चितवनमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा भरतपुरमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला जेठ २७ गते सम्पन्न भएको छ ।

संघले कार्यान्वयनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत चितवन जिल्लाका सहकारी संस्थालाई लक्षित गरी कार्यशालाको आयोजना गरिएको हो । कार्यक्रममा चितवन र नवलपुर सुस्ता पश्चिमका २७ वटा  बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरू ५० जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका सञ्चालक गोपालप्रसाद गौतम, जिल्ला बचत संघ चितवनका अध्यक्ष विद्या कोइराला तथा नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय उपसमितिका सदस्यहरू तेजेन्द्र बहादुर खड्का, तुलमणि पौडेल, केदारनाथ न्यौपाने र रामशरण शिलवालको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा नेफ्स्कूनका उपाध्यक्ष अधिकारीले कार्यशाला पूर्ण रूपमा प्राविधिक प्रकृतिको भएकाले सहभागीहरूलाई विषयवस्तुमा केन्द्रित हुन आग्रह गर्नुभयो । सहकारी क्षेत्र हाल कानुनी तथा नीतिगत परिवर्तनका कारण केही चुनौतीपूर्ण अवस्थामा रहे पनि सहकारी अभियान अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

सुशासनविहीन संस्थाहरू जोखिमतर्फ उन्मुख हुने उल्लेख गर्दै गुणस्तरीय संस्था निर्माणका लागि स्तरीकरण कार्यक्रम र यस्ता क्षमता विकासमूलक गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । संस्थागत समस्याहरू स्वाभाविक भए पनि तिनलाई व्यवस्थापन गर्दै अघि बढ्नु नै सफलताको आधार भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उपसमिति सदस्य तेजेन्द्र बहादुर खड्काले सहकारी क्षेत्रमा थपिएका चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यशालाले सहभागी संस्थाहरूलाई थप सक्षम र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेफ्स्कूनले सदस्य संघ–संस्थाहरूको नियमित निरीक्षण तथा अनुगमन मार्फत जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले विगतमा सञ्चालन गरिएका एक्सेस, प्रोवेसन र कव्र्स कार्यक्रमका अनुभवलाई समेटेर थप परिमार्जित स्वरूपमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सञ्चालनमा ल्याएको हो । सदस्यहरूको लागत सहभागितामा सञ्चालन हुने यस कार्यक्रम मार्फत संस्थाहरूलाई आवश्यक ज्ञान, सीप र व्यवहारिक मार्गदर्शन प्रदान गरिने संघले जनाएको छ ।

कार्यशालामा सहकारी संस्थाहरूको कार्यसम्पादनलाई व्यवस्थित, पारदर्शी र कानुनी मापदण्डअनुकूल बनाउने उद्देश्यसहित विभिन्न विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो । यस क्रममा जापानी व्यवस्थापन पद्धति ‘५ एस’, सम्पत्ति शुद्धीकरण सम्बन्धी परिवर्तित कानुनी व्यवस्था, स्तरीय सञ्चालन कार्यविधि, ‘फिट एण्ड प्रपर टेस्ट’ तथा आगामी आर्थिक वर्षको वार्षिक योजनामा समावेश गर्नुपर्ने ६५ महत्वपूर्ण कार्यबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

त्यसैगरी संस्थाहरूको मासिक प्रतिवेदनको एकीकृत विश्लेषण, भाखा नाघेको ऋण व्यवस्थापन तथा असुली योजना निर्माणसम्बन्धी विषयमा पनि सहभागीहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

सहभागीहरूको तर्फबाट विकु साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कार्यक्रमको विषयवस्तु अत्यन्त व्यवहारिक, उपयोगी र समय सापेक्ष रहेको बताउनुभयो । सहकारी संस्थाको सफल सञ्चालनका लागि सञ्चालक तथा कर्मचारीको अनुशासन, सुशासन, कानुनी पालना तथा नैतिक आचरण अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत श्यामराज तिमल्सिनाले गर्नुभएको थियो भने सञ्चालन चितवन सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीले गर्नुभएको थियो । सन्तोष अधिकारी र केदारनाथ अधिकारीले कार्यक्रमको  व्यवस्थापन गर्नुभएको थियो । 

कार्यक्रमको अन्त्यमा अध्यक्ष अधिकारीले सहभागीहरूलाई सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै कार्यशालाको समापन गर्नुभएको थियो ।

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

२ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

३ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

४ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

५ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

पाठकबाट थप