महोत्तरीमा नेफ्स्कूनद्वारा स्क्यान (SCAN) तथा प्रोबेसन (PROBATION) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महोत्तरीमा नेफ्स्कूनद्वारा स्क्यान (SCAN) तथा प्रोबेसन (PROBATION) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न 

महोत्तरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले महोत्तरीको औरही स्थित जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जेठ २८ गते स्क्यान (SCAN) तथा प्रोबेसन (PROBATION) कार्यक्रम कार्यान्वयनका सन्दर्भमा स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ। बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्था मूल्यांकन गर्नु, सदस्यहरूले प्राप्त गर्ने सेवा–सुविधा, लाभांश तथा समावेशी सहभागिताको समीक्षा गर्नु, संस्थाभित्र रहेका सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका क्षेत्र पहिचान गरी आवश्यक सुझाव प्रदान गर्नु सुपरिवेक्षणको प्रमुख उद्देश्य रहेको छ ।

त्यसैगरी, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य सहभागिताको अवस्था मूल्यांकन गर्दै प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु पनि कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश बराल, प्राविधिक सहजकर्ता श्याम बुढाथोकी तथा सम्बन्धित साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न स्थलगत सुपरिवेक्षणका क्रममा विनियम, नीति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायहरूबाट जारी निर्देशनहरूको परिपालना, भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपात विश्लेषणलगायत संस्थाको समग्र वित्तीय अवस्था तथा सदस्यलाई उपलब्ध गराइएका सेवा–सुविधाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सुपरिवेक्षणका क्रममा प्राप्त निष्कर्ष तथा सुपरिवेक्षकबाट प्रदान गरिएका सुझावहरूलाई संस्थाको पृष्ठपोषणका रूपमा ग्रहण गर्दै सुधार योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने निर्णय समेत गरिएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप