स्थिरीकरण कोषको चौथो स्थापना दिवस सम्पन्न, कानुनी सुधारका लागि २९औँ बैठकबाट कार्यदल गठन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको चौथो स्थापना दिवस सम्पन्न, कानुनी सुधारका लागि २९औँ बैठकबाट कार्यदल गठन

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको चौथो स्थापना दिवस तथा २९औँ सञ्चालन समिति बैठकले कोषको दीर्घकालीन स्थायित्व, प्रभावकारिता र कानुनी सुधारका विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कोषको २९औँ सञ्चालन समिति बैठकमा कोषका हालसम्मका कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल भएको थियो । बैठकले सहकारी संस्थाहरूलाई सुरक्षित, सुशासित र वित्तीय रूपमा सुदृढ बनाउन स्थिरीकरण कोषको सुपरिवेक्षकिय भूमिकालाई सबल बनाउने विषयमा समेत विचार–विमर्श गरेको थियो । त्यसैगरी, बचत तथा ऋण सहकारी संस्थाहरूको स्थिरीकरण कोषमा सहभागिता तथा योगदानलाई अनिवार्य बनाउने विषयलाई कानुन संशोधन मार्फत सम्बोधन गर्ने र आगामी कानुनी सुधारका एजेन्डाका रूपमा अघि बढाउने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ । कोषको कार्यालय रहेको नेफ्स्कूनको सभाहलमा सम्पन्न बैठकमा कोष सञ्चालनको चार वर्षे अवधिमा प्राप्त उपलब्धि, चुनौती तथा आगामी रणनीतिबारे व्यापक छलफल भएको थियो । बैठकले सहकारी क्षेत्रको वित्तीय स्थायित्व सुदृढ गर्न आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठक सञ्चालन कोषका सदस्य सचिव डा. शिवजी सापकोटाले  प्रगतिको समिक्षा गर्दै हालसम्म कोषमा योगदान गर्ने सहकारी संस्थाहरु ३३० वटा  र नेफ्स्कून सहित संघहरु ६ वटा जम्मा ३३६ संघ/संस्थाहरुको योगदान रहेको बताउनु भयो । 

कोषका सञ्चालक समिति सदस्यहरुमा अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य देवनारायण पौडेल, नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य प्रमेश पोखरेल, राष्ट्रिय सहकारी महासंघका प्रतिनिधि डा. बाबुकाजी थापा, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि सदस्य कमला देवी गिरी, नारी संकल्प साकोस मोरङका प्रतिनिधि सदस्य गोमा नेपाल, विन्धवासिनी साकोस काभ्रेका प्रतिनिधि सदस्य शान्ता कुमार श्रेष्ठ, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत तथा कोषका सदस्य सचिव डा. शिवजी सापकोटा, नेफ्स्कूनका सञ्चालक महासचिव घनश्याम अधिकारी, सञ्चालक सदस्य सिता ढकाल पौडेल, खेम राज सुवेदीको उपस्थिति रहेको थियो । 

कार्यक्रमका अध्यक्ष तथा कोषका अध्यक्ष चन्द्र प्रसाद ढकालले कोषका आफ्नै सीमितता र चुनौतीहरू भए पनि यसको स्थायित्वका लागि सबै सरोकारवाला निकायको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा सहकारी संघ–संस्थासँग परामर्श बैठक आयोजना गरी कोषलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य देव नारायण पौडेलले कोष सञ्चालनको उद्देश्य र हालसम्मका गतिविधिबीचको तादात्म्यको समीक्षा आवश्यक रहेको बताउनुभयो । सदस्यहरूको विश्वास अभिवृद्धि, कानुनी सुधार तथा नयाँ परिस्थिति अनुसार कोषलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन गरी सुझाव पेश गर्न तदर्थ समिति गठन गरिएको जानकारी दिनुभयो ।

नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले स्थिरीकरण कोष वित्तीय संकटको समाधानकर्ता नभई वित्तीय अस्थिरता रोकथाम गर्ने संयन्त्र भएको स्पष्ट पार्नुभयो । कोषले सहकारी संस्था संकटमा पुग्नुअघि नै आवश्यक सहयोग उपलब्ध गराई वित्तीय स्थायित्व कायम राख्न भूमिका खेल्नुपर्ने बताउनुभयो । 

नेफ्स्कूनका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक डा. परितोष पौड्यालले कोष स्थापना कालका संघर्ष स्मरण गर्दै सहकारी अभियान र सरकारी निकायहरूको सहकार्यबाट आज कोष महत्वपूर्ण स्थानमा पुगेको बताउनुभयो । विश्वव्यापी अभ्यासमा पनि स्थिरीकरण कोष वित्तीय सुरक्षाको प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै सहकारी क्षेत्रका समस्याको समाधानमा यसको भूमिका अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो । 

यस अवसरमा कोषको चौथो स्थापना दिवसका अवसरमा केक काटी कार्यक्रमको शुभारम्भ गरिएको थियो । कोषको स्थापना तथा विकासमा योगदान पु¥याउने अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य देवनारायण पौडेल, नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य प्रमेश पोखरेल तथा नेफ्स्कूनका निवर्तमान अध्यक्ष डा. परितोष पौड्याललाई  मायाको चिनो सहित सम्मान गरिएको थियो ।

त्यसैगरी, सहकारी विभागका प्रतिनिधि सदस्य सुचित्रा राई, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि सदस्य कमला देवी गिरी तथा राष्ट्रिय सहकारी महासंघका प्रतिनिधि सदस्य डा. बाबुकाजी थापालाई नवआगन्तुक सञ्चालक समिति सदस्यका रूपमा स्वागत गरिएको थियो ।

कोषका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन कोषका व्यवस्थापक नविन राज दाहालले गर्नुभएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप