सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सुनसरी सदस्य सेवा कार्यालयको आयोजनामा इटहरीमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला जेठ २८ गते सम्पन्न भएको छ ।

संघले कार्यान्वयनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान अन्तर्गत सुनसरी,मोरङ र उदयपुर जिल्लाका सहकारी संस्थालाई लक्षित गरी कार्यशालाको आयोजना गरिएको हो । कार्यक्रममा सुनसरी,मोरङ र उदयपुरका २९ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरू गरी ६० जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक सदस्य शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका सुनसरी सदस्य सेवा कार्यालयका व्यवस्थापन उप समिति सदस्य त्रिभुनाथ फुयालले सहभागीहरुलाई स्वागत गर्नुभएको  थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक सदस्य शालिकराम ढकालले कार्यशाला पूर्ण रूपमा प्राविधिक प्रकृतिको भएकाले सहभागीहरूलाई विषयवस्तुमा केन्द्रित हुन आग्रह गर्नुभयो । सहकारी क्षेत्र हाल कानुनी तथा नीतिगत परिवर्तनका कारण केही चुनौतीपूर्ण अवस्थामा रहे पनि सहकारी अभियान अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

सुशासनविहीन संस्थाहरू जोखिमतर्फ उन्मुख हुने उल्लेख गर्दै गुणस्तरीय संस्था निर्माणका लागि स्तरीकरण कार्यक्रम र यस्ता क्षमता विकासमूलक गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । संस्थागत समस्याहरू स्वाभाविक भए पनि तिनलाई व्यवस्थापन गर्दै अघि बढ्नु नै सफलताको आधार भएको उल्लेख गर्नुभयो । 

नेफ्स्कूनले सदस्य संघ–संस्थाहरूको नियमित निरीक्षण तथा अनुगमन मार्फत जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले विगतमा सञ्चालन गरिएका एक्सेस, प्रोवेसन र कव्र्स कार्यक्रमका अनुभवलाई समेटेर थप परिमार्जित स्वरूपमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सञ्चालनमा ल्याएको हो । सदस्यहरूको लागत सहभागितामा सञ्चालन हुने यस कार्यक्रम मार्फत संस्थाहरूलाई आवश्यक ज्ञान, सीप र व्यवहारिक मार्गदर्शन प्रदान गरिने संघले जनाएको छ ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले कार्यशालाको सहजीकरण गर्दै सहकारी संस्थाहरूको कार्यसम्पादनलाई व्यवस्थित, पारदर्शी र कानुनी मापदण्ड अनुकूल बनाउने उद्देश्यसहित विभिन्न विषयमा अभिमुखीकरण प्रदान गर्नुभएकोे थियो । यस क्रममा सूचना प्रबिधि अधिकृत कृपेश लामिछाने र कर्जा असुली न्यायाधिकरणका अधिकृत नबिन मैनालीले साइबर सुरक्षा र कर्जा असुली न्यायाधिकरण र  तथा आगामी आर्थिक वर्षको वार्षिक योजनामा समावेश गर्नुपर्ने महत्वपूर्ण कार्यबारे विस्तृत प्रशिक्षण गर्नुभएको थियो  ।  

कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत रिसभ राज रेग्मीले गर्नुभएको थियो भने समग्र व्यवस्थापन बिन्दा भट्टराई र डिल्लीराम तिम्सिनाले गर्नुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप