साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बर्दियामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बर्दियामा सम्पन्न

बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) नेपालगञ्ज सदस्य सेवा कार्यालयको आयोजनामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला बर्दियाको भुरीगाउँमा जेठ २८ गते सम्पन्न भएको छ। 

नेफ्स्कूनद्वारा सञ्चालनमा रहेको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत बाँके, बर्दिया तथा सुदूरपश्चिम प्रदेशका बचत तथा ऋण सहकारी संस्थाहरूलाई लक्षित गरी आयोजित कार्यशालामा २५ वटा संस्थाका सञ्चालक तथा कर्मचारी गरी ५२ जनाको सहभागिता रहेको थियो।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि।का सञ्चालक सदस्य दुर्गा सापकोटा तथा नेफ्स्कून नेपालगञ्ज सदस्य सेवा कार्यालय उपसमिति सदस्य विजय शाहको उपस्थिति रहेको थियो।

 कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले सहकारी संस्थामा सुशासन कायम गर्न व्यवस्थापन र सञ्चालकहरूको असल नियत, पारदर्शिता तथा उत्तरदायित्व अपरिहार्य रहेको बताउनुभयो। उहाँले संस्था संख्या वृद्धि भन्दा गुणस्तरीय सेवा प्रवाह र संस्थागत सुदृढीकरणमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै राज्यका नीति, नियम तथा नियामक निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। साथै वित्तीय अनुशासन, पारदर्शिता र सदस्यहितलाई केन्द्रमा राखेर संस्था सञ्चालन गर्नुपर्ने तथा वार्षिक योजना र स्वीकृत नीतिअनुसार कार्यसम्पादन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेफ्स्कूनले सदस्य संघ–संस्थाहरूको नियमित निरीक्षण तथा अनुगमन मार्फत जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले विगतमा सञ्चालन गरिएका एक्सेस, प्रोबेसन तथा कर्ब्स  कार्यक्रम अन्तरगत संचालन गरिने पाल्म वर्कशपको अनुभवलाई समेट्दै परिमार्जित स्वरूपमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यक्रम सञ्चालनमा ल्याएको हो। सदस्यहरूको लागत सहभागितामा सञ्चालन हुने यस कार्यक्रममार्फत संस्थाहरूलाई जोखिम व्यवस्थापन सम्बन्धी आवश्यक ज्ञान, सीप तथा व्यवहारिक मार्गदर्शन प्रदान गरिने नेफ्स्कूनले जनाएको छ। 

कार्यशालामा संस्थाहरूको मासिक प्रतिवेदनको एकीकृत विश्लेषण, प्रविधि सुरक्षा,भाखा नाघेको ऋण व्यवस्थापन तथा असुली योजना निर्माण लगायतका विषयमा सहभागीहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले भाखा नाघेको ऋण व्यवस्थापन, तरलता जोखिम तथा समसामयिक विषयहरूमा सहजीकरण गर्नुभएको थियो साथै कार्यक्रम अधिकृत प्रविण अधिकारीले प्रविधि जोखिम व्यवस्थापन तथा सूचना प्रविधि कार्यविधि निर्माण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेपालगञ्ज सदस्य सेवा कार्यालय प्रमुख यम बहादुर डाँगीले गर्नुभएको थियो भने व्यवस्थापन प्रकाश लुहारले गर्नुभएको थियो।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप