चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

काठमाडौं, असार १४ — चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड  ले ६२ जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण गरेको छ।

छात्रवृत्ति वितरणसँगै संस्थाले ‘अनलाइन सुरक्षा एवं डिजिटल ठगीविरुद्ध सचेतना कार्यक्रम’ पनि आयोजना गरेको थियो। सूचना प्रविधि विज्ञ नविन कार्कीले फिसिङ, ओटीपी ठगी, लटरी स्क्याम, रोमान्स स्क्याम लगायत अनलाइन ठगीका नयाँ प्रवृत्तिबारे जानकारी दिँदै सुरक्षित डिजिटल अभ्यास अपनाउन आग्रह गर्नुभयो।

संस्थागत तथा व्यक्तिगत गरी २६ जना दाताको सहयोगबाट सञ्चालित छात्रवृत्ति कोषमार्फत कक्षा ११–१२, स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले छात्रवृत्तिको सदुपयोग गरी अध्ययनमा उत्कृष्टता हासिल गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो। विशेष अतिथि चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बुद्धिप्रसाद भट्टले सहकारीले शिक्षा र डिजिटल साक्षरतामा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

संस्थाका अध्यक्ष शिवशंकर मानान्धरले सहकारी संस्था वित्तीय सेवामा मात्र सीमित नभई शिक्षा, सामाजिक विकास र समुदायको उत्थानमा पनि सक्रिय रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रममा अभिभावक, विद्यार्थी, शैक्षिक संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता तथा स्थानीय समाजका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

२ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

२ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

४ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप