चितवनमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भरतपुर, चितवनमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला जेठ २८ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनले यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २४ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यशालाको उद्घघाटन सत्रमा चितवन सदस्य सेवा कार्यालय उपसमितिका सदस्य तेजेन्द्र बहादुर खड्का र रामशरण शिलवालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उपसमिति सदस्य खड्काले सहकारीमा सुशासनलाई निरन्तर कायम राख्नुपर्ने आवश्यकता औंल्याउँनुभयो । जोखिम न्यूनीकरणका लागि प्रभावकारी व्यवस्थापन आवश्यक रहेको परिवर्तित नियामकीय व्यवस्था अनुसार संस्थाहरूले आफ्नो अवस्थाको मूल्याङ्कन गरी समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

नेफ्स्कून उपाध्यक्ष अधिकारीले कार्यशालालाई संस्थाहरूबीच असल अभ्यास आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको थियो ।  सहकारी क्षेत्रमा केही व्यक्तिका गलत गतिविधिका कारण अभियानमा नकारात्मक असर परेको उल्लेख गर्दै सहभागी संस्थाहरूलाई नियम, कानुन र सुशासनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको थियो । संस्थाको आकारभन्दा पनि व्यवस्थापन र सुशासन कमजोर हुँदा समस्या उत्पन्न हुने भएकाले समयमै समस्या पहिचान गरी समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको थियो । 

कार्यशालामा सहकारी संस्थाको कार्यसम्पादनलाई व्यवस्थित, पारदर्शी र कानुनी मापदण्ड अनुकूल बनाउन विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सहभागीहरूलाई जापानी व्यवस्थापन पद्धति ५एस, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्था, स्तरीय सञ्चालन कार्यविधि, फिट एन्ड प्रपर टेस्ट तथा आगामी आर्थिक वर्षको वार्षिक योजनामा समावेश गर्नुपर्ने ६५ महत्वपूर्ण कार्यबारे विस्तृत जानकारी दिइएको थियो ।

यसका साथै संस्थाहरूको मासिक प्रतिवेदनको विश्लेषण, भाखा नाघेको ऋण व्यवस्थापन तथा असुली योजना निर्माणका विषयमा समेत व्यावहारिक छलफल र प्रशिक्षण सञ्चालन गरिएको थियो । सहभागीहरूले कार्यक्रमलाई व्यवहारिक, उपयोगी तथा सहकारी संस्थाको प्रभावकारी सञ्चालनका लागि आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । समापनका अवसरमा जिल्ला बचत संघका अध्यक्ष विद्या कोइरालाले सहकारी क्षेत्रको सुदृढीकरणमा संघहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमको सञ्चालन नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीले गर्नुभएको थियो भने सहजीकरण वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो ।


       

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप