चितवनमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भरतपुर, चितवनमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला जेठ २८ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनले यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २४ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यशालाको उद्घघाटन सत्रमा चितवन सदस्य सेवा कार्यालय उपसमितिका सदस्य तेजेन्द्र बहादुर खड्का र रामशरण शिलवालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उपसमिति सदस्य खड्काले सहकारीमा सुशासनलाई निरन्तर कायम राख्नुपर्ने आवश्यकता औंल्याउँनुभयो । जोखिम न्यूनीकरणका लागि प्रभावकारी व्यवस्थापन आवश्यक रहेको परिवर्तित नियामकीय व्यवस्था अनुसार संस्थाहरूले आफ्नो अवस्थाको मूल्याङ्कन गरी समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

नेफ्स्कून उपाध्यक्ष अधिकारीले कार्यशालालाई संस्थाहरूबीच असल अभ्यास आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको थियो ।  सहकारी क्षेत्रमा केही व्यक्तिका गलत गतिविधिका कारण अभियानमा नकारात्मक असर परेको उल्लेख गर्दै सहभागी संस्थाहरूलाई नियम, कानुन र सुशासनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको थियो । संस्थाको आकारभन्दा पनि व्यवस्थापन र सुशासन कमजोर हुँदा समस्या उत्पन्न हुने भएकाले समयमै समस्या पहिचान गरी समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको थियो । 

कार्यशालामा सहकारी संस्थाको कार्यसम्पादनलाई व्यवस्थित, पारदर्शी र कानुनी मापदण्ड अनुकूल बनाउन विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सहभागीहरूलाई जापानी व्यवस्थापन पद्धति ५एस, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्था, स्तरीय सञ्चालन कार्यविधि, फिट एन्ड प्रपर टेस्ट तथा आगामी आर्थिक वर्षको वार्षिक योजनामा समावेश गर्नुपर्ने ६५ महत्वपूर्ण कार्यबारे विस्तृत जानकारी दिइएको थियो ।

यसका साथै संस्थाहरूको मासिक प्रतिवेदनको विश्लेषण, भाखा नाघेको ऋण व्यवस्थापन तथा असुली योजना निर्माणका विषयमा समेत व्यावहारिक छलफल र प्रशिक्षण सञ्चालन गरिएको थियो । सहभागीहरूले कार्यक्रमलाई व्यवहारिक, उपयोगी तथा सहकारी संस्थाको प्रभावकारी सञ्चालनका लागि आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । समापनका अवसरमा जिल्ला बचत संघका अध्यक्ष विद्या कोइरालाले सहकारी क्षेत्रको सुदृढीकरणमा संघहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमको सञ्चालन नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीले गर्नुभएको थियो भने सहजीकरण वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो ।

भर्खरै
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

२ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

३ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ घण्टा अगाडि

नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

३ घण्टा अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

पाठकबाट थप