चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

काठमाडौं, असार १४ — चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड  ले ६२ जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण गरेको छ।

छात्रवृत्ति वितरणसँगै संस्थाले ‘अनलाइन सुरक्षा एवं डिजिटल ठगीविरुद्ध सचेतना कार्यक्रम’ पनि आयोजना गरेको थियो। सूचना प्रविधि विज्ञ नविन कार्कीले फिसिङ, ओटीपी ठगी, लटरी स्क्याम, रोमान्स स्क्याम लगायत अनलाइन ठगीका नयाँ प्रवृत्तिबारे जानकारी दिँदै सुरक्षित डिजिटल अभ्यास अपनाउन आग्रह गर्नुभयो।

संस्थागत तथा व्यक्तिगत गरी २६ जना दाताको सहयोगबाट सञ्चालित छात्रवृत्ति कोषमार्फत कक्षा ११–१२, स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले छात्रवृत्तिको सदुपयोग गरी अध्ययनमा उत्कृष्टता हासिल गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो। विशेष अतिथि चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बुद्धिप्रसाद भट्टले सहकारीले शिक्षा र डिजिटल साक्षरतामा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

संस्थाका अध्यक्ष शिवशंकर मानान्धरले सहकारी संस्था वित्तीय सेवामा मात्र सीमित नभई शिक्षा, सामाजिक विकास र समुदायको उत्थानमा पनि सक्रिय रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रममा अभिभावक, विद्यार्थी, शैक्षिक संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता तथा स्थानीय समाजका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२४ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

पाठकबाट थप