सहकारी क्षेत्रका समसामयिक चुनौती र सुधारका विषयमा नेफ्स्कून तथा सरोकारवालाबीच छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रका समसामयिक चुनौती र सुधारका विषयमा नेफ्स्कून तथा सरोकारवालाबीच छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को खाता बन्दीको पूर्वसन्ध्यामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र सहकारी क्षेत्रका प्रमुख सरोकारवालाबीच वित्तीय व्यवस्थापन, नियामकीय तयारी, सुशासन तथा सहकारी क्षेत्रका समसामयिक चुनौतीका विषयमा छलफल भएको छ ।

मंगलबार भएको छलफलमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महत्तो र नेपाल राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्दै कार्यकारी निर्देशक तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य अनुज दाहालको उपस्थितिमा सहकारी क्षेत्रको वर्तमान अवस्था, नीतिगत सुधार, नियामकीय समन्वय तथा आगामी कार्यदिशाका विषयमा व्यापक विचार–विमर्श भएको थियो ।

विशेषतः आर्थिक वर्षको खाता बन्दी नजिकिँदै गर्दा बचत तथा ऋणको अभिलेखीकरण, वित्तीय विवरणको शुद्धता, लेखा समापन प्रक्रिया, नियामकीय पालना, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको थियो । आर्थिक वर्षको समापनलाई केवल लेखा बन्द गर्ने औपचारिक प्रक्रिया मात्र नभई संस्थागत सुशासन, वित्तीय पारदर्शिता र सदस्यप्रतिको उत्तरदायित्वलाई थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिईएको थियो ।

छलफलमा पछिल्लो समय सहकारी क्षेत्रले सामना गरिरहेका चुनौती, बचतकर्ताको हित संरक्षण, जनविश्वास पुनःस्थापना, वित्तीय अनुशासनको प्रभावकारी कार्यान्वयन तथा संस्थागत उत्तरदायित्व अभिवृद्धिका विषयमा विशेष जोड दिइएको थियो । साथै सहकारी संस्थाहरूलाई कानूनी, वित्तीय र व्यवस्थापकीय दृष्टिले थप सक्षम, पारदर्शी र उत्तरदायी बनाउँदै दिगो विकासतर्फ उन्मुख गराउन नियामक निकाय र सहकारी अभियानबीच अझ सशक्त समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

छलफलका क्रममा सहकारी क्षेत्रको दीर्घकालीन स्थायित्व, सुशासन प्रवद्र्धन तथा सदस्यकेन्द्रित सेवाको प्रभावकारिता अभिवृद्धिका लागि नेफ्स्कून, नियामक निकाय तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर संवाद, सहकार्य र नीतिगत समन्वयलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप