महोत्तरीमा नेफ्स्कूनद्वारा स्क्यान (SCAN) तथा प्रोबेसन (PROBATION) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महोत्तरीमा नेफ्स्कूनद्वारा स्क्यान (SCAN) तथा प्रोबेसन (PROBATION) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न 

महोत्तरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले महोत्तरीको औरही स्थित जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जेठ २८ गते स्क्यान (SCAN) तथा प्रोबेसन (PROBATION) कार्यक्रम कार्यान्वयनका सन्दर्भमा स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ। बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्था मूल्यांकन गर्नु, सदस्यहरूले प्राप्त गर्ने सेवा–सुविधा, लाभांश तथा समावेशी सहभागिताको समीक्षा गर्नु, संस्थाभित्र रहेका सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका क्षेत्र पहिचान गरी आवश्यक सुझाव प्रदान गर्नु सुपरिवेक्षणको प्रमुख उद्देश्य रहेको छ ।

त्यसैगरी, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य सहभागिताको अवस्था मूल्यांकन गर्दै प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु पनि कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश बराल, प्राविधिक सहजकर्ता श्याम बुढाथोकी तथा सम्बन्धित साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न स्थलगत सुपरिवेक्षणका क्रममा विनियम, नीति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायहरूबाट जारी निर्देशनहरूको परिपालना, भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपात विश्लेषणलगायत संस्थाको समग्र वित्तीय अवस्था तथा सदस्यलाई उपलब्ध गराइएका सेवा–सुविधाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सुपरिवेक्षणका क्रममा प्राप्त निष्कर्ष तथा सुपरिवेक्षकबाट प्रदान गरिएका सुझावहरूलाई संस्थाको पृष्ठपोषणका रूपमा ग्रहण गर्दै सुधार योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने निर्णय समेत गरिएको छ ।


 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२४ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

पाठकबाट थप