जनचेतना साकोसद्वारा लघु व्यवसाय तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनचेतना साकोसद्वारा लघु व्यवसाय तालिम सञ्चालन 

मकवानपुर, रातोमाटे । जनचेतना बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित तीन दिने लघु व्यवसाय तालिम जेठ २५ गते सम्पन्न भएको छ । 

जेठ २२ गतेदेखि सञ्चालन भएको उक्त तालिम सदस्यहरूको उद्यमशीलता विकास गरी स्वरोजगार तथा आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले आयोजना भएको हो ।
  
तालिमको उद्घघाटन संस्थाका उपाध्यक्ष सुकुमाया गोले भोर्लेनले गर्नुभएको थियो । ४ हजार ८३८ सदस्य रहेको नेफ्स्कूनको एक्सेस कार्यक्रममा आबद्ध रहेको यस  साकोसले सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई केन्द्रमा राख्दै यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

तालिमका क्रममा व्यवसायिक अवसरको पहिचान, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय अनुशासन, ग्राहक सेवा, जोखिम व्यवस्थापन तथा उद्यम विकाससँग सम्बन्धित विविध विषयमा नेफ्स्कूनका अधिकृत सूर्यप्रसाद तिमल्सिना र श्यामराजा तिमल्सिनाले प्रशिक्षण गर्नुभएको थियो ।

संस्थाकी व्यवस्थापक सावित्री रुम्बाले सदस्यहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउँदै यसबाट सदस्यहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा संस्थाका अध्यक्ष ज्योतिमाया डोल्मा लक्ष्मीदेवी मोक्तानले तालिमले सदस्यहरूलाई नयाँ व्यवसाय सुरु गर्न तथा सञ्चालनमा रहेका व्यवसायलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले सहकारीले सदस्यहरूको जीवनस्तर उकास्न तथा आर्थिक समृद्धि हासिल गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि नेफ्स्कूनसँग थप सहकार्यको अपेक्षा गर्नुभयो ।

तालिममा सहभागी सदस्यहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी स्वरोजगार सिर्जना तथा आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । जनचेतना साकोसले सदस्य केन्द्रित उद्यमशीलता विकास तथा वित्तीय सशक्तीकरणका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२० मिनेट अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२० मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३३ दिन अगाडि

पाठकबाट थप