३१औँ स्थापना दिवसमा किसान साकोसद्धारा बहुआयामिक कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३१औँ स्थापना दिवसमा किसान साकोसद्धारा बहुआयामिक कार्यक्रम सञ्चालन

नवलपरासी  । आफ्नो स्थापनाको ३१ वर्ष पूरा गरी ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा गैडाकोट नवलपरासी  स्थित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रमका साथ असार १५ गते ३१औँ स्थापना दिवस सम्पन्न गरेको छ ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा संस्थाको विकास र प्रर्बद्धनमा उल्लेखनीय योगदान पु¥याएका पूर्व उपसमिति सदस्य, वित्तीय साक्षरताको क्षेत्रमा सिर्जनात्मक भूमिका निर्वाह गर्ने कर्मचारी तथा उत्कृष्ट बाल बचतकर्ताहरूलाई सम्मान गरिएको थियो ।

साकोसले स्थापना दिवसको अवसरमा असार १२ गतेदेखि १५ गतेसम्म सामुहिक धान रोपाई कार्यक्रम, ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक अडियो भिजुअल सामाग्री प्रकाशन एवं प्रसारण, विभिन्न २५ वटा विद्यालयका ५१ जना विपन्न एवं जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण लगायत विभिन्न शिर्षकमा सम्मान तथा कार्यक्रमहरु सञ्चालन गरेको थियो । 

संस्थाले हाल ८४ हजारभन्दा बढी सदस्य तथा करिब १२ हजार बाल बचतकर्तालाई प्रत्यक्ष वित्तीय सेवा प्रदान गर्दै आएको छ । बदलिँदो कानुनी व्यवस्था र समयको आवश्यकताअनुसार संस्थागत दिगो विकास तथा सदस्य समृद्धिलाई केन्द्रमा राखी आगामी दिनमा सेवा थप प्रभावकारी र व्यापक बनाइने संस्थाले जनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले बचत तथा ऋण सहकारी संस्थाको सफलता सदस्यहरूको विश्वासमा आधारित हुने बताउनुभएको थियो । असल नियत, पारदर्शिता र सुशासनका साथ संस्था सञ्चालन भएमा मात्र सदस्यको विश्वास कायम रहने र संस्थाको दिगोपना सुनिश्चित हुने उहाँको भनाइ थियो । जीवनका लागि अक्सिजन आवश्यक भएझैँ सहकारीको स्थायित्वका लागि नियमित बचत अपरिहार्य रहेको उल्लेख गर्दै सदस्य, सञ्चालक समिति, उपसमिति र कर्मचारीबीच आपसी विश्वास, सहकार्य र एकता कायम रहनुपर्नेमा जोड दिनुभएको थियो ।

विशिष्ट अतिथि नवलपुर जिल्ला बचत संघका अध्यक्ष बद्रीप्रसाद नेपालले संस्थाले जिल्लाकै सहकारी अभियानको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै यसको सफलताले समग्र सहकारी अभियानलाई सकारात्मक सन्देश दिने बताउनुभएको थियो । उहाँले जिल्ला बचत संघ संस्थाको विकास र सुदृढीकरणमा निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाका उपाध्यक्ष चिन्तामणी कण्डेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकदेव पौडेल, तिलक प्रसाद पराजुली, सत्यनारायण भुसाल तथा धर्मराज बस्याल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव सरस्वती कण्डेल ले गर्नुभएको थियो भने साकोसका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीना ले संस्थाको वर्तमान अवस्था, वित्तीय प्रगति तथा आगामी योजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप