाका तर्फबाट व्यक्त गरिएको छ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप