जनचेतना साकोसद्वारा लघु व्यवसाय तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनचेतना साकोसद्वारा लघु व्यवसाय तालिम सञ्चालन 

मकवानपुर, रातोमाटे । जनचेतना बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित तीन दिने लघु व्यवसाय तालिम जेठ २५ गते सम्पन्न भएको छ । 

जेठ २२ गतेदेखि सञ्चालन भएको उक्त तालिम सदस्यहरूको उद्यमशीलता विकास गरी स्वरोजगार तथा आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले आयोजना भएको हो ।
  
तालिमको उद्घघाटन संस्थाका उपाध्यक्ष सुकुमाया गोले भोर्लेनले गर्नुभएको थियो । ४ हजार ८३८ सदस्य रहेको नेफ्स्कूनको एक्सेस कार्यक्रममा आबद्ध रहेको यस  साकोसले सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई केन्द्रमा राख्दै यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

तालिमका क्रममा व्यवसायिक अवसरको पहिचान, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय अनुशासन, ग्राहक सेवा, जोखिम व्यवस्थापन तथा उद्यम विकाससँग सम्बन्धित विविध विषयमा नेफ्स्कूनका अधिकृत सूर्यप्रसाद तिमल्सिना र श्यामराजा तिमल्सिनाले प्रशिक्षण गर्नुभएको थियो ।

संस्थाकी व्यवस्थापक सावित्री रुम्बाले सदस्यहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउँदै यसबाट सदस्यहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा संस्थाका अध्यक्ष ज्योतिमाया डोल्मा लक्ष्मीदेवी मोक्तानले तालिमले सदस्यहरूलाई नयाँ व्यवसाय सुरु गर्न तथा सञ्चालनमा रहेका व्यवसायलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले सहकारीले सदस्यहरूको जीवनस्तर उकास्न तथा आर्थिक समृद्धि हासिल गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि नेफ्स्कूनसँग थप सहकार्यको अपेक्षा गर्नुभयो ।

तालिममा सहभागी सदस्यहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी स्वरोजगार सिर्जना तथा आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । जनचेतना साकोसले सदस्य केन्द्रित उद्यमशीलता विकास तथा वित्तीय सशक्तीकरणका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप